मुख्य समाचार
मेसीले २०२६ को विश्वकप नखेल्ने
मेसीले २०२६ को विश्वकप नखेल्ने

: विश्वकप विजेता अर्जेन्टिनाका कप्तान लियोनल मेसीले सन् २०२६ को विश्वकप खेल्ने आफ्नो कुनै योजना नरहेको बताएका छन्। ३६ वर्षपछि गत वर्ष अर्जेन्टिनालाई तेस्रो पटक विश्वकप उपाधि दिलाएका मेसीले सन् २०२२ को विश्वकप नै आफ्नो अन्तिम हुने संकेत गरेका हुन्।

लगातार पाँच वटा विश्वकप खेल्दै मेसीले गत वर्ष अर्जेन्टिनालाई उपाधि दिलाएका थिए। आफ्नो करियरमा विश्वकप मात्रै जित्न बाँकी रहेको अवस्थामा मेसीले कतार विश्वकपमा प्रेरणादायी प्रदर्शन गरेका थिए।

३५ वर्षीय मेसीले कतारमा २२औं संस्करणको विश्वकप खेलिरहँदा यो नै आफ्नो अन्तिम विश्वकप हुने बताउँदै आएका थिए। अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कोलानी, सहकर्मी खेलाडी र समर्थकहरू भने सात पटकको बलोन डी’ओर अवार्ड विजेता मेसीले सन् २०२६ को विश्वकप पनि खेल्नेमा आशावादी छन्। सन् २०२६ को फिफा विश्वकप संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रुपमा आयोजना गर्दै छन्।

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका चीनमा रहेका मेसीले चिनियाँ समाचार संस्था टाइटन स्पोर्ट्ससँग कुरा गर्दै सन् २०२६ को विश्वकप नखेल्ने संकेत गरेका हुन्। ‘मलाई लाग्दैन कि सन् २०२६ को विश्वकप खेल्छु। कतार विश्वकप नै मेरो अन्तिम विश्वकप होे। यो कुरा मैले पटक पटक भनिसकेको छु’, मेसीले भनेका छन्, ‘सन् २०२६ को विश्वकप आउन अझै धेरै समय बाँकी छ। तर, मलाई लाग्दैन कि म त्यस विश्वकपमा खेलिरहेको हुन्छु।’

मेसीको नेतृत्वमा अर्जेन्टिनाले बिहीबार अस्ट्रेलिया र त्यसको चार दिनपछि इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेल्दैछ। त्यसकै लागि अर्जेन्टिनी टोली चीनमा तयारी गरिरहेको छ। बार्सिलोनाका पूर्व सुपरस्टार मेसीले गत साता मात्रै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग अलग्एिका थिए। पीएसजीसँगको सम्झौता सकिएपछि उनी अमेरिकी क्लब इन्टर मियामीमा आवद्ध भएका थिए।

सन् २०२२ को विश्वकप मेसीको करियरको पाँचौं विश्वकप हो। यसअघि उनले सन् २००६, २०१०, २०१४ र २०१८ को विश्वकपमा सहभागी भएका थिए। मेसीले पाँच विश्वकपमा २६ खेल खेलेका छन्। जसमा १३ गोल गरेका छन्। कतार विश्वकपमा मात्रै उनले सात गोल गरेका थिए। उनी दोस्रो पटक गोल्डेन बल जित्ने पहिलो खेलाडी पनि बनेका थिए। कतार विश्वकप अघि उनले सन् २०१४ को विश्वकपमा गोल्डेन बल जितेका थिए।

मेसीले आफ्नो करियरमा १७४ अन्तर्राष्ट्रिय खेलमा १०२ गोल गरेका छन्। उनी अर्जेन्टिनाका सर्वाधिक गोलकर्ता पनि हुन्। अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा भने उनी तेस्रो स्थानमा छन्। यस सूचीमा उनीभन्दा अघि पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको १२२ र इरानका अली देईको १०९ गोल छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— म्यानचेस्टर सिटीका व्यवस्थापक पेप ग्वार्डिओलाले मंगलबार क्लबसँग थप एक वर्षको अनुबन्ध गरेका छन् । यससँगै इंग्लिस प्रिमियर लिगमा स्पेनी प्रशिक्षकको बसाइ १० वर्ष पुग्ने भएको छ । ग्वार्डिओला सन् २०१६ मा सिटी आएका थिए र त्यसयता उनले क्लबका लागि १६ उपाधि जितिसकेका छन् । त्यसमा छ प्रिमियर लिग उपाधि पनि पर्छन् । यस सिजनको अन्त्यसँगै ...
— लिभरपुल मिडफिल्डर डोमिनिक सबोस्लाईले पेनाल्टीबाट गरेको गोलमा हंगेरीले यूईएफ नेसन्स लिगमा मंगलबार जर्मनीलाई १–१ को नाटकीय बराबरीमा रोकेको छ । सबोस्लाईले दोस्रो हाफको इन्ज्युरी समयको नवौं मिनेटमा बराबरी गोल गरेका हुन् । जर्मनीले फेलिक्स एनमेचाको गोलले ७६ औं मिनेटमा अग्रता लिएको थियो र जिततर्फ अग्रसर देखिएको थियो । बराबरीका बाबजुद जर्मनीले लिग–वान ग्रुप–थ्री जित्ने निश्चित भइसकेको ...
। यूईएफए नेसन्स लिग फुटबलअन्तर्गत भएको खेलमा स्पेनले रोमाञ्चक जित निकालेको छ । लिग ए समूह ४ अन्तर्गत गएराति भएको खेलमा स्पेनले स्वीट्जरल्याण्डलाई ३-२ गोलअन्तरले हराएको हो । स्पेनको जितमा येरेमी पिनो, ब्रायन गिल र ब्रायन जारागोजाले एक-एक गोल गरे । स्वीट्जरल्याण्डका जोएल मोन्टेरो र एण्डी जेकिरीले एक-एक गोल गरे । रोमाञ्चक खेलमा स्पेनले दुईपटकसम्म अग्रता लिँदा ...
। पाकिस्तानसँगको तीन खेलको टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अस्ट्रेलियाले क्लिन-स्वीप गरेको छ । सोमबार भएको तेस्रो खेलमा ७ विकेटको जित निकाल्दै अस्ट्रेलियाले सिरिज ३-० ले जितेको हो । पाकिस्तानले दिएको ११८ रनको लक्ष्य अस्ट्रेलियाले ११.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । अस्ट्रेलियाका मार्कस स्टोइनिसले २७ बलमा ५ चौका र ५ छक्कासहित ६१ रनको अविजित पारी ...
। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को प्रायोजकमा एनसेल पनि जोडिएको छ । एनपीएलको पहिलो संस्करणलाई थप प्रभावकारी बनाउन एनसेललाई ‘पावर्ड बाई’ प्रायोजकका रूपमा अनुबन्ध गरिएको जनाइएको छ । एनपीएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड डिजिटल लजिक प्रालि र क्यानको संयुक्त पहलमा यो महत्त्वपूर्ण प्रायोजन सम्झौता सम्पन्न भएको हो । यसअघि ...