मयामी : चर्चित युएएफसी फाइटर कोनर म्याकग्रेगरमाथि यौन दुर्व्यवहारको आरोप लागेको छ। अमेरिकाको मयामीमा यसै महिनाको सुरुमा भएको बास्केटबल– एनबीए फाइनलपछि एक महिलामाथि यौन दुब्र्यवहार गरेको आरोप लागेको हो।
म्याकग्रेगरलाई पठाइएको दुर्व्यवहार गरेको उजुरी पत्रमा कासेया सेन्टरको शौचालयमा उनले ती महिलालाई दुर्व्यवहार गरेको बीबीसीले उल्लेख गरेको छ।
यद्यपि, आइरिस फाइटरका अधिवक्ताले भने त्यो आरोप झुटो भएको र उनी विचलित नहुने बताएका छन्। मयामी प्रहरीले अनुसन्धानका लागि फाइल खोलिसकेको बताएको छ।
युएफसीले पनि यसबारे जानकार रहेको र विवरण संकलन भइरहेको प्रतिक्रिया दिएको बीबीसीले बताएको छ। यस्तै, एनबीएको फाइनल आयोजक मयामी हिटले पनि अनुसन्धान सुरु गरिसकेको बताएको छ।
पीडित भनिएकी महिलाकी अधिवक्ताले उनी त्यो घटना हुनुअघि फाइनल हेरिरहेको बताएकी छन्।