इटालीलाई हराउँदै स्पेन नेसन्स लिगको फाइनलमा
इटालीलाई हराउँदै स्पेन नेसन्स लिगको फाइनलमा

आम्सटरड्याम : होसेलुको निर्णायक गोलप्रेरित स्पेनले नेसन्स लिगको सेमिफाइनलमा इटालीलाई २–१ को नतिजामा हराउँदै फाइनलमा स्थान बनाएको छ।

बिहीबार राति नेदरल्यान्ड्सको डी ग्रोल्स्च भेस्टेमा भएको खेलको तेस्रो मिनेटमा येरेमी पिनोले गरेको गोलसँगै स्पेनले अग्रता लिएको थियो।

सुरुआतदेखि नै आक्रमक बनेको स्पेनले सुरुआतमै अग्रता लिएको थियो। तर, डिफेन्डर रोबिन ली नोमन्डले पेनाल्टी एरिया बल ह्यान्ड गरेपछि इटालीले पेनाल्टी पाएको थियो।

प्रतिस्पर्धात्मक खेलको ८८औं मिनेटमा सब्स्टिच्युट खेलाडी होसेलुले गोल गरेसँगै अन्तिममा स्पेनले अग्रता लियो। बाँकी निर्धारित समयमा सोही अग्रता जोगाउँदै स्पेनले जुन १९ मा हुने फाइनलमा क्रोएसियासँगको भेट निश्चित गरेको छ।

पराजित इटालीले घरेलु टिम नेदरल्यान्ड्ससँग जुन १८ मा तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ।

क्रोएसियाले बुधबार राति पहिलो सेमिफाइनलमा नेदरल्यान्ड्सलाई २–४ गोलको नतिजामा पराजित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एन्फा महिला लिग अन्तर्गत बागमती युथ क्लब सर्लाहीलाई हराउँदै वालिङ नगरपालिकाको टिमले शीर्ष ५ को दौड कायम राखेको छ ।बागमतीलाई ४–० ले हराउँदै वालिङले आफ्नो शीर्ष ५ को दौड कायम राखेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको छैटौं राउन्डको अन्तिम खेलमा वालिङका लागि सीसी नान्टोन्गोले २ गोल गरिन् । खेलको २२ औं मिनेटमा युगान्डाकी सीसीले ...
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...
। संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन् । एक मिनेट ...
– गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक ...