मुख्य समाचार
यू-२० महिला एसियन कप छनोट : नेपालले घरेलु टोली म्यानमारको सामना गर्दै
यू-२० महिला एसियन कप छनोट : नेपालले घरेलु टोली म्यानमारको सामना गर्दै

काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपालले आज घरेलु टोली म्यानमारको सामना गर्दैछ ।

नेपाल र म्यानमारबीचको यानगोनस्थित थुवुन्ना स्टेडियममा नेपाली समय अनुसार साँझ ५:४५ बजे सुरु हुनेछ ।

नेपालभन्दा माथिल्लो वरीयताको टोली भए पनि उच्च मनोबलका साथ नेपालका प्रशिक्षक यामबहादुर गुरुङले बताएका छन् ।

सोमबार आयोजित प्रि-म्याच कन्फरेन्समा नेपाली टोलीका मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले हरेक खेल जित्नकै लागि खेल्ने बताए ।


‘पहिलो चरणको सफलताले टिमको मनोबल बढाएको छ । टिममा एकता छ, हामी कुनै पनि टिमलाई हराउन सक्ने टिम छ । हामी हरेक म्याच जित्नकै लागि खैल्छौँ,’ गुरुङले भने, ‘फिफा वरीयतामा हामीभन्दा माथl भएका टिमहरु छन् तर हामी उच्च मनोबलका साथ मैदान उत्रनेछौँ ।’

समूह बी मा रहेको नेपालले जुन ८ मा चीन र जुन १० मा चाइनिज ताइपेइसँग खेल्नेछ । चीन नेपालको समूहको बलियो टोली हो । नेपालले कम्तीमा दुई टोलीलाई हराउँदै प्रतियोगिताको अन्तिम चरणमा स्थान बनाउने लक्ष्य राखेको छ ।

समूहका शीर्ष दुई टोली अन्तिम चरणमा छनोट हुनेछन् । दोस्रो चरणमा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

जसमा समूह ए बाट अष्ट्रेलिया र घरेलु टोली भियतनामले अन्तिम चरणमा स्थान पक्का गरिसकेका छन् ।

यसअघि गत मार्चमा प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोटमा समूह बी को विजेता बन्दै नेपाल दोस्रो चरणमा पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सनराइज हैदरावादले बुधबार राति आईपीएल २०२४ मा अहिलेसम्मकै उच्च स्कोरको कीर्तिमान बनाउने क्रममा तीन विकेटमा २ सय ७७ रन बनाएको छ । छक्काको वर्षा गर्दै हैदरावादले मुम्बई इन्डियन्सलाई ३१ रनले पराजित गर्‍यो । उसका लागि अस्ट्रेलियाका ट्रेभिसले हेडले २४ बलमा ६२ रन बनाए । यस्तै वेस्ट इन्डिज लेजेन्ड ब्रायन लारासँग कुराकानी गरेर प्रभावित भएका अभिषेक ...
— अखिल नेपाल फुटबल संघ (एन्फा) भित्रको आन्तरिक द्वन्द्व, खेलाडी पलायन र सबैखाले अन्योलको सिधा असर राष्ट्रिय टोलीको प्रदर्शनमा पर्छ कि पर्दैन ? यसको ठ्याक्कै उत्तर गाह्रो छ । तर, एउटा तथ्य निश्चित छ, अन्तर्राष्ट्रिय फुटबलमा नेपाली राष्ट्रिय टिमको कमजोर प्रदर्शनको शृंखला फेरि एकपल्ट देखा परेको छ । विश्वकपको एसियाली छनोटअन्तर्गत दोस्रो चरणको समूह ‘एच’ को दुई खेलमा नेपालले ...
। आगामी ४ देखि १३ साउनसम्म श्रीलंकामा हुने एसिया कप महिला क्रिकेटमा नेपाल, भारत र पाकिस्तान एकै समूहमा परेका छन् । श्रीलंकाको दमबुल्लाहमा हुने प्रतियोगितामा ८ समूह सहभागी छन् । जसमा नेपाल, भारत, पाकिस्तान र युएई समूह ए मा छन् भने बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड समूह बीमा छन् । यसअघि सन् २०२२ मा भएको एसिया ...
। राष्ट्रिय खेलकुद परिषदले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र स्कोर बोर्ड निर्माणका लागि छुट्टाछुट्टै बोलपत्र आह्वान गरेको छ । यसअघि १७ साउन २०८० मा राखेपले फ्लडलाइट र स्कोरबोर्ड निर्माणका लागि बोलपत्र आह्वान गरेको थियो । बोलपत्र अनुसार ४ वटा कम्पनीले फ्लडलाइट जडानका लागि दरखास्त पेश गरेका थिए । जसमा राखेपले कात्तिक २० गते सिनामंगलको एमएसआईपीएल एएससी ...
: आयरल्यान्ड ‘ए’ विरुद्धको खेलमा नेपाल ७१ रनले विजयी भएको छ। मंगलबार त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याउने क्रममा आयरल्यान्ड ‘ए’ १८.३ ओभरमा १२७ रन मात्र बनाएर अलआउट भएको हो। नेपालका लागि कुशल मल्ल र सोमपाल कामीले ३/३ विकेट, करण केसी, कुशल भुर्तेल र विवेक यादवले १/१ विकेट लिएका हुन्। आयरल्यान्डका स्टीफन डोहेनीले ...