रुस-युक्रेन युद्ध : बाँधमा विस्फोट, मानव बस्ती जोखिममा
रुस-युक्रेन युद्ध : बाँधमा विस्फोट, मानव बस्ती जोखिममा

— दक्षिणी युक्रेनस्थित रुसी नियन्त्रित खेरसोन क्षेत्रमा रहेको नोभा काखोभ्का बाँधलाई ध्वस्त पारेको भन्दै रुस र युक्रेनले एक आपसमा आरोप प्रत्यारोप गरेका छन् । बाँध भत्किएपछि युक्रेनी सेनाले भने द्निप्रो नदीमा बाढी आउनसक्ने भन्दै त्यस आसपासका बस्तीका मानिसहरूलाई अन्यत्र जानका लागि सुझाव दिएको छ ।

यद्यपि रुसी अधिकारीहरूले त्यस क्षेत्रका बासिन्दाहरूलाई बाहिर जानु नपर्ने जनाएका छन् । बाँध ध्वस्त भएपछि द्निप्रो नदीमा १५० टन तेल मिसिएको युक्रेनले जनाएको छ । साथै अरु थप तेल नदीमा मिसिनसक्ने बताइएको छ ।

यही विषयलाई लिएर युक्रेनको राष्ट्रपति कार्यालयमा आपतकालीन बैठक बसेको छ । यसैबीच उक्त बाँध ध्वस्त पारिएकोमा विभिन्न देशका प्रमुखहरूले आपत्ति जनाउँदै प्रतिक्रिया दिएका छन् ।

यस क्रममा बेलायती विदेशमन्त्री जेम्स क्लेभरलीले एक घृणित कार्य भएको भन्दै नियतवश पूर्वाधारमा आक्रमण गर्नु युद्ध अपराध भएको बताएका छन् । जेम्सले यस घटनाबारे एक विज्ञप्ति जारी गर्नै यस्तो प्रतिक्रिया दिएका हुन् ।

यूरोपियन युनियन प्रमुख चार्ल्स माइकेलले उक्त घटनाबाट आफू स्तब्ध भएको भन्दै यसप्रति रुस र उसको प्रतिद्वन्द्वी जिम्मेवार हुने बताएका छन् । यस्तै लिथुएनियाका विदेशमन्त्री गेब्रिएलियस ल्यान्ड्सबर्गिसले रुस र युक्रेनले शक्ति बाहेक अन्य कुनै कुरामा समन्वय नगरेको भन्दै उनीहरू नरोकिएसम्म आतंककारीहरू पनि नरोकिने चेतावनी दिएका छन् ।

युक्रेनले रुसलाई आफ्नो दक्षिणी क्षेत्रमा रहेको विशाल जलविद्युत बाँध विस्फोट गरेको आरोप लगाउँदै यस घटनालाई युद्ध अपराधको रुपमा छानबिन भइरहेको जनाएको छ । युक्रेनले तत्कालै यसबारे अनुसन्धान सुरु भएको जनाएको छ । उक्त विस्फोटपछि नदीमा बाढी आएर आसपासका बस्तीहरूमा पनि ठूलो क्षति पुग्नसक्ने आशंका गरिएको छ । युक्रेनले यसबाट ठूलो पर्यावरणीय नोक्सान पनि हुने भन्दै अन्तर्राष्ट्रिय मुद्दा बनाएको छ ।

रुसी उच्च अधिकारीहरूले भने उक्त बाँध युक्रेनले नै ध्वस्त पारेको आरोप लगाएका छन् । क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले खेरसोन क्षेत्रको नोभा काखोभ्का बाँध युक्रेनले नै ध्वस्त पारेको आरोप लगाए । साथै रुसले युक्रेनले आफूमाथि लगाएको आरोप पनि अस्वीकार गर्दै आएको छ । उक्त जलविद्युत बाँधबाट युक्रेनले लक्ष्य हासिल गर्न नसकेपछि युक्रेन स्वयंले विस्फोट गराएको रुसी अधिकारीहरूको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे । ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना ...
। अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो । कोभिड १९ सुरुवातपछि पहिलो पटक फेडले ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ ...
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञान जगतमा जुन योगदान गरे त्यसका लागि संसार अहिलेपनि उनीप्रति कृतज्ञ छ। मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत चिन्दछ । त्यसैले यो कुरा निश्चित छ कि उनीसँग जोडिएका हरेक कुरा अमूल्य छन् । हालै भएको एउटा घटनाले अल्बर्ट आइन्स्टाइनसँग सम्बन्धित चिजहरू कति महत्वपूर्ण र ...
: अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फेरि हत्या प्रयास भएको छ। आगामी नोभेम्बर ५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प भएको स्थानमा फेरि गोली चलेको हो। ट्रम्पलाई उनको फ्लोरिडा गोल्फ क्लबमा आइतबार दोस्रो पटक हत्याको प्रयास भएको सीएनएनले जनाएको छ। हत्याको प्रयास भएको बेला ट्रम्प त्यतिबेला गल्फ खेल्दै थिए। अमेरिकी अधिकारीहरूका अनुसार पूर्व राष्ट्रपति ...
स्पेस एक्सको पोलारिस डन मिसनले नयाँ कीर्तिमान बनाएको छ । यो मिसनमार्फत् इतिहासमै पहिलोपटक पृथ्वीभन्दा ७ सय ३७ किलोमिटर माथि दुईजना आम मानिस अर्थात् गैर व्यवसायिक अन्तरिक्षयात्रीले अन्तरिक्षमा हिडेर कीर्तिमान कायम गरेका छन् । निजी अन्तरिक्ष मिसनमा रहेका यात्रीहरुले स्पेसवाक गरेको यो पहिलो पटक हो । अमेरिकाको केन्नेडी स्पेस सेन्टरबाट मंगलबार प्रक्षेपण भएको स्पेस एक्सको उक्त ...