आईसीसी एकदिवसीय विश्वकप छनोट, अमेरिकासँग जितको लागि भिड्दै नेपाल
आईसीसी एकदिवसीय विश्वकप छनोट, अमेरिकासँग जितको लागि भिड्दै नेपाल

काठमाडौं : आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत नेपालले मंगलबार चिरप्रतिद्वन्द्वी अमेरिकाको सामना गर्दैछ। विश्वकप छनोटको समूह ‘ए’मा रहेका नेपाल र अमेरिकाले प्रतियोगितामा दोस्रो खेल खेल्न लागेका हुन्। पहिलो खेलमा दुवै टोली टेस्ट राष्ट्रसँग पराजित भएका थिए। आफ्नो पहिलो खेलमा नेपाल घरेलु टोली जिम्बावे र अमेरिका वेस्ट इन्डिजसँग पराजित भएका थिए। त्यसैले ‘सुपर सिक्स’को यात्रा जारी राख्न दुवै टोलीका लागि मंगलबारको खेल महत्वपूर्ण मानिएको छ। मंगलबारको खेलमा जित निकाल्न सके मात्र ‘सुपर सिक्स’को यात्रा केही सहज बन्न सक्नेछ।

आइतबार नेपालले घरेलु टोली जिम्बावेविरुद्ध उत्कृष्ट ब्याटिङ गरेको थियो। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा आठ विकेट गुमाएर दुई सय ९० रनको योगफल खडा गरेको थियो। नेपालका प्रारम्भिक खेलाडी कुशल भुर्तेल र आसिफ शेखले एक सय ७१ रनको कीर्तिमानी साझेदारी गरेका थिए। एकदिवसीय खेलमा नेपालले बनाएको यो अहिलेसम्मकै उच्च साझेदारी हो। त्यसैले मंगलबार अमेरिकाविरुद्ध पनि कुशल र आसिफले उत्कृष्ट सुरुवात गरेमा मात्रै नेपाललाई जित निकाल्न सहज हुनेछ।

आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत नेपालले बिहीबार बलियो प्रतिद्वन्द्वी वेस्टइन्डिज र शनिबार नेदरल्यान्ड्सको सामना गर्नेेछ। आईसीसी विश्वकप छनोटमा १० टोलीको सहभागिता रहेको छ। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। हरेक समूहका शीर्ष तीन टोलीले सुपर सिक्समा स्थान बनाउने छन्। सुपर सिक्सबाट फाइनल पुग्ने दुई टोलीले आगामी अक्टोबर ५ देखि भारतमा हुने विश्वकपमा स्थान बनाउने छन्। सातौंदेखि १०औं स्थानका टोलीले प्लेअफ खेल्ने छन्।

नेपाल र अमेरिकाले ६ पटक एकदिवसीय खेलमा प्रतिस्पर्धा गरेका छन्। यी दुई टोलीबीच ६ खेलमा भेट हुँदा नेपालले तीन र अमेरिकाले दुई खेलमा जित निकालेका छन्। एक खेल भने बराबरीमा सकिएको थियो। नेपाल र अमेरिकाले सन् २०२० मा पहिलो पटक एकदिवसीय खेलमा प्रतिस्पर्धा गरेका थिए।

सन् २०२० फेब्रुअरी ८ मा आईसीसी विश्वकप क्रिकेट लिग टुको एकदिवसीय शृंखलाको खेलमा नेपालले ३५ रनले जित निकालेको थियो। सोही शृंखलाको दोस्रो खेलमा अमेरिकालाई ३५ रनमा समेट्दै नेपालले आठ विकेटको जित निकालेको थियो। आईसीसी विश्वकप क्रिकेट लिग टुको ओमानमा सन् २०२१ मा भएको शृंखलामा नेपाल र अमेरिका तेस्रो पटक आमनेसामने भएका थिए। सो खेल नेपालले पाँच विकेटले जितेको थियो। यस्तै चौथो भेट सोही शृंखलामा भएको थियो। सो खेलमा अमेरिका ६ विकेटले विजयी भएको थियो। आईसीसी विश्वकप क्रिकेट लिग टुकै अमेरिकामा भएको शृंखलामा यी दुई राष्ट्रबीच पाँचौ भेट भएको थियो। सन् २०२२ मा भएको शृंखलाको पहिलो खेल बराबरीमा सकिएको थियो। सोही शृंखलामा दुई टोलीबीच छैटौं भेट भएको थियो। सो खेलमा अमेरिका ३९ रनले विजयी भएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...
। संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन् । एक मिनेट ...
– गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक ...
– नेपालका युवा अलराउण्डर गुलशन झाले आईसीसी विश्वकप लिग-२ मा ओमानसँग हारका बाबजुद प्लेयर अफ द म्याच अवार्ड पाएका छन् । नेपाल १ विकेटले पराजित भएपनि आक्रामक अर्धशतक प्रहार गरेका गुलशनले ५ विकेट लिदै खेललाई रोमान्चक बनाएका थिए । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । गुलशनले १० ओभरमा २ ...