क्यानडाका प्रधानमन्त्रीको सम्बन्ध विच्छेद
क्यानडाका प्रधानमन्त्रीको सम्बन्ध विच्छेद

: क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उनकी श्रीमती सोफीबीच सम्बन्ध विच्छेद भएको छ। वैवाहिक जीवनको १८ वर्षपछि उनीहरू अलग भएका हुन्।

सन् २००५ मा विहे गरेका उनीहरूको तीन सन्तान छन्। उनीहरूले सामाजिक सञ्जालमार्फत् आफूहरू अलग भएको घोषणा गरेका हुन्। उनीहरूले एकअर्काप्रति अगाध प्रेम र सम्मान रहिरहने उल्लेखसमेत गरेका छन्।

कागजीरूपमा उनीहरू छुट्टिए पनि अझै केही समय सार्वजनिकरूपमा सँगै देखिने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। 'सम्बन्ध विच्छेदका लागि उनीहरूबीच कानुनी प्रक्रिया पूरा गरिसकेका छन्। औपचारिकरूपमा उनीहरू अर्को हप्तादेखि विदा हुनेछन्,' सचिवालयको विज्ञप्तिमा भनिएको छ।

ट्रुडो दम्पतीले आफ्ना सन्तानको गोपनियता कायम राख्न अनुरोध गरेका छन्। उनीहरूको दुई छोरा जेभियर र हेड्रिन र एक छोरी एला ग्रेस छन्।

उनीहरूले यसअघि नै आफूहरूबीचको सम्बन्धमा समस्या रहेको उल्लेख गरेका थिए। प्रधानमन्त्री ट्रुडोले आफ्नो आत्मकथामा पनि आफ्नो वैवाहिक जीवन पूर्ण नरहेको उल्लेख गरेका छन्। उनले आफूले कठिन उतार चढावहरूको सामना गर्नुपरेको किताबमा लेखेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे । ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना ...
। अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो । कोभिड १९ सुरुवातपछि पहिलो पटक फेडले ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ ...
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञान जगतमा जुन योगदान गरे त्यसका लागि संसार अहिलेपनि उनीप्रति कृतज्ञ छ। मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत चिन्दछ । त्यसैले यो कुरा निश्चित छ कि उनीसँग जोडिएका हरेक कुरा अमूल्य छन् । हालै भएको एउटा घटनाले अल्बर्ट आइन्स्टाइनसँग सम्बन्धित चिजहरू कति महत्वपूर्ण र ...
: अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फेरि हत्या प्रयास भएको छ। आगामी नोभेम्बर ५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प भएको स्थानमा फेरि गोली चलेको हो। ट्रम्पलाई उनको फ्लोरिडा गोल्फ क्लबमा आइतबार दोस्रो पटक हत्याको प्रयास भएको सीएनएनले जनाएको छ। हत्याको प्रयास भएको बेला ट्रम्प त्यतिबेला गल्फ खेल्दै थिए। अमेरिकी अधिकारीहरूका अनुसार पूर्व राष्ट्रपति ...
स्पेस एक्सको पोलारिस डन मिसनले नयाँ कीर्तिमान बनाएको छ । यो मिसनमार्फत् इतिहासमै पहिलोपटक पृथ्वीभन्दा ७ सय ३७ किलोमिटर माथि दुईजना आम मानिस अर्थात् गैर व्यवसायिक अन्तरिक्षयात्रीले अन्तरिक्षमा हिडेर कीर्तिमान कायम गरेका छन् । निजी अन्तरिक्ष मिसनमा रहेका यात्रीहरुले स्पेसवाक गरेको यो पहिलो पटक हो । अमेरिकाको केन्नेडी स्पेस सेन्टरबाट मंगलबार प्रक्षेपण भएको स्पेस एक्सको उक्त ...