नेपाल सहभागी हुने एसिया कपको मिति तय, पाकिस्तान र श्रीलंकामा आयोजना हुने
नेपाल सहभागी हुने एसिया कपको मिति तय, पाकिस्तान र श्रीलंकामा आयोजना हुने

काठमाडौं : एसिया कप २०२३ को मिति तथा आयोजकको टुंगो लागेको छ। भारत र पाकिस्तानको राजनीतिक किचलोका कारण अनिश्चित बनेको एसिया कपमा नेपाल पनि छनोट भइसकेको छ।

आईसीसीले बिहीबार वक्तव्य जारी गर्दै अगस्ट ३१ देखि सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकामा एसिया कप आयोजना हुने जानकारी दिएको छ।

पाकिस्तानमा चार र श्रीलंकामा बाँकी खेल हुने गरी एसिया कपको १६औं संस्करण हुने वक्तव्यमा उल्लेख छ।

भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तानसँगै नेपाल सहभागी हुने प्रतियोगितामा कुल १३ एकदिवसीइ अन्तर्राष्ट्रिय (ओडीआई) खेल हुनेछन्।

सहभागी टिमलाई दुई समूहमा विभाजन गरेर शीर्ष दुईले 'सुपर फोर'मा स्थान बनाउनेछन्। सुपर फोरबाट शीर्ष दुई टिमले फाइनल यात्रा तय गर्नेछन्।

नेपालले समूह चरणमा भारत र पाकिस्तासँग खेल्ने छ। यस्तै, अर्को समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन्। नेपाल घरेलु मैदानमा भएको एसीसी पुरुष प्रिमियर कपको फाइनलमा यूएईलाई पराजित गर्दै एसिया कपमा छनोट भएको हो।

गत वर्ष यूएईमा भएको फाइनलमा पाकिस्तानलाई पराजित गरेको श्रीलंका प्रतियोगिताको साविक विजेता हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...
। संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन् । एक मिनेट ...
– गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक ...
– नेपालका युवा अलराउण्डर गुलशन झाले आईसीसी विश्वकप लिग-२ मा ओमानसँग हारका बाबजुद प्लेयर अफ द म्याच अवार्ड पाएका छन् । नेपाल १ विकेटले पराजित भएपनि आक्रामक अर्धशतक प्रहार गरेका गुलशनले ५ विकेट लिदै खेललाई रोमान्चक बनाएका थिए । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । गुलशनले १० ओभरमा २ ...