घरेलु टोलीसँग नेपालको परीक्षा
घरेलु टोलीसँग नेपालको परीक्षा

काठमाडौं : नेपालले आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत आइतबार घरेलु टोली जिम्बावेको सामना गर्दैछ। हरारे स्पोट्स क्लबमा नेपाल टेस्ट मान्यता प्राप्त राष्ट्रविरुद्ध मैदान उत्रिन लागेको हो।

६ महिना अघि आईसीसी विश्वकप क्रिकेट लिग टुमा अविश्वसनीय प्रदर्शन गर्दै नेपालले सोझै विश्वकप छनोटमा स्थान बनाएको थियो। आईसीसी विश्वकप क्रिकेट लिग टुका पछिल्ला १२ मध्ये ११ खेलमा जित निकाल्दै नेपालले जिम्बावे यात्रा पक्का गरेको थियो।

पाँच वर्ष अघि सन् २०१८ को विश्वकप छनोटमा पनि नेपालले जिम्बावेसँग खेल्दै प्रतियोगिताको सुरुवात गरेको थियो। नेपाल र जिम्बावेबीच भएको त्यो नै एक मात्र एकदिवसीय खेल हो। त्यतिबेला नेपालले एकदिवसीय मान्यता नपाएकाले त्यो खेलले ‘लिस्ट ए’को मान्यता पाएको थियो। उक्त खेलमा नेपाल एक सय १६ रनले पराजित भएको थियो। उक्त खेलमा नेपालका शरद भेषवाकर र आरिफ शेखले अर्धशतकीय पालि खेलेका थिए।

टेस्ट टोलीविरुद्ध आइतबार मैदान उत्रिँदा नेपाल जितका साथ सुखद् सुरुवात गर्ने अभियानमा छ। नेपाली टोली दक्षिण अफ्रिकामा डेढ साता तयारी गरेर जिम्बावे पुगेको हो। दक्षिण अफ्रिकामा नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग मैत्रीपूर्ण अभ्यास खेल खेलेको थियो। नेपाल दुवै अभ्यास खेलमा पराजित भएको थियो। यस्तै जिम्बावेमा पहिलो अभ्यास खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई नतिजा सुम्पिएको नेपालले दोस्रो खेलमा ओमानलाई पराजित गरेको थियो।

छनोट चरणबाट अगाडि बढ्न नेपालले घरेलु टोली जिम्बावेसँगै अर्को टेस्ट राष्ट्र वेस्टइन्डिज, नेदरल्यान्ड्स र अमेरिकालाई पराजित गर्नु पर्दछ। नेपालले असार ५ मा अमेरिका, असार ७ मा वेस्टइन्डिज र असार ९ मा नेदरल्यान्ड्ससँग खेल्नेछ।

यस्तै समूह ‘बी’मा श्रीलंका, स्कटल्यान्ड, आयरल्यान्ड, ओमान र यूएई छन्। हरेक समूहका शीर्ष तीन टोलीले सुपर सिक्समा स्थान बनाउने छन्। सुपर सिक्सबाट शीर्ष दुई टोलीले आगामी अक्टोबर ५ देखि भारतमा हुने विश्वकपमा स्थान बनाउने छन्। सातौंदेखि १०औं स्थानका टोलीले प्लेअफ खेल्ने छन्।

समूह चरणबाटै बाहिरियो नेपाल

नेपाल एसीसी महिला टीट्वेन्टी इमर्जिङ टिम्स एसिया कपको समूह चरणबाटै बाहिरिएको छ। शनिबार तय भएको नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएपछि नेपाल समूह चरणबाटै घर फर्किएको हो। शनिबार नेपाल र हङकङबीचको खेल टससमेत नभइ रद्द भएको थियो। खेल रद्द भएपछि दुवै टोलीले एक/एक अंक बाँडेका थिए।

नेपाल तीन खेलमा एक हार र दुई खेलमा एक/एक अंक बाँड्दै दुई अंकका साथ तेस्रो स्थानमा रह्यो। तीन खेलमा दुई अंक नै जोडेको हङकङ पुछारमा रह्यो। यस समूहमा भारत र पाकिस्तानले सेमिफाइनलमा स्थान बनाए।

प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो। बिहीबार भारतसँगको दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो। थाइल्यान्डले भिसा समस्याका कारण अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले प्रतियोगितामा सहभागिताको अवसर पाएको हो। पहिलो पटक एसीसी महिला टीट्वेन्टी इमर्जिङ टिम्स एसिया कपमा सहभागिताको अवसर पाएको नेपाल वर्षाका कारण निरास हुन पुग्यो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...
। संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन् । एक मिनेट ...
– गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक ...
– नेपालका युवा अलराउण्डर गुलशन झाले आईसीसी विश्वकप लिग-२ मा ओमानसँग हारका बाबजुद प्लेयर अफ द म्याच अवार्ड पाएका छन् । नेपाल १ विकेटले पराजित भएपनि आक्रामक अर्धशतक प्रहार गरेका गुलशनले ५ विकेट लिदै खेललाई रोमान्चक बनाएका थिए । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । गुलशनले १० ओभरमा २ ...