मुख्य समाचार
विश्वकपमा एउटै खेलमा १८ पहेँलो कार्ड देखाउने रेफ्रीको भावुक संन्यास
विश्वकपमा एउटै खेलमा १८ पहेँलो कार्ड देखाउने रेफ्रीको भावुक संन्यास

— स्पेनी रेफ्री अन्तोनियो मातेउ लाहोसले संन्यास लिएका छन् । आइतबार मालोर्का र रायो भालेकानोबीचको खेल उनले खेलाएको अन्तिम खेल बन्यो । खेल सकिएपछि पूरा रंगशाला उनको सम्मानमा उभियो ।

दुवै टिमका खेलाडी र अफिसियलले पनि सम्मान व्यक्त गरे । सन् २००८ देखि लालिगामा रेफ्रीका रूपमा रहेका उनको आइतबारको बिदाइ भावुकसमेत देखियो । उनी आफै निकै भावुक देखिन्थे । खेल सकिएपछि उनी खेलाडी र दर्शकलाई समेत अँगालो हाल्दै रोएका थिए । उनको अन्तिम खेल हेर्न परिवारका सदस्यसमेत रंगशालामा उपस्थित थिए । खेल सकिएपछि उनी मैदानबाट बाहिरिँदै दुइटा साना छोरालाई अँगालो हाल्न पुगेका थिए ।

४६ वर्षीय लाहोसले सन् १९९९ बाट रेफ्रीका रूपमा काम सुरु गरेका हुन्। स्पेनी फुटबल समर्थकबीच उनी लोकप्रिय भने छैनन् । उनीमाथि खेललाई अगाडि बढाउन भन्दा पनि खेललाई जानीजानी अराजकतातर्फ लैजाने गरेको आरोप लाग्ने गरेको थियो । खेलाडीहरूलाई एकअर्कामा उत्रिन दिएर विवादास्पद निर्णय गर्ने गरेको पनि उनीमाथि आरोप छ ।

यसले खेलको भन्दा आफ्नो बढी चर्चा हुने गरेकाले लाहोसले त्यस्तो निर्णय गर्ने गरेको स्पेनी खेलसमर्थकहरूको भनाइ छ । यसैको एउटा उदाहरण हो, कतार विश्वकपअन्तर्गत अर्जेन्टिनाविरुद्ध नेदरल्यान्ड्सको खेल। लुसैल रंगशालामा भएको अर्जेन्टिनाविरुद्ध नेदरल्यान्ड्सको क्वार्टर फाइनललाई एउटा खराब खेलको रूपमा पनि सम्झिने छ । रेफ्री लाहोसले सुन्दर खेल कायम राख्न सकेनन् वा नियन्त्रणमा राख्न सकेनन् भनिन्छ। उनले १८ पहेंलो कार्ड देखाए । दुई पहेंलो कार्ड (रातो) पाउने एकमात्र खेलाडी डेन्जेल डेम्फ्रिस रहे । त्यो पनि टाइब्रेकर सकेपछि ।

अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनी र वाल्टर सामुएलले पनि कार्ड पाए । उक्त खेल अर्जेन्टिनाले टाइब्रेकरमा ४-३ले जितेको थियो । खेल सकिएपछि अर्जेन्टिनी स्टार खेलाडी लियोनल मेसीले भनेका थिए, 'म रेफ्रीका बारेमा कुरा गर्न चाहन्नँ । किनकि उनीहरूले तपाईंलाई तुरुन्तै चेतावनी वा दण्डित गर्न सक्छन् । तर मलाई लाग्छ कि सबैले देखेका छन् के भयो ? फिफाले यसको समीक्षा गर्ला । यस्तो महत्त्वपूर्ण खेलमा यस्ता रेफ्री सहभागी गराउनु हुँदैन ।' मेसीले अगाडि भनेका थिए, 'रेफ्री सधैँ हाम्रोविरुद्ध थिए, उनले खेललाई अतिरिक्त समयमा धकेलिदिए ।' उक्त खेलमा अर्जेन्टिनी कप्तान मेसीले समेत पहेँलो कार्ड पाएका थिए ।

अर्जेन्टिना र नेदरल्यान्ड्सविरुद्धको विवादास्पद खेलपछि भने उनलाई फिर्ता पठाइएको थियो । उनले समूह चरणमा अमेरिका र इरान तथा कतार र सेनेगलबीचको खेलसमेत खेलाएका थिए । पहिलो दुई खेलमा उनले ८ वटा पहेँलो कार्डसमेत देखाए ।

