मुख्य समाचार
दर्ताबिनै सञ्चालित ल्याब र एक्सरे मेसिन सिल
दर्ताबिनै सञ्चालित ल्याब र एक्सरे मेसिन सिल

— सरोकारवाला निकायमा दर्ता नगरी स्वास्थ्यसम्बन्धी विभिन्न जाँच गर्ने ल्याब उपकरण तथा एक्सरे मेसिन राखेर मेडिकल हल, डाइग्नोस्टिक सेन्टर सञ्चालन गर्ने आधा दर्जन व्यापारिक स्वास्थ्य संस्थालाई धरान उपमहानगरपालिका तथा राजस्व अनुसन्धान कार्यालयले बिहीबार कारबाही गरेको छ ।

कुनै पनि निकायमा दर्ता नगरी बिरामीको उपचार गर्दै आएका व्यापारिक स्वास्थ्य संस्थाले सर्वसाधारणको जीवनसँग खेलवाड गरेको भन्दै कानुनी उपचारको दायरामा ल्याइएको हो । सशक्त अनुगमनको क्रममा चरम लापरबाही देखिएपछि कारबाहीमा पर्नेमध्ये धरानकै सबैभन्दा पुरानो मेडिकल हल धरान औषधालयका सञ्चालक डा. तपन तरफदारले समेत दर्ता प्रमाणपत्र र राजस्व छली गरेको पाइएको छ ।

उनले धरान-२ छाता चोकस्थित धरान औषधालयमा अनुमति नलिई ल्याब सञ्चालन गरेको र बिल बिजकसमेत नराखेपछि ल्याब सिल गरिएको धरान उपमहानगरपालिकाका बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले बताए । उनका अनुसार वर्षौंदेखि अनुमति नै नलिई ल्याब सञ्चालन गरिरहेको पाइएपछि तत्काललाई सिल गरिएको हो ।

‘२०७४ देखि प्रमाणपत्रसमेत नवीकरण नगरेको पनि पाइयो,’ अधिकृत सापकोटाले भने, ‘उनलाई सबै कागजात दुरुस्त राख्न निर्देशन दिइएको छ । ल्याब दर्ता गरेपछि मात्र सञ्चालन गर्न निर्देशन दिइएको छ ।’

बिरामीको सामान्य स्वास्थ्य परीक्षणमात्र गर्ने गरेको भनेर अनुगमन टोलीलाई डा. तरफदारले ढाँट्दै फर्काउन खोजे पनि टोलीले भित्र प्रवेश गरेर निरीक्षण गर्दा मेडिकल सामग्री निर्मलीकरण गर्ने हट एअर मेसिन फेला पारेको थियो । टोलीले थप निरीक्षण गर्दा डा. तरफदारले वर्षौंदेखि गर्दै आएको गैरकानुनी कामको खुलासा भएको थियो । त्यसपछि उनीसँग अनुमतिपत्र मागिएको अधिकृत सापकोटाले बताए ।


टोलीले छाताचोक आसपासमा रहेका गीता राईको गार्जियन डाइग्नोस्टिक सेन्टर, सोहन झाको मोर्डन डाइग्नोस्टिक सेन्टर, बलराम विकको धरान मेडिकल, काजी गुरुङको नेसनल डाइग्नोस्टिक सेन्टर, लालुप्रसाद यादवको सुनसरी पोलोक्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टर, सुरेशकुमार यादवको अनिता फार्मेसीलाई पनि कारबाही गरेको छ ।

बिरामी उपचारको नाममा दर्ता नगरी ल्याब र एक्सरे राखेर चर्को शुल्क लिने सबै व्यापारिक स्वास्थ्य मेडिकल हल, पोलिक्लिनिक, डाइग्नोस्टिक सेन्टरलाई तोकिएको मापदण्ड पूरा गरेर मात्र सञ्चालन गर्न निर्देशन दिएको छ । राजस्व अनुसन्धान कार्यालयले पनि कर ऐनको दफा ११९ अनुसार ती सबैलाई कारबाहीस्वरुप जरिवाना गरेको छ ।

