साविक विजेता अन्तिम १६ मा
साविक विजेता अन्तिम १६ मा

अक्ल्यान्ड : साविक विजेता अमेरिका फिफा महिला विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ। मंगलबार भएको समूह ‘ई’ को खेलमा पोर्चुगलसँग गोलरहित बराबरी खेल्दै अमेरिका उपविजेताका रुपमा अन्तिम १६ मा पुगेको हो। यही समूहको अर्को खेलमा नेदरल्यान्ड्सले भियतनामलाई ७–० गोलले हराउँदै विजेताका रुपमा प्रिक्वार्टरफाइनलमा स्थान बनायो।

नेदरल्यान्ड्स सात अंकसहित समूहको शीर्ष स्थानमा रहँदा पछिल्ला दुई संस्करणको विजेता अमेरिका पाँच अंकका साथ दोस्रो स्थानमा रह्यो। चार अंक जोडेको पोर्चुगल तेस्रो र तीनै खेलमा पराजय बेहोरेको भियतनाम पुछारमा रह्यो।

न्युजिल्यान्डको इडेन पार्कमा भएको खेलमा अमेरिका र पोर्चुगलले थुप्रै अवसर बनाए पनि गोल भने गर्न सकेनन्। नेदरल्यान्ड्सको जितमा जिल रुड र इस्मी ब्रुस्टले दुई÷दुई गोल गरे। यस्तै, लिएकी मार्टिन्स, कार्जा स्नोइज र ड्यानियल भान डे डंकले एक÷एक गोलको योगदान दिए। गोलको वर्षा भएको खेलको आठौं मिनेटमा लिएकी मार्टिन्सले गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाएकी थिइन्। ११औं मिनेटमा कर्जा स्नोइसले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाइन्। १८औं मिनेटमा इस्मीको गोलमा नेदरल्यान्ड्स ३–० ले अघि बढ्दा २३औं मिनेटमा जिल रुडले गोल गर्दै अग्रता बढाइन्। ४५औं मिनेटमा ड्यानिल, ५७औं मिनेटमा इस्मी, ६७औं मिनेटमा लिएकी र ८३औं मिनेटमा जिल रुडले गोल गर्दै नेदरल्यान्ड्सलाई सानदार जित दिलाएका थिए।

यसैगरी समूह ‘डी’बाट इङ्ल्यान्ड र डेनमार्कले प्रिक्वार्टरफाइनलमा स्थान बनाएका छन्। मंगलबार भएको खेलमा इङ्ल्यान्डले चीनलाई ६–१ र डेनमार्कले हाइटीलाई २–० गोलले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएका हुन्। अस्ट्रेलियाको एडिलेडमा भएको खेलमा इङ्ल्यान्डलाई जित दिलाउन लौरेन जेम्सले दुई गोल गरिन्। यस्तै एलेसिया रुसो, लौरेन हेम्प, क्लो केली र रचेल डलीले एक÷एक गोल गरे। चीनकी वाङ सुहाङले एक गोल फर्काइन्।

इङ्ल्यान्डले चौथो मिनेटमै एलेसिया रुसोको गोलबाट अग्रता लिएको थियो। २६औं मिनेटमा लौरेन हेम्पले गोल गर्दै अग्रता दोब्बर पारिन्। लौरेन जेम्सले ४१औं मिनेटमा गोल गर्दै इङ्ल्यान्डलाई ३–० को अग्रता दिलाइन्। ५७औं मिनेटमा सुहाङ वाङले पेनाल्टीमा गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याएकी थिइन्। ६५औं मिनेटमा लौरेन जेम्स, ७७औं मिनेटमा क्लो केली र ८४औं मिनेटमा रचेल डलीले गोल गर्दै इङ्ल्यान्डलाई ६–१ को जित दिलाए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...
। संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन् । एक मिनेट ...
– गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक ...
– नेपालका युवा अलराउण्डर गुलशन झाले आईसीसी विश्वकप लिग-२ मा ओमानसँग हारका बाबजुद प्लेयर अफ द म्याच अवार्ड पाएका छन् । नेपाल १ विकेटले पराजित भएपनि आक्रामक अर्धशतक प्रहार गरेका गुलशनले ५ विकेट लिदै खेललाई रोमान्चक बनाएका थिए । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । गुलशनले १० ओभरमा २ ...