मुख्य समाचार
म्याद गुज्रेको औषधि वितरण गर्ने तीन जना स्वास्थ्यकर्मी निलम्बित
म्याद गुज्रेको औषधि वितरण गर्ने तीन जना स्वास्थ्यकर्मी निलम्बित

झापा : कचनकवल गाउँपालिकाले म्याद गुज्रेको औषधि वितरण गर्ने तीन जना स्वास्थ्यकर्मीलाई निलम्बन गरेका छन्।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै तीन जना स्वास्थ्यकर्मीलाई निलम्बन गरिएको बारेमा जानकारी गराएको हो।

निलम्बनमा पर्नेहरूमा हेल्थ असिस्टेन्ट, एग्जुलरी हेल्थ वर्कर र फार्मेसी सहायक रहेका छन्। साथै गाउँपालिकाले घटनाको सत्य तथ्य छानबिनका लागि छानबिन समिति समेत गठन गरिसकेको छ। समितिको प्रतिवेदनका आधारमा दोषी ठहरिए स्वास्थ्यकर्मीहरूलाई थप कारबाही अगाडि बढाउने जनाइएको छ।

गत जेठ ३१ गते प्राथमिक स्वास्थ्य केन्द्र बनियानीमा उपचारका लागि गएकी एक ६ वर्षीया बालिकालाई त्यहाँ कार्यरत स्वास्थ्यकर्मीले सन् २०२३ मे लेखिएको इन्टाजिल औषधि वितरण गरिएको थियो।

म्याद गुज्रेको औषधि वितरण गरेपछि सामाजिक सञ्जालमा त्यसको चर्को विरोध भएको थियो। त्यसपछि गाउँपालिकालाई घटना विषयमा गम्भीर ध्यानाकर्षण भएको थियो।

गाउँपालिकाले घटना भएको भोलिपल्टै प्राथमिक स्वास्थ्य केन्द्रमा बैठक बोलाएर छानबिन समिति गठन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— जिल्लाको छत्रेश्वरी गाउँपालिका–५ लेखपोखरास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा बिग्रिएर र चालक नपाएर थन्किएको एम्बुलेन्स एक वर्षपछि संचालनमा आएको छ । पालिकाले चालक भर्नाका साथै एम्बुलेन्स मर्मत गरेपछि संचालनमा आएको हो । एम्बुलेन्स संचालनमा आएपछि रातबिरातमा कोही बिरामी भएर जिल्ला अस्पताल लग्नु परेमा बोकेर झन्डै एक घन्टा हिँड्नु पर्ने बाध्यताको अन्त्य भएको र समयमै अस्पताल पुर्‍याउन पाउँदा ...
: मनसुन बाहिरिएको एक महिनापछि मुलुकको मौसमी अवस्थामा फेरबदल आएको छ। अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रमले काठमाडौंलगायत मुलुकभर चिसो बढेको छ। चिसो बढेसँगै सिजनल इन्फ्लुएन्जा अर्थात् फ्लु (मौसमी रुघाखोकी ) पनि फैलन थालेको छ। जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार, काठमाडौंसहित मुलुकभरको तापक्रम घट्दै ...
। काठमाडौं महानगरपालिका वडानम्बर १६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रोजिना श्रेष्ठ विजयी भएकी छन् । स्थानीय तहमा यो रास्वपाको पहिलो जीत हो । यसअघिका स्थानीय तह निर्वाचनमा रास्वपा सहभागी भएको थिएन । रास्वपाकी श्रेष्ठले २९०२ मत ल्याएर निर्वाचित हुँदा एमालेका लक्ष्मीरत्न तुलाधरले २२२० मत पाएर दोस्रो भएका छन् । २०७९ मा विजयी भएको कांग्रेस भने ...
। काभ्रेमा घाइते अवस्थामा भेटिएका एक जना व्यक्तिको मृत्यु भएको छ । धुलिखेल-८ बरकोबोटमा भट्टेडाँडाका करिब ६३ वर्षीय फत्तेबबहादुर तामाङ सोमबार घाइते अवस्थामा भेटिएका थिए । घाइते अवस्थामा भेटिएका उनलाई धुलिखेल अस्पताल पठाइएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थल हेर्दा तामाङ भिरबाट लडेको जस्तो देखिने प्रहरीले जनाएको छ । उनको अनुहारमा चोट ...
। चितवनमा गत शनिबार पिकनिक खाएर फर्कंदै गरेका विद्यार्थीहरु सवार बस दुर्घटनामा घाइते भएकामध्ये एक जनाको आज मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका–३ का सावित्री पोखरेलका ८ वर्षीय छोरा आराम्भ पोखरेल छन् । उनको आज बिहान ५ बजे पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । गत शनिबार ...