धरानस्थित राजस्व कार्यालयका अनुसार कागजपत्रसमेत जफत गरी थप अनुसन्धान भइरहेको छ । ‘धरानका नाम चलेका डाक्टर र स्वास्थ्य संस्थाहरूले समेत अनुमति नलिई सेवा सञ्चालन गरिरहेकोमा चकित छौं,’ एक अधिकृतले भने, ‘धरानका पुराना र कहलिएका डा. तरफदारजस्ता व्यक्तिले अरुका लागि उदाहरण बन्नुपर्नेमा कर छल्नकै लागि कानुन मिचेको देखियो ।’ टोलीमा धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा, इलाका प्रहरी कार्यालय, नगर प्रहरी, इलाका प्रशासन र राजस्व कार्यालय, उद्योग वाणिज्य संघका प्रतिनिधिहरू थिए ।

उपमहानगरले बजार अनुगमन गरेपछि ल्याब सिल गरिदिएको बारेमा मोर्डन डाइग्नोस्टिक सेन्टरका सञ्चालक सोहन झाले असन्तुष्टि जनाए । उनका अनुसार चार वर्षदेखि स्थानीय तहमा दर्ता बन्द छ । ‘स्पष्ट कानुन अझै नबनेकाले वडामा दर्ता गरेर सञ्चालन गरेको अवस्थामा उपमहानगरले अनुगमन गरेर अलमलमा पार्‍यो,’ झाले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जापानिज इन्सेफ्लाइटिसबाट मुलुकभर १४ जनाको ज्यान गएको छ। इन्सेफ्लाइटिसबाट हुने मृत्युदर २२ दशमलव ९५ प्रतिशत छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, शंकास्पद बिरामीबाट संकलन गरिएका ६ सय ९५ नमुनामध्ये ६१ वटामा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएको छ। प्रयोगशालामा पुष्टि भएका केसहरूमध्ये १४ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा कैलाली, कपिलवस्तु, पाल्पा, चितवन, सिन्धुली, ...
। यस वर्षको मनसुन सुरु भएयता जापानी इन्सेफ्लाइटिस (जेइ) को संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार १५ साउन यता जापानी इन्सेफ्लाइटिस संक्रमितको संख्या ५३ पुगेको हो । गत वर्षको तुलनामा यस वर्ष मृत्यु संख्या बढेको देखिएको छ । गत वर्ष जापानी इन्सेफ्लाइटिस संक्रमणबाट ६ जनाको मृत्यु ...
। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी कानुन संशोधन गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग राय माग गरेको छ । अस्पतालमा उपचारका सिलसिलामा चिकित्सकमाथि हुने आक्रमण नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयले कानुन संशोधनका लागि कानुन मन्त्रालयसँग राय माग गरेको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताए । चिकित्सकहरूले उपचारकै क्रममा बेलाबखत आफूमाथि आक्रमण तथा धम्की आउने गरेको भन्दै सुरक्षा ...
: वीरगन्जको नारायणी अस्पतालमा क्यान्सर रोगको उपचार सेवा सुरु भएको छ। मधेश प्रदेशमै पहिलो पटक वीरगन्जको नारायणी अस्पतालमा भक्तपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा क्यान्सर रोगको उपचार सेवा मंगलबारदेखि सुरु गरिएको हो। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नारायणी अस्पतालमा क्यान्सर उपचार सेवा र उक्त उपचार हुने अंकोलेजी वार्डको शुभारम्भ गरे। त्यसपछि आयोजित समारोहमा नारायणी ...
। निजी मेडिकल कलेजहरुले चिकित्साशास्त्रको स्नातकोत्तर तह (पीजी) पढाउन अस्वीकार गरेका छन् । चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पीजी) अन्तर्गतको एमडी, एमएस र एमडीएसका लागि सिट संख्या माग गर्न निजी मेडिकल कलेजहरुलाई शुक्रबारसम्म समय दिएको थियो । पीजीका लागि मेडिकल कलेज तथा प्रतिष्ठानहरुले स्वमूल्यांकन गरी आफ्ना संस्थामा कुन विषयमा कति सिट आवश्यक छ भनेर माग दाबी गर्दै ...