जिम्बाब्वेसँग आठ विकेटले हार्‍यो नेपाल
जिम्बाब्वेसँग आठ विकेटले हार्‍यो नेपाल

हरारे : क्राग एर्भिन र सिन विलियम्सको अविजित शतकप्रेरित जिम्बाब्वेले आईसीसी क्रिकेट विश्वकप छनोटको पहिलो खेलमा नेपाललाई आठ विकेटले पराजित गरेको छ।

कुशल भुर्तेलको ९९ रनप्रेरित नेपालले क्रिकेट विश्वकपको ग्लोबल छनोटमा घरेलु टिम जिम्बाब्वेलाई दुई सय ९१ को लक्ष्य दिएको थियो।

हरारे स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ९० रनको योगपफल तयार गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको जिम्बाब्वेले ४४.१ ओभरमा दुई विकेट मात्र गुमाएर लक्ष्य पूरा गर्‍यो।

जिम्बाब्वेका लागि कप्तान एर्भिनले एक सय २८ बलमा १५ चौका र एक छक्कासहित एक सय २१ रनको अविजित शतकीय इनिङ खेले। यस्तै विलियम्सले ७० बलमा १३ चौका र एक छक्कासहित एक सय दुई रनको अर्को अविजित शतक बनाए।

त्यसअघि जोलर्ड गम्बी २५ तथा वेस्ले माधभेरे ३२ रन जोडेर आउट भएका थिए। बलिङतर्फ नेपालका लागि सोमपाल कामी र गुल्शन झाले एक-एक विकेछ लिए।

पहिलो इनिङमा नेपालका लागि आपनर कुशल भुर्तेलले ९५ बलमा १३ चौका र दुई छक्कासहित ९९ रन बनाएर आउट भए। वेलिङ्टन मसाकाजादाको बलमा बोल्ड हुँदा कुशल एकदिवसीय अन्तर्राष्ट्रियमा करिअरको दोस्रो शतक बनाउन एक रनले चुकेका थिए।

कुशलसँग कीर्तिमानी इनिङ खेलेका आसिफ एक सय बलमा सात चौकासहित ६६ रन बनाएर मसाकाजादाको बलमा रायन बर्लको हातबाट क्याच भए।

नेपालको इनिङको शानदार सुरुआत गरेका कुशल र आसिफले एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक ठूलो साझेदारीको कीर्तिमान बनाएका थिए।

यसअघि ज्ञानेन्द्र मल्ल र आसिफले आईसीसी विश्वकप क्रिकेट लिग २ को त्रिदेशीय एकदिवसीय शृंखलाअन्तर्गत नामिबियाविरुद्ध गत फागुनमा एक सय ३९ रनको कीर्तिमान बनाएका थिए।

त्यो कीर्तिमान तोड्दै आसिफ र कुशलले एक सय ७१ रनको नयाँ रेकर्ड बनाए। चौथो नम्बरमा क्रिजमा उत्रिएका रोहित २९ बलमा चार चौकासहित ३१ रन बनाएर पभिलियन फर्के।

कुशल मल्ल ४२ बलमा दुई चौका र तीन छक्कासहित ४१ रन जोडेर पभिलियन फर्किँदा आरिफ शेख १०, गुल्शन झा १३ तथा भीम सार्की शून्यमा आउट भए।

दीपेन्द्रसिंह ऐरी ६ रन जोडेर पभिलियन आउट हुँदा करण केसी दुई तथा सोमपाल कामी एक रनमा अविजित रहे। बलिङतर्फ जिम्बाब्वेका लागि रिचार्ड एन्गाराभाले ९ ओभरमा ४३ रन खर्चेर एक मेडनसहित सर्वाधिक चार विकेट लिए।

यस्तै, वेलिङ्टन मसाकाजादाले १० ओभरमा ४२ रन खर्चेर दुई विकेट लिए। टेन्डाई चताराले सात ओभरमा ५९ रन खर्चेर एक मेडनसहित एक विकेट लिए। ब्लेस्सिङ मुजाराबानीले पनि एक विकेट लिए।

६ महिना अघि आईसीसी विश्वकप क्रिकेट लिग टुमा अविश्वसनीय प्रदर्शन गर्दै नेपालले सोझै विश्वकप छनोटमा स्थान बनाएको थियो। आईसीसी विश्वकप क्रिकेट लिग टुका पछिल्ला १२ मध्ये ११ खेलमा जित निकाल्दै नेपालले जिम्बावे यात्रा पक्का गरेको थियो।

पाँच वर्ष अघि सन् २०१८ को विश्वकप छनोटमा पनि नेपालले जिम्बावेसँग खेल्दै प्रतियोगिताको सुरुवात गरेको थियो। नेपाल र जिम्बावेबीच भएको त्यो नै एक मात्र एकदिवसीय खेल हो।

त्यतिबेला नेपालले एकदिवसीय मान्यता नपाएकाले त्यो खेलले ‘लिस्ट ए’को मान्यता पाएको थियो। उक्त खेलमा नेपाल एक सय १६ रनले पराजित भएको थियो। उक्त खेलमा नेपालका शरद भेषवाकर र आरिफ शेखले अर्धशतकीय इनिङ्स खेलेका थिए।

नेपाली टोली दक्षिण अफ्रिकामा डेढ साता तयारी गरेर जिम्बावे पुगेको हो। दक्षिण अफ्रिकामा नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग मैत्रीपूर्ण अभ्यास खेल खेलेको थियो। नेपाल दुवै अभ्यास खेलमा पराजित भएको थियो।

यस्तै जिम्बावेमा पहिलो अभ्यास खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई नतिजा सुम्पिएको नेपालले दोस्रो खेलमा ओमानलाई पराजित गरेको थियो।नेपालले असार ५ मा अमेरिका, असार ७ मा वेस्टइन्डिज र असार ९ मा नेदरल्यान्ड्ससँग खेल्नेछ। यस्तै समूह ‘बी’मा श्रीलंका, स्कटल्यान्ड, आयरल्यान्ड, ओमान र यूएई छन्। हरेक समूहका शीर्ष तीन टोलीले सुपर सिक्समा स्थान बनाउने छन्।

सुपर सिक्सबाट शीर्ष दुई टोलीले आगामी अक्टोबर ५ देखि भारतमा हुने विश्वकपमा स्थान बनाउने छन्। सातौंदेखि १०औं स्थानका टोलीले प्लेअफ खेल्ने छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...
। संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन् । एक मिनेट ...
– गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक ...
– नेपालका युवा अलराउण्डर गुलशन झाले आईसीसी विश्वकप लिग-२ मा ओमानसँग हारका बाबजुद प्लेयर अफ द म्याच अवार्ड पाएका छन् । नेपाल १ विकेटले पराजित भएपनि आक्रामक अर्धशतक प्रहार गरेका गुलशनले ५ विकेट लिदै खेललाई रोमान्चक बनाएका थिए । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । गुलशनले १० ओभरमा २ ...