नयाँ दिल्ली : भारतको महाराष्ट्रको ठाणेमा रहेको समृद्धि एक्सप्रेस राजमार्गमा सोमबार राति भएको दुर्घटनामा १६ मजदुरको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
राजमार्गको शाहपुर नजिक सरलम्बेमा पुल निर्माणको क्रममा ग्रिडर लन्चिङ मेसिन खस्दा दुर्घटना भएको हो।
मिडिया रिपोर्टका अनुसार ग्रिडर मेसिन १०० फिटको उचाइबाट खसेको थियो । मृतकको संख्या बढ्न सक्ने बताइएको छ । अहिले पनि धेरै मजदुर त्यही पुरिएको हुन सक्ने आशंका गरिएको छ।
उद्धार कार्य जारी छ। मेसिनको तौल धेरै भएकाले छिट्टै हटाउन सकिरहेको छैन । क्रेन आएपछि मात्रै उद्धार कार्यले गति लिने स्थानीय समाचारमा उल्लेख छ।