अमेरिकी कप्तान साउरबर्नले विश्वकप गुमाउने
अमेरिकी कप्तान साउरबर्नले विश्वकप गुमाउने

: अमेरिकी महिला फुटबल टिमकी कप्तान बेकी साउरबर्नले अर्को महिना अस्ट्रेलिया र न्युजिल्यान्डमा हुने विश्वकप गुमाउने भएकी छन्।

पोर्टल्यान्ड थ्रोन्सबाट व्यावसायिक फुटबल खेल्ने क्रममा खुट्टामा चोट लागेकी साउरबर्न पुरै ठीक नभइसकेकाले विश्वकप गुमाउने निश्चित भएको हो।

दुई पटक अमेरिकी टिमबाट विश्व विजेता बनेकी साउरबर्नले राष्ट्रिय टिमबाट दुई सयभन्दा धेरै खेल खेलिसकेकी छन्।

उनले सामाजिक सञ्जालमा आफूले विश्वकप गुमाउनुपर्दा अत्यन्तै पीडा भएको बताएकी छन्। साउरबर्न ३८ वर्ष पुगिसकेकाले यो सम्भवतः उनको अन्तिम विश्वकप बन्न सक्थ्यो। तर, चोटका कारण गुमाउने भएपछि त्यो मौका पनि उनले गुमाएकी छन्।

लामो समयदेखि अमेरिकी रक्षापंक्तिको महत्त्वपूर्ण सदस्य रहँदै आएकी साउरबर्नले दुई सय १६ पटक अमेरिकाको प्रतिनिधित्व गर्दा दुई पटक विश्वकप र ओलम्पिकमा स्वर्ण तथा कास्य पदक जितेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...
। संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन् । एक मिनेट ...
– गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक ...
– नेपालका युवा अलराउण्डर गुलशन झाले आईसीसी विश्वकप लिग-२ मा ओमानसँग हारका बाबजुद प्लेयर अफ द म्याच अवार्ड पाएका छन् । नेपाल १ विकेटले पराजित भएपनि आक्रामक अर्धशतक प्रहार गरेका गुलशनले ५ विकेट लिदै खेललाई रोमान्चक बनाएका थिए । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । गुलशनले १० ओभरमा २ ...