धूमपान रोकथाम गर्न सकिने मृत्युको प्रमुख कारण बनेको छ । धूमपानका कारण प्रत्येक वर्ष ८७ लाख मानिसको मृत्यु हुने गरेको छ भने अर्काले उडाएको धुँवामा सास फेर्दा १३ लाख जनाले ज्यान गुमाउने गरेका छन् ।
डब्ल्यूएचओका अनुसार इथियोपिया, इरान, आयरल्याण्ड, जोर्डन, मदगास्कर, मेक्सिको, न्यूजील्याण्ड र स्पेनसहितका आठ देश सुर्ती नियन्त्रणमा सामेल हुन एक कदम पछि छन् । चवालीस देशका दुई अर्ब ३० करोड मानिस डब्लूएचओको तमाखु विरोधी उपायको परिपालनाबाट विमुख छन् ।
विश्वका ५३ देशका स्वास्थ्य सेवा प्रदायक केन्द्रमा नै धूमपान निषेध छैन । डब्ल्यूएचओको प्रतिवेदनले विद्युतीय अर्थात् ई–सिगरेटको धेरै कम नियमनको व्यवस्था गरिएकामा त्यसको निन्दा गरेको छ । विश्वव्यापी रूपमा, एक सय २१ देशले ई–सिगरेटलाई सम्बोधन गर्ने केही उपाय अपनाएका छन् ।
विश्वव्यापी जनसङ्ख्याको लगभग एक तिहाइ बसोबास गर्ने ७४ देशमा सुर्तीजन्य उत्पादनहरूलाई सम्बोधन गर्ने कुनै नियम छैनन् भने ती मुलुकका सार्वजनिक स्थानमा धूमपानमा प्रतिबन्ध छैन । चुरोटका बट्टामा स्वास्थ्य चेतावनी राखिएको हुँदैन भने निर्वाध विज्ञानपन पनि हुने गरेको छ ।
अझ अचम्मको कुरा के छ भने अति कम देशमा बालबालिकाको सुरक्षालाई ध्यान दिइएको छ । विश्वका ८८ देशका दुई अर्ब ३० करोड मान्छेलाई ई– सिगरेट किन्नका लागि न्यूनतम उमेर तोकिएको छैन । रासस