होसेलु रियालमा अनुबन्धित
होसेलु रियालमा अनुबन्धित

मड्रिड: स्पेनिस फरवार्ड होसेलुलाई रियाल मड्रिडले अनुबन्ध गरेको घोषणा गरेको छ। इस्पान्योलबाट व्यावसायिक फुटबल खेल्दै आएका होसेलुलाई लोनमा भित्र्याएको र अर्को सिजन रियालबाट खेल्ने बताएको छ।

स्पेनिस महारथीले अर्को सिजनको समाप्तिमा होसेलुलाई किन्ने सहमती भएको पनि वक्तव्यमा उल्लेख गरेको छ।

होसेलु २० वर्षको उमेरमा रियाल मड्रिडको एकेडेमीमा आवद्ध भएका थिए। रियाल मड्रिडको एकेडेमी कास्टियाबाट दुई सिजन खेलेका होसलुले सन् २०११ मा सिनियर टिमबाट पनि डेब्यू गरेका थिए।

आइतबार राति मात्रै स्पेनिस टिमबाट नेसन्स लिग च्याम्पियन बनेका होसेलुलाई भोलि (मंगलबार) रियालको खेलाडीको रूपमा सार्वजनिक गर्ने क्लबले बताएको छ।

सन् २००८ देखि व्यावसायिक फुटबल खेल्न थालेका ३३ वर्षीइ होसेलुले गत होफेनहम, हानोभर, आइन्ट्राच्ट फ्रान्कफर्ट, स्टोक सिटी, न्युक्यासल युनाइटेड, एलाभेसबाट पनि खेलिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एन्फा महिला लिग अन्तर्गत बागमती युथ क्लब सर्लाहीलाई हराउँदै वालिङ नगरपालिकाको टिमले शीर्ष ५ को दौड कायम राखेको छ ।बागमतीलाई ४–० ले हराउँदै वालिङले आफ्नो शीर्ष ५ को दौड कायम राखेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको छैटौं राउन्डको अन्तिम खेलमा वालिङका लागि सीसी नान्टोन्गोले २ गोल गरिन् । खेलको २२ औं मिनेटमा युगान्डाकी सीसीले ...
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...
। संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन् । एक मिनेट ...
– गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक ...