पेरिस : युरोपियन च्याम्पियनसिप छनोटको समूह बीअन्तर्गत शुक्रबार राति भएको खेलमा फ्रान्सले ग्रिबाल्टारलाई ०–३ गोलको नतिजामा पराजित गरेको छ।
पोर्चुगलको स्टाडियो डी अल्ग्राभमा भएको खेलको तेस्रो मिनेटमा ओलिभर जिरुडले गोल गर्दै फ्रान्स लागि अग्रता दिलाएका थिए। ग्रिबाल्टारमाथि हाबी बनेको फ्रान्सका लागि किलियान एम्बाप्पेले पेनाल्टीमार्फत गोल गर्दै फ्रान्सको अग्रता ०–२ मा लम्ब्याएका थिए।
दोस्रो हाफमा ग्रिबाल्टारका एमेन मोयेलहीले आत्मघाति गोल गरेसँगै फ्रान्सले ०–३ को जित सुनिश्चित गर्यो।
जितसँगै तीन खेलबाट ९ अंक जोडेको फ्रान्स समूह बीको शीर्ष स्थानमा छ। तीन खेलमा जितविहीन ग्रिबाल्टार पाँचौं अर्थात् पुछारमा छ।
समूह बीमा नेदरल्यान्ड्स, ग्रिस र आयरल्यान्ड छन्।