— पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले यही महिना अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) सँग ऋण प्राप्तिका लागि सम्झौता हुनेमा आशा व्यक्त गरेका छन् । बढ्दो ऋणका कारण आर्थिक संकट भोगिरहेको पाकिस्तानले आईएमएफसँग सहयोगका लागि पहल गर्दै आएको छ ।
‘आईएमएफको सर्त र मापदण्डअनुसार हामीले यही महिना सहयोग पाउने आशा गरेका छौं,’ उनले भने । पाकिस्तानले तत्काल १.१ अर्ब अमेरिकी सहयोगको अपेक्षा राखेको छ, जुन आईएमएफ र पाकिस्तानबीच सन् २०१९ मा भएको सहयोग सम्झौताको एउटा किस्ता हो । पाकिस्तानले गत वर्षको अगस्टमा उक्त कार्यक्रमको पहिलो किस्ता मात्र प्राप्त गरेको छ ।