मुख्य समाचार
ग्राहकको गोपनीयतामा संवेदनशील छौं: नेपाल टेलिकम
ग्राहकको गोपनीयतामा संवेदनशील छौं: नेपाल टेलिकम

काठमाडौँ — दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले आफ्ना ग्राहकको गोपनीयतालाई लिएर कम्पनी सचेत र संवेदनशील रहेको बताएको छ । गोपनीयताको सम्मान, यसको सुरक्षा गर्न प्रतिबद्ध रहेको टेलिकमले जनाएको छ । 'गोपनीयतामा एकरत्ति पनि सम्झौता हुन नदिनेप्रति सबै ग्राहक महानुभावहरुलाई आश्वस्त हुन अनुरोध गर्दछौं,' कम्पनीले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

राज्यका अधिकारप्राप्त निकायबाट हुने कुनै अनुसन्धानको प्रक्रियामा प्रचलित कानुनबमोजिम अदालतको आदेशपछि मात्र अन्य दूरसञ्चार सेवाप्रदायकहरूलेझैं कम्पनीले विवरणहरू उपलब्ध गराउने गरेको टेलिकमले प्रष्ट पारेको छ । 'कम्पनीका सेवाहरू अत्यन्त भरपर्दा र सुरक्षित बनाई ग्राहकको गोप्यता कायम गर्न हामी अत्यन्त संवेदनशील रहेको बेहोरा जानकारी गराउँछौं,' विज्ञप्तिमा भनिएको छ, 'कम्पनीका सेवा निर्धक्क भएर प्रयोग गर्नुहुन अनुरोध छ ।'

पछिल्लो समय कम्पनीका संस्थागत प्रयोगकर्ताहरूको संख्या उल्लेख्य रूपमा बढिरहेको टेलिकमको दाबी छ । पछिल्लो समय नेपाल टेलिकमका सेवाका सुरक्षाप्रति शंका व्यक्त गर्दै समाचार प्रकाशित भएका थिए । टेलिकमसँग देशभरका करोडौं ग्राहकका वैयक्तिक विवरणहरू संकलन छन् । नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार नेपाल टेलिकमका भ्वाइस सेवा लिनेको संख्या २ करोड ८ लाख १ हजार ८८९ छ भने यसका फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट प्रयोगकर्ता १२ लाख ५५ हजार ९२० छन् । नेपाल टेलिकमका मोबाइल ब्रोडब्यान्ड प्रयोगकर्ताको संख्या १ करोड ३० लाख ८१ हजार ४८२ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा विगत एक महिनादेखि रात र बिहानको समयमा मोबाइल नेटवर्कले काम गरेको छैन। सधैं साँझ घाम अस्ताएपछि गएको मोबाइल नेटवर्क भोलिपल्ट बिहान घाम नलागेसम्म नआउने स्थानीयहरूले गुनासो गरेका छन्। ‘एक महिना भइसक्यो, बेलुकादेखि भोलिपल्ट बिहान ८ बजेसम्म मोबाइलको नेटवर्क देखाउँदैन’, चुमनुब्री गाउँपालिका–३ जगतका गणेश कार्कीले भने, ‘यस्तो समस्या पटकपटक भइरहन्छ। १२ ...
— वर्ल्डलिंक कम्युनिकेसन्स्मा फिनल्यान्डको सरकारी लगानी कम्पनी ‘फिनफन्ड’ ले १ करोड युरो लगानी गरेको छ । यो लगानी डेटा सेन्टर सञ्चालन र फाइबर नेटवर्क विस्तारमा प्रयोग गरिने कम्पनीले जनाएको छ । नेपालमा झन्डै आधा जनसंख्या ब्रोडब्यान्ड इन्टरनेटको पहुँचबाट वञ्चित रहेको भन्दै कनेक्टिभिटी बढाउन चाहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ । विश्वस्तरीय डेटा सेन्टरले नेपालको कनेक्टिभिटीमा सुधार र आर्थिक वृद्धिलाई टेवा ...
— प्रख्यात सामाजिक सञ्जाल प्लाटफर्म टिकटक अन्ततः नेपालमा आधिकारिक रूपमा सूचीकृत भएको छ । योसँगै कम्पनीले नेपालमा आफ्नो मुख्य सम्पर्क व्यक्तिसमेत तोकेको छ । टिकटकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत भएको पत्र मंगलबार बुझेको थियो । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, ०८० बमोजिम सञ्चार मन्त्रालयमा सूचीकृत हुन कम्पनीले कात्तिक पहिलो साता प्रक्रिया अघि बढाएको थियो । यो ...
। टिकटक नेपालमा आधिकारिक रुपमा दर्ता भएको छ । सरकारले राखेका सबै शर्त र नेपालका कानुनी व्यवस्था मान्न तयार भएपछि गत १९ भदौमा टिकटक माथिको प्रतिबन्ध हटेको थियो । सोही शर्तअनुसार सबै प्रक्रिया पूरा गरेर निवेदन दर्ता गरेपछि टिकटक नेपालमा दर्ता भएको हो । यसअघि भाइबर र विटक नेपालमा दर्ता भएका थिए । टिकटक नेपालमा दर्ता ...
प्रयोगकर्ताको सुरक्षा तथा गोपनीयतालाई ध्यानमा राख्दै विभिन्न नयाँ फिचर्सको घोषण गरेको छ । गुगल मेसेजका लागि निकै महत्वपूर्ण पाँचवटा फिचर्स थप गरिंदैछ । ती फिचर्सले प्रयोगकर्तालाई केवल साइबर ह्याकर तथा साइबर ठगहरुबाट मात्रै बचाउने छैनन् निर्वस्त्र तस्वीर आउँदा त्यसलाई धमिलो अर्थात् ब्लर गरिदिनेछ । गुगलले आफ्नो ब्लग पोस्टमा बताए अनुसार उसले अब प्रयोगकर्तालाई स्पाम टेक्स्ट तथा ...