मुख्य समाचार
एन्फाले पाएका महिला विश्वकपका २३० वटा टिकटको भागबण्डा
एन्फाले पाएका महिला विश्वकपका २३० वटा टिकटको भागबण्डा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले अष्ट्रेलिया र न्युजिल्याण्डमा हुने महिला विश्वकप फुटबलको टिकट भागबण्डा गरेको छ ।

फिफाले एन्फाले महिला विश्वकपको अष्ट्रेलियामा हुने खेलका १२५ वटा र न्युजिल्याण्डका १०५ गरी कुल २३० वटा टिकट दिएको छ । जुन फिफाले विश्वभरका आफ्ना सदस्यलाई बेचेको टिकट हो ।

गत शनिबार बसेको एन्फाको आपतकालीन समितिको बैठकले ती टिकट एन्फा पदाधिकारीदेखि, जिल्ला फुटबल संघ, क्लब र शुभचिन्तकहरुका लागि भागबण्डा गरिएको हो ।

जसअनुसार अध्यक्ष पंकज विक्रम नेम्बाङले सबैभन्दा धेरै १५ वटा टिकट पाएका छन् । वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले १३ वटा तथा उपाध्यक्षहरु दीर्घबहादुर केसी, विराटजंग शाही र दीपक खतिवडाले समान ९-९ वटा टिकट पाएका छन् ।


फिफाले दिएको यी टिकटको तोकिएको शुल्क तिर्नु पर्ने छ । एन्फाका अनुसार पदाधिकारीले ती टिकट फुटबल समर्थक वा आफन्तलाई बेच्न पाउने छन् भने कसैले नलिन पनि पाउँछन् ।

गतवर्ष कतारमा भएको विश्वकप फुटबलका लागि पनि एन्फाले फिफाबाट टिकट पाएको थियो । तर त्यो टिकटको बिक्री वितरण पारदर्शी नभएको भन्दै एन्फाको आलोचना भएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल र वेस्ट इन्डिज 'ए'बीच शनिबारदेखि टी-२०आई शृंखला हुँदैछ। उक्त प्रतियोगिताका लागि वेस्ट इन्डिजले रोस्तन चेजको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ। वेस्ट इन्डिजले घोषणा गरेका टोलीका अधिकांश सदस्यहरूले राष्ट्रिय टोलीबाट डेब्यु गरिसकेका छन्। रोस्तनले क्रिकेटको तीनवटै फर्म्याट खेलिसकेका छन्। उनले ४९ टेस्ट, ४५ ओडीआई र ११ टी-२०आई खेलेका छन्। रोस्तम अन्यभन्दा टेस्टमा जमेका ...
— बर्नाडो सिल्भाले गरेको एक मात्र गोलको मद्दतले म्यानचेस्टर सिटीले शनिबार चेल्सीलाई १–० ले पराजित गर्दै एफएकपको फाइनल यात्रा तय गरेको छ । खेल सकिन छ मिनेट अगाडि सिल्भाले निर्णायक गोल गरेका हुन् । सिटी यसअघि मध्य साता युरोपेली च्याम्पियन्स लिगमा रियल म्याड्रिडको हातबाट पराजित भएको थियो । तर अब डिफेन्डिङ च्याम्पियन सिटीसामु घरेलु कप उपाधि ...
— अस्ट्रेलियाका ट्रेभिस हेडले ३२ बलमा ८९ रन बनाएपछि सनराइज हैदरावादले शनिबार आईपीएल २०२४ मा सात विकेट गुमाएर २ सय ६६ रनको अर्को ठूलो स्कोर बनाएको छ र दिल्ली क्यापिटल्समाथि ६७ रनको सजिलो जित हात पारेको छ । यसअघि २ सय ७७ र २ सय ८७ रनको स्कोर खडा गर्दै यसै सिजन नयाँ कीर्तिमान बनाएको हैदरावादसामु ...
— लखनऊ सुपर जायन्ट्सले सहिद स्मारक लिग ‘सी’ डिभिजनमा शुक्रबार चेन्नई सुपर किंग्समाथि सजिलो आठ विकेटको जित रचेको छ । यो जितपछि लखनऊ आठ अंकमा पाँचौं स्थानमा पनि उक्लेका छ । सात खेलबाट उसको आठ अंक भएको छ । डिफेन्डिङ च्याम्पियन चेन्नई समान आठ अंकमा तेस्रो स्थानमा छ । जितका लागि १ सय ७७ रनको लक्ष्य ...
— पेरिस सेन्ट जर्मेन (पीएसजी) ले मंगलबार युरोपेली च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनालाई स्तब्ध पारेपछि एउटा तथ्य निश्चित भएको छ, केलियन एमबाप्पेको अन्तिम सिजन फ्रान्सेली क्लबका लागि युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो उपाधि जित्ने सपना जिउँदै रह्यो । प्रतियोगिताको क्वाटरफाइनल पहिलो लेगमा पीएसजी आफ्नै घरमा ३–२ ले पराजित हुँदा लागिरहेको थियो, फेरि असफलताको पुरानो कथा दोहोरिने छ । ...