किम मिन जाईसँग सम्झौता नजिक बायर्न
किम मिन जाईसँग सम्झौता नजिक बायर्न

: दक्षिण कोरियाली डिफेन्डर किम मिन जाईलाई भित्र्याउन जर्मन क्लब बायर्न म्युनिख सम्झौता नजिक पुगेको छ।

गत सिजन नेपोलीबाट इटालियन च्याम्पियन बनेका किमलाई अनुबन्ध गर्न म्यानचेस्टर युनाइटेडले पनि तीव्र इच्छा देखाएको थियो। तर, २६ वर्षीय किम बायर्नसँग सम्झौता नजिक पुगेको स्काई स्पोर्ट्सले बताएको छ।

बायर्न जुलाई १ मा एक्टिभ हुने रिलिज क्लज पर्खिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले बताएका छन्।

दक्षिण कोरियाली डिफेन्डरलाई भित्र्याउन जर्मन हेभिवेट ४२ देखि ५९ मिलियन पाउन्डसम्म खर्चिन तयार भएको स्काई स्पोर्ट्सले बताएको छ। सन् २०२२ मा फेनरबाचेबाट नेपोली पुगेका किम पछिल्लो समय युरोपेली फुटबलका ठूला क्लबले भित्र्याउन चाहेको सूचीमा छन्।

दक्षिण कोरियाको राष्ट्रिय टिमका महत्त्वपूर्ण सदस्य किमले देशका लागि ४९ खेल खेलिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...
। संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन् । एक मिनेट ...
– गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक ...
– नेपालका युवा अलराउण्डर गुलशन झाले आईसीसी विश्वकप लिग-२ मा ओमानसँग हारका बाबजुद प्लेयर अफ द म्याच अवार्ड पाएका छन् । नेपाल १ विकेटले पराजित भएपनि आक्रामक अर्धशतक प्रहार गरेका गुलशनले ५ विकेट लिदै खेललाई रोमान्चक बनाएका थिए । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । गुलशनले १० ओभरमा २ ...