विश्वकप मात्र होइन, पटक-पटक उनले आफ्नो निर्णयविरुद्ध प्रोटेस्ट गर्ने खेलाडीलाई कार्ड देखाएका छन् । यसमानेमा उनी कार्ड देखाउने मामिलामा 'निकै उदार' थिए । सन् २०११ देखि २०२३ सम्म फिफा रेफ्री रहेका उनले २०१४ को विश्वकप छनोटका खेलहरू पनि खेलाए । त्यस्तै २०१६ को ग्रीष्मकालीन ओलम्पिक, २०१८ को विश्वकप छनोट र विश्वकप तथा २०२२ को विश्वकप खेलाएका थिए ।

त्यस्तै सन् २०१८ को च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा उनले म्यानचेस्टर सिटी र लिभरपुलबीचको खेल पनि खेलाए । सिटीलाई गोल नदिएपछि प्रशिक्षक पेप ग्वार्डिओलाले रेफ्रीविरुद्ध बोलेका थिए । दोस्रो हाफमा रेफ्री लाहोसले उनलाई कार्ड देखाउँदै बाहिर पठाइदिए । २०२१ को च्याम्पियन्स लिग फाइनलमा सिटी र चेल्सीको खेलमा पनि उनी नै मुख्य रेफ्री थिए ।

गत वर्षको डिसेम्बरमा ला लिगामा बार्सिलोना र इस्पानियोलबीचको खेलमा ३ मिनेटभित्र ३ वटा रातो कार्ड देखाएर समेत रेफ्री लाहोस चर्चामा आएका थिए । त्यसपछि बार्सिलोनाका व्यवस्थापक जाभीले भनेका थिए, ' उनी यस्ता रेफ्री हुन् जसले खेलमा दबाब र नियन्त्रण राख्छन् । उनले अर्थहीन कार्ड देखाए । उनी शान्त हुनुपर्थ्यो । उनले खेललाई नियन्त्रणबाहिर लगे।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— म्यानचेस्टर सिटीका व्यवस्थापक पेप ग्वार्डिओलाले मंगलबार क्लबसँग थप एक वर्षको अनुबन्ध गरेका छन् । यससँगै इंग्लिस प्रिमियर लिगमा स्पेनी प्रशिक्षकको बसाइ १० वर्ष पुग्ने भएको छ । ग्वार्डिओला सन् २०१६ मा सिटी आएका थिए र त्यसयता उनले क्लबका लागि १६ उपाधि जितिसकेका छन् । त्यसमा छ प्रिमियर लिग उपाधि पनि पर्छन् । यस सिजनको अन्त्यसँगै ...
— लिभरपुल मिडफिल्डर डोमिनिक सबोस्लाईले पेनाल्टीबाट गरेको गोलमा हंगेरीले यूईएफ नेसन्स लिगमा मंगलबार जर्मनीलाई १–१ को नाटकीय बराबरीमा रोकेको छ । सबोस्लाईले दोस्रो हाफको इन्ज्युरी समयको नवौं मिनेटमा बराबरी गोल गरेका हुन् । जर्मनीले फेलिक्स एनमेचाको गोलले ७६ औं मिनेटमा अग्रता लिएको थियो र जिततर्फ अग्रसर देखिएको थियो । बराबरीका बाबजुद जर्मनीले लिग–वान ग्रुप–थ्री जित्ने निश्चित भइसकेको ...
। यूईएफए नेसन्स लिग फुटबलअन्तर्गत भएको खेलमा स्पेनले रोमाञ्चक जित निकालेको छ । लिग ए समूह ४ अन्तर्गत गएराति भएको खेलमा स्पेनले स्वीट्जरल्याण्डलाई ३-२ गोलअन्तरले हराएको हो । स्पेनको जितमा येरेमी पिनो, ब्रायन गिल र ब्रायन जारागोजाले एक-एक गोल गरे । स्वीट्जरल्याण्डका जोएल मोन्टेरो र एण्डी जेकिरीले एक-एक गोल गरे । रोमाञ्चक खेलमा स्पेनले दुईपटकसम्म अग्रता लिँदा ...
। पाकिस्तानसँगको तीन खेलको टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अस्ट्रेलियाले क्लिन-स्वीप गरेको छ । सोमबार भएको तेस्रो खेलमा ७ विकेटको जित निकाल्दै अस्ट्रेलियाले सिरिज ३-० ले जितेको हो । पाकिस्तानले दिएको ११८ रनको लक्ष्य अस्ट्रेलियाले ११.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । अस्ट्रेलियाका मार्कस स्टोइनिसले २७ बलमा ५ चौका र ५ छक्कासहित ६१ रनको अविजित पारी ...
। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को प्रायोजकमा एनसेल पनि जोडिएको छ । एनपीएलको पहिलो संस्करणलाई थप प्रभावकारी बनाउन एनसेललाई ‘पावर्ड बाई’ प्रायोजकका रूपमा अनुबन्ध गरिएको जनाइएको छ । एनपीएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड डिजिटल लजिक प्रालि र क्यानको संयुक्त पहलमा यो महत्त्वपूर्ण प्रायोजन सम्झौता सम्पन्न भएको हो । यसअघि ...