वीरगञ्ज नाकाबाट पेट्रोलियम गाडीको आयात घट्दा विद्युतीय दोब्बर बढे
वीरगञ्ज नाकाबाट पेट्रोलियम गाडीको आयात घट्दा विद्युतीय दोब्बर बढे

— मुलुककै प्रमुख नाका वीरगञ्जबाट विद्युतीय सवारी साधनको आयात दोब्बरले बढेको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा गत आर्थिक वर्ष २०७९/८० मा विद्युतीय जिप, कार, भ्यानको आयात दोब्बरभन्दा बढी अर्थात् १२७ प्रतिशतले बढेको भन्सार कार्यालयको तथ्यांकले देखाएको छ ।
२०७८/७९ मा यो नाका हुँदै ६० करोड ४३ लाख रुपैयाँ बराबरको १५९ वटा विद्युतिय जिप, कार, भ्यान आयात भएकोमा गत आवमा १ अर्ब ३९ करोड रुपैयाँ बराबरको ३६१ वटा आयात भएको छ ।

तुलनात्मक रुपमा पेट्रोलियम सवारी साधनको आयात भने गत वर्ष घटेको छ । आर्थिक वर्ष २०७८/७९ मा यो नाका हुँदै ७ अर्ब २७ करोड ५७ लाख रुपैयाँ बराबरको ५ हजार ६ सय ७४ पेट्रोलियम जीप, कार, भ्यान आयात भएकोमा आर्थिक वर्ष २०७९/८० मा जम्मा १ अर्ब ६८ करोड रुपैयाँ बराबरको १ हजार १ सय १० वटा मात्र आयात भएका छन् ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत रामचन्द्र ढकालले उपभोक्तामा विद्युतीय सवारी साधनको आकर्षण बढ्दै गएकाले यसको आयात पनि बढ्दो क्रममा रहेको बताए । ‘विद्युतीय सवारी साधनको आकर्षण बर्सेनि बढ्दो क्रममा छ,’ उनले भने, ‘यो निरन्तर जारी नै रहने देखिन्छ ।’ पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको आयात घटनुमा भने आर्थिक मन्दी नै मुख्य कारण रहेको ढकाल बताउँछन् । त्यस्तै सरकारले गत आर्थिक वर्षको केही महिना आयातमा प्रतिबन्ध लगाएकाले पनि आयात घटेको उनले बताए । निजी प्रयोजनका सवारीसाधन मात्रै नभई अन्य सवारीसाधनको आयात पनि गत आर्थिक वर्षमा घटेको छ ।

२०७८/७९ मा १ अर्ब ५६ करोड रुपैयाँ बराबरको ९ सय ५६ डबल क्याब पिकअप गाडी आयात भएकोमा २०७९/८० मा ४१ प्रतिशतले गिरावट आई ८६ करोड ३१ लाख रुपैयाँ बराबरको ५ सय २८ आयात भएका छन् । २०७८/७९ मा यो नाका हुँदै २ अर्ब २४ करोड रुपैयाँ बराबरको २५ हजार २ सय ४८ वटा ‘अनएसेम्बल्ड’ मोटरसाइकल आयात भएकोमा गत आर्थिक वर्षमा १ अर्ब ८५ करोड रुपैयाँ बराबरको १८ हजार ८ सय ३३ वटा आयात भएको छ । यो सवारीको आयात करिब २८ प्रतिशतले घटेको छ ।

२०७८/७९ मा २ अर्ब ६३ करोड रुपैयाँ बराबरको १ हजार २ सय ८७ वटा बस ट्रकका चेसिस यो नाकाबाट आयात भएकोमा गत आर्थिक वर्ष १ अर्ब ३३ करोड रुपैयाँ बराबरको ७ सय ३६ वटा बस ट्रकका चेसिस आयात भएका छन् । यो सवारीको आयात करीब ४७ प्रतिशतले घटेको छ ।

२०७८/७९ मा ४ अर्ब १० करोड रुपैयाँ बराबरको ४५ हजार १ सय ६२ वटा तयारी मोटरसाइकल आयात भएकोमा गत आर्थिक वर्ष ७१ करोड ६३ लाख रुपैयाँ बराबरको ७ हजार ४ सय ९५ वटा तयारी मोटरसाइकल आयात भएको छ । यो सवारीको आयात करिब ८४ प्रतिशतले घटेको छ ।

समग्रमै सवारी साधनको आयातनै घटेपछि वीरगन्ज भन्सार कार्यालयले वार्षिक रुपमा संकलन गर्दै आएको राजश्वमा सवारी साधनबाट हुने राजश्वको योगदान पनि व्यापक रुपमा घटेको छ । गत आवमा यो भन्सारले संकलन गरेको कुल राजश्वमा सवारी साधन आयातबाट संकलित राजश्वको योगदान ७ दशमलव ४७ प्रतिशत मात्र रहेको छ । अघिल्ला वर्षहरुमा योगदान २५–३० प्रतिशतसम्म रहँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र ...
। दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र ...
। चेक अनादर मुद्दामा दुई वर्षसम्म कैद सजाय गर्ने कानुनी व्यवस्था गर्न सांसदहरु सहमत भएका छन् । बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि अर्थ समितिमा आइतबार भएको दफाबार छलफलमा चेक अनादर मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय गर्ने व्यवस्था राख्ने सहमति भएको हो । समिति सभापति सन्तोष चालिसेले चेक अनादर ...
। कोरोनाकालदेखि थुप्रिएका खाली कन्टेनरका कारण वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनमा समस्या आएको छ । थुप्रिएका कन्टेनरमध्ये अधिकांश कन्टेनर कर्पोरेसन अफ इन्डिया लिमिटेडका रहेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जानकारी गराएको छ । समितिले यी कन्टेनर फिर्ता लगेर बन्दरगाह व्यवस्थापनमा सहयोग गर्न भारतीय पक्षसँग आग्रह गरेको छ । सोमबार समिति र लिमिटेडका अधिकारीहरूबीचमा वीरगञ्ज सुक्खा बन्दरगाह व्यवस्थित रूपमा कार्गो ...
। बर्दघाट सुस्ता पश्चिमका किसानले लगाएका केराका बोटमा फलेकसीकाटोका रोगको संक्रमण देखिएपछि किसान चिन्तित बनेका छन् । फलेकसीकाटोकाको संक्रमणका कारण केराका बिरुवा र पात सुक्दै जाने, फलेका फल पाकेको जस्तो पहेँलो देखिने र विस्तारै सुकेर भुइँमा खस्ने समस्या देखिन थालेको नवलपरासी केरा उत्पादन सङ्घका अध्यक्ष लख्खु यादवले बताए । जिल्लाको सुस्ता र प्रतापपुरमा करिब एक हजार छ ...