फिलिपिन्ससँग हार्‍यो नेपाल
फिलिपिन्ससँग हार्‍यो नेपाल

काठमाडौं : साफ च्याम्पियनसिपको तयारी स्वरुप नेपाली राष्ट्रिय फुटबल टिमले बिहीबार फिलिपिन्ससँग खेलेको मैत्रीपूर्ण खेलमा १-० को पराजय भोगेको छ।

फिलिपिन्सको मनिलास्थित रिजल मेमोरियल रंगशालामा ४:४५ मा सुरु भएको खेलको खेलको पहिलो हाफ गोलविहीन बराबरीमा सकिएको थियो।

दोस्रो हाफको सुरुआतमै गोल खाएको भ्रमणकारी नेपालले बराबरी गोल फर्काउन नसक्दा पराजित हुनुपर्‍यो। हार्भे गायोसोले ४९औं मिनेटमा गरेको गोल फिलिपिन्सलाई जिताउन पर्याप्त बन्यो।

साफ च्याम्पियनसिपको १४औं संस्करण आगामी असार ६ देखि १८ गतेसम्म भारतको बेङ्गलुरुमा हुनेछ। ए डिभिजन लिगका कारण लामो तयारी समय नपाएको नेपाली टीम केही दिन यता फिलिपिन्समै अभ्यास गरिरहेको छ।

नेपाल र फिलिपिन्सले यसअघि ६ खेल खेलेका थिए छन्। जसमा नेपालले एक र फिलिपिन्सले चार खेल आफ्नो पक्षमा पर्दा एक खेल बराबरीमा सकिएको थियो।

नेपाल र फिलिपिन्सले सन् १९८२ मा पहिलो पटक भिडेका थिए। किङ्ग कपमा भएको उक्त भेटमा नेपाल १-० ले विजयी भएको थियो।

त्यसयताका पाँच खेलमा नेपालले चार खेल गुमाउँदा एक खेल बराबरीमा सकिएको थियो। नेपालले सन् २०११ मा ४-० तथा २०१४ मा भएका दुई भेटमा समान ३-० को पराजय व्यहोरेको थियो। यी तीनै वटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल थिए।

एसिया कप छनोट अन्तर्गत सन् २०१७ मा भएको पहिलो भेटमा नेपाल ४-१ ले पाजित हुँदा दोस्रो खेल गोलविहीन बराबरीमा सकिएको थियो। त्यसयता नेपाल र फिलिपिन्स पहिलोपटक आमनेसामने भएका हुन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...
। संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन् । एक मिनेट ...
– गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक ...
– नेपालका युवा अलराउण्डर गुलशन झाले आईसीसी विश्वकप लिग-२ मा ओमानसँग हारका बाबजुद प्लेयर अफ द म्याच अवार्ड पाएका छन् । नेपाल १ विकेटले पराजित भएपनि आक्रामक अर्धशतक प्रहार गरेका गुलशनले ५ विकेट लिदै खेललाई रोमान्चक बनाएका थिए । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । गुलशनले १० ओभरमा २ ...