विश्वकपका लागि अस्ट्रेलियाको प्रारम्भिक टिम घोषणा
विश्वकपका लागि अस्ट्रेलियाको प्रारम्भिक टिम घोषणा

सिड्नी: टोटनहमकी स्ट्राइकर क्याहा सिमोन चोटमुक्त भएर अर्को महिना घरेलु भूमीमा हुने विश्वकपका लागि अस्ट्रेलियाको प्रारम्भिक टिममा परेकी छन्।

गत अक्टोबरमा एन्टेरियर क्रुसिएट लिगामेन्टमा चोट लागेपछि मैदानबाहिर रहेकी ३२ वर्षीय सिमोन त्यसयता मैदानमा उत्रिएकी छैनन्।

यद्यपि, उनी सोमबार घोषित अस्ट्रेलियाको २९ सदस्यीय प्रारम्भिक टिममा परेकी छन्। आज घोषित टिममा एस्टोन भिल्लाकी पूर्व फरवार्ड एमिली गेल्निक, म्यानचेस्टर सिटीकी डिफेन्डर एलाना केनेडी र अस्ट्रेलियामै व्यावसायिक फुटबल खेल्दै आएकी छोली लोगार्जो पनि टिममा परेका छन्। यद्यपि, उनीहरूले २३ सदस्यीय टिममा स्थान बनाउन आफू पूर्णरूपमा तयार भएको सावित गर्नुपर्नेछ।

अस्ट्रेलियन प्रारम्भिक टिमले गोल्ड कोस्टमा अभ्यास गर्नेछ। त्यहाँ अभ्यास सकेर २३ सदस्यीय टिम मेलबर्न जानेछ। विश्वकपअघि अस्ट्रेलियाले फ्रान्ससँग एक अभ्यास खेल खेल्ने छ।

जुलाई २० देखि सुरु हुने विश्वकप अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रूपमा आयोजना गर्दैछन्।

सन् २०२१ मा सिटीमा आवद्ध भएकी केनेडी चोटग्रस्त हुँदा त्यसयता सात खेल मात्रै खेलेकी छन्। यस्तै लोगार्जो पनि गत जनवरीपछि घुँडाको चोटका कारण खेलेकी छैनन्।

गेल्निकले पनि कुर्चुच्चाको चोटका कारण मार्च यता मैदान उत्रिन पाएकी छैनन्।

युरोपमा व्यावसायिक फुटबल खेल्दै आएका साम खेर, एली कार्पेन्टर, काइट्लिन फुर्ड र होली म्याकनमारा पनि अस्ट्रेलियन टिममा समेटिएका छन्।

अस्ट्रेलियन टिम: म्याकेन्जी आर्नोल्ड, एली कार्पेन्टर, स्टेफ काट्ले, एलेक्स चिडाक, क्यारा कोनी क्रस, लरिसा क्रुमर, काइटलिन फुर्ड, म्यारी फोलेर, एमिली गेल्निक, कट्रिना गोरी, चार्लोट ग्रान्ट, क्लेर हन्ट, एलाना केनेडी, साम खेर, ऐवी लुइक, टेगान मिकाह, कौर्टने नेभिन, क्लेर पोल्किङ्घोर्न, हेली रासो, एमी सायेर, रेमी सिम्सेन, क्याहा सिमोन, एमिली भान एग्मोन्ड, कोर्ट्नी भाइन, क्लेल ह्विलेर, जाडा व्याहाम्यान, लिडिया विलियम्स, तामेका यालोप।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...
। संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन् । एक मिनेट ...
– गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक ...
– नेपालका युवा अलराउण्डर गुलशन झाले आईसीसी विश्वकप लिग-२ मा ओमानसँग हारका बाबजुद प्लेयर अफ द म्याच अवार्ड पाएका छन् । नेपाल १ विकेटले पराजित भएपनि आक्रामक अर्धशतक प्रहार गरेका गुलशनले ५ विकेट लिदै खेललाई रोमान्चक बनाएका थिए । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । गुलशनले १० ओभरमा २ ...