मुख्य समाचार
बजेट कार्यान्वयन गर्न सहज हुने मौद्रिक नीति आउँछ : गभर्नर
बजेट कार्यान्वयन गर्न सहज हुने मौद्रिक नीति आउँछ : गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजेटमा आएको कुरा कार्यान्वयन गर्ने खालको मौद्रिक नीति आउने बताएका छन् । उनले मौद्रिक नीति समग्र आर्थिक क्षेत्रको विकासलाई सहज हुने खालको ल्याइने बताएका हुन् ।

सोमबार काठमाडौंमा इकोनोमिक मिडिया सोसाइटी नेपाल (इमसन)ले आयोजना गरेको कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटको प्रशंसा गरेका छन् । सरकारले राम्रो बजेट ल्याएको भन्दै उनले त्यसलाई राष्ट्र बैंकले कार्यान्वयनमा सहयोग गर्नेगरी मौद्रिक नीति ल्याउने बताए ।

बजेटले भने जस्तो मूल्यवृद्धि साढे ६ प्रतिशतभित्र कायम राख्न चुनौती भएपनि त्यसलाई सहयोग हुने गरी मौद्रिक नीति ल्याउने उनले बताए । उनले सरकारले लिएको लक्ष्य पूरा गर्नेगरी नै मौद्रिक नीति तर्जुमा गर्ने बताए ।

गभर्नर अधिकारीले बजेटको सिलिङमा अघिल्ला वर्षभन्दा यो वर्ष निकै छलफल भएको बताए । यो पटकको बजेटले अर्थतन्त्रमा देखिएको शिथिलता कम गर्ने लक्ष्य राखेको बताए । आगामी आर्थिक वर्षको बजेटले राजस्वमा परेको दबाब न्यून गर्न धेरै काम भएको उनले बताए ।


उनले बजेटमा औद्योगिक क्षेत्र बनाउने, सहुलियतपूर्ण कर्जा पुनर्संरचना गर्ने, सहकारीको समस्या समाधान गर्ने, नियमन गर्न विशिस्टिकृत नियमन खोल्ने विषय बजेटमा समावेश भएको भन्दै बजेटमा यस्ता धेरै सुधारको काम भएको, सरकारी संरचना मर्जरमा जाने, खारेजी गर्ने जस्ता सुधारको योजना बजेटमा भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— यूएईलगायत खाडी क्षेत्रमा सोमबार राति भएको भीषण वर्षाका कारण उडान रोकिँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सयौं यात्रु अलपत्र परेका छन् । पोखराका चिरञ्जीवी धिताल, सुनसरीका आजाद अन्सारी लगायतका यात्रु मंगलबार राति १ बजे एफजेट–५७४ नम्बरको उडानबाट दुबई पुग्नुपर्ने थियो । तर, मंगलबार फ्लाई दुबईले राखेका तीनमध्ये दुबई–काठमाडौं–दुबईका दुइटा उडान भएन । ‘मौसमको कारण देखाउँदै उडान रद्द ...
— अवैध रुपमा बाँकेको जमुनाह नाका हुँदै भारततर्फ लैजाँदै गरेको ठुलो परिमाणको खुकुरी चुरोट बाँके प्रहरीले बरामद गरेको छ । प्रहरीले नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाहबाट १२ सय ८० प्याकेट खुकुरी चुरोट (करिब एक लाख ५८ हजार ७२० मूल्य बराबरको) बरामद गरेको हो । अवैध रुपमा नेपालबाट भारततर्फ निकासी गर्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरी टोलीले ...
— जनता समाजवादी पार्टी, नेपालबाट समानुपातिक सांसद बनेकी हसिना खानले पद तथा गोपनीयताको शपथग्रहण गरेकी छिन् । शुक्रबार सिंहदरबारमा खानलाई सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण गराएका हुन्। मञ्जु शर्मा अन्सारीको निधन भएपछि जसपाले रिक्त स्थानमा २७ वर्षीया खानको नाम सिफारिस गरेको थियो । जसपाबाट समानुपातिक सांसद बनेकी शहनाज रहमानको २०७९ फागुन १३ गते ...
— उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले बन्द हुन पुगेका र रुग्ण अवस्थाका उद्योग सञ्चालनका लागि सरकारले चाँडै नयाँ नीति ल्याउने बताएका छन् । उद्योग वाणिज्य सङ्घ र कम्प्युटर एशोसिएशन नेपाल महासङ्घ, चितवनले भरतपुर महानगरपालिका–१० मा गरेको पाँच दिने औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेलाको उद्घाटन कार्यक्रममा उनले विभिन्न समयमा बन्द भएका र ...
— बंगलादेशका विदेश सचिव मसुद बिन मोमेनले बुधबार उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेट गरेका छन् । तेस्रो नेपाल–बंगलादेश परराष्ट्र सचिवस्तरीय संयुक्त परामर्श समितिको बैठक बस्न आएका सचिव मोमेनले सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पुगेर उपप्रधानमन्त्री श्रेष्ठसँग भेटवार्ता गरेका हुन् । उक्त अवसरमा दुई पक्षीय व्यापार र वाणिज्यमा सहकार्य, कनेक्टिभिटी, उर्जा र विद्युत्, पर्यटन, संस्कृति र शिक्षाको ...