विश्वकप हेर्न हिँडेका विमानस्थलबाटै फर्काइँदै
विश्वकप हेर्न हिँडेका विमानस्थलबाटै फर्काइँदै

काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य पुरुषोत्तम थापा जारी फिफा महिला विश्वकपको खेल हेर्न न्युजिल्यान्डतर्फ उड्ने तयारीमा बुधबार पत्नीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । तर, उनले बोर्डिङ पास लिन पाएनन् अनि मध्यरात विमानस्थलबाटै घर फर्किनुपर्‍यो ।

‘खत्तम बनाइदियो,’ चाइना साउथर्न एयरलाइन्सबाट ग्वाङ्झाउ ट्रान्जिट हुँदै अकल्यान्ड (न्युजिल्यान्ड) पुग्ने हवाई टिकट लिएका थापाले बिहीबार भने, ‘बोर्डिङ पास दिने चाइना साउथर्नको काउन्टरमा हाम्रो पालो आएपछि एयरलाइन्सका स्टाफले साइडमा बोलाएर फोनमा कुरा गर्नुपर्छ भन्यो । उनले फोन लगाएर मलाई दिए, १५–२० मिनेट कुरा गरें ।

उताबाट रिटर्न टिकट छ/छैन, कुन एयरलाइन्स बुक गरेको, कुन खेल हर्न जान लागेको, खेल कतिखेर सुरु हुन्छ, कसले खेल्छ, न्युजिल्यान्डमा कहाँ बस्ने, खेल नभएको अवधिमा के गर्ने भनेर सोधे, मैले सबै प्रश्नको जवाफ दिए । अकल्यान्डमा बस्ने ठेगाना, ग्यापमा वेलिङ्टन घुम्न जाने पनि भन्दिएँ अनि फोन राखें । फेरि एकछिनमा फोन गरेर सरी, अहिले प्रवेश दिन सकिँदैन । अर्कोपल्ट प्रयास गर भन्यो ।’

मध्यरातको १२ः०५ मा उड्नुपर्ने उनी ठीक यही बेला पत्नीसँगै आफ्नो सुटकेस लिएर घर फर्किए । उनका अनुसार एयरलाइन्सका कर्मचारीले न्युजिल्यान्डका इमिग्रेसन बोर्डर अपरेसन (आईबीओ) मा फोन लगाइदिएका थिए । घर पुग्दा दम्पतीकै ‘भिसा क्यान्सिल्ड’ गरिएको इमेल आईबीले पठाएको पनि उनले बताए । उनले अकल्यान्डस्थित इडेन पार्कमा शनिबार (५ अगस्ट) स्विट्जरल्यान्ड र स्पेनबीच हुने अन्तिम १६ को खेल हेर्न एन्फाबाट दुईटा टिकट खरिद गरेका थिए । एन्फाले विश्वकपका खेल रंगशालामा प्रत्यक्ष हेरेपछि स्वदेश फर्किने सर्तसहितको कागजमा हस्ताक्षर गर्दै नागरिकताको फोटोकपी र तोकिएको मूल्य तिरेपछि फुटबलसम्बद्ध व्यक्तिहरूलाई टिकट बिक्री गरेको थियो ।

न्युजिल्यान्डको भिसा लिएका थापा दम्पतीलाई जस्तैगरी सिंगापुर एयरलाइन्सले पनि वेलिङ्टन उड्ने तयारीमा रहेका धादिङ जिल्ला फुटबल संघका उपाध्यक्ष सुरेश तामाङ र सदस्य हरि खतिवडालाई ठीक उस्तैगरी त्रिभुवन विमानस्थलबाटै फर्काइदिएको थियो । हरि एन्फाकै उपाध्यक्ष दीपक खतिवडाका भाइ हुन् । अस्ट्रेलिया र न्युजिल्यान्डमा भइरहेको महिला विश्वकपको फाइनलका १० सहित कुल २ सय ३० टिकट एन्फाले फिफा (अन्तर्राष्ट्रिय फुटबल महासंघ) बाट झिकाएको थियो । जसमा अस्ट्रेलियामा हुने खेलका १ सय २५ र न्युजिल्यान्डमा हुने खेलका १ सय ५ टिकट थिए । अस्ट्रेलियामा धेरैले भिसा पाएनन्, न्युजिल्यान्डको टिकट लिएका भने भिसा पाएर पनि विमानस्थलबाटै फर्काइएका छन् ।


‘एन्फाबाट टिकट किनेका चार जनालाई विमानस्थलबाट फर्काइएको छ, विश्वकप हेर्न हिँडेका नेपालीलाई सिंगापुर ट्रान्जिटबाट पनि फर्काएको सुनेको छु,’ एन्फाका प्रवक्ता सुरेश शाहले भने, ‘यही कारण हो भन्ने खालको रिपोर्ट छैन । धादिङका दुई जनाको पनि फोनमा कुरा गरेपछि तुरुन्तै भिसा क्यान्सिल्ड गरिएको इमेल आएको रहेछ । नेपालमा रहेको न्युजिल्यान्डको कन्सुलेटले भिसासम्बन्धी नहेर्ने रहेछ । के भएको हो खोज्ने प्रयास भइरहेको छ ।’

उनले थपे, ‘एउटा व्यक्तिले लगभग ५ लाख रुपैयाँ खर्च गरिसकेको अवस्थामा फर्काइएको छ । यसरी रोकिनु गलत हो र सानो देश भएकाले यस्तो व्यवहार भएको हो कि भन्ने बुझाइ छ । एन्फालाई समन्वय गरेको भए हुन्थ्यो । किनभने एन्फाले फिफाबाट आएको टिकट सहीछाप गराएर बेचेको हो ।’

जुलाई २० मा सुरु भएको विश्वकपमा पहिलोपल्ट ३२ देश सहभागी छन् । समूह चरण बिहीबार समाप्त भइसकेको छ । नकआउट चरण शनिबार सुरु हुँदै छ । अगस्ट २० मा सिड्नीमा हुने फाइनलसँगै विश्वकपको नवौं संस्करण सकिने छ । यस विश्वकपका खेलका लागि एन्फाले अस्ट्रेलियन डलर ४० (करिब ३,४७० रुपैयाँ) देखि ११० (करिब ९,५४५ रुपैयाँ) सम्मका २ सय ३० टिकट बिक्री गर्न फिफाबाट ल्याएको थियो । तर, एन्फाले ३ सयभन्दा बढीलाई भिसाका लागि सिफारिस गरेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...
। संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन् । एक मिनेट ...
– गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक ...
– नेपालका युवा अलराउण्डर गुलशन झाले आईसीसी विश्वकप लिग-२ मा ओमानसँग हारका बाबजुद प्लेयर अफ द म्याच अवार्ड पाएका छन् । नेपाल १ विकेटले पराजित भएपनि आक्रामक अर्धशतक प्रहार गरेका गुलशनले ५ विकेट लिदै खेललाई रोमान्चक बनाएका थिए । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । गुलशनले १० ओभरमा २ ...