टराबो (ट्रिनिडाड एन्ड टोबागो) — वेस्ट इन्डिजले भारतलाई पहिलो ट्वान्टी–२० मा चार रनले पराजित गर्दै रोमाञ्चक सुरुआत गरेको छ । बलियो भारतले १ सय ५० रनको लक्ष्य पनि हात पार्न नसकेको हो ।
जितका लागि १ सय ५० रनको लक्ष्य पाएको भारतले जवाफमा नौ विकेट गुमाएर १ सय ४५ रन मात्र बनाउन सक्यो । खेलको ११ ओभरसम्म तीन विकेट गुमाएर ७७ रनको स्थितिमा रहेको भारतले बाँकी ६८ रनमा छ विकेट गुमाएको थियो ।
वेस्ट इन्डिजका लागि १२ महिनापछि पहिलो पल्ट खेलिरहेका सिमरन हेटमायरले तीन क्याच लिए र एक रनआउट पनि गरे । त्यस अगाडि वेस्ट इन्डिजले छ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो ।