एन्फा विशेष साधारण सभा भदौ २४ मा
एन्फा विशेष साधारण सभा भदौ २४ मा

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) ले विशेष साधारणसभा आगामी भदौ २४ गते गर्ने भएको छ। शुक्रबार राति सम्पन्न कार्यसमिति बैठकले संघको विशेष साधारणसभा भदौ २४ मा गर्ने निर्णय गरेको हो। यस्तै संघको नियमित साधारणसभा भने असोज २९ गते गर्ने निर्णय गरेको छ।

पंकजविक्रम नेम्वाङको अध्यक्षतामा बसेको बैठकले राष्ट्रिय टोलीमा रहँदा घाइते भएका खेलाडीको सम्पूर्ण खर्च संघले नै बेहोर्ने र राष्ट्रिय टोलीका महिला तथा पुरुषको समान पुरस्कार दिने विषयमा पनि अध्ययन गर्न सचिवालयलाई जिम्मेवारी दिने निर्णय गरेको छ। महिला प्रशिक्षक तथा रेफ्रीको संख्या बढाउन आवश्यक रणनीति बनाउने निर्णय पनि बैठकले गरेको छ।

यसैगरी विधान संशोधनसँगै कर्मचारीको सेवा सुविधा, खरिद र मूल्यांकनका लागि विभिन्न समिति गठन गर्ने निर्णय पनि बैठकले गरेको छ। तीन स्थानमा महिला एकेडेमी सञ्चालनका लागि अर्को कार्यसमितिमा बजेट र कार्यक्रम पेश गर्ने निर्णय गर्दै महिला राष्ट्रिय टोलीको नकआउट प्रतियोगिता आयोजना गर्न सचिवालयलाई जिम्मा दिएको छ। बैठकले खेलाडीको बाँकी रहेका पुराना पुरस्कार क्रमिक रुपमा वितरण गर्दै लैजाने निर्णय पनि गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...
। संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन् । एक मिनेट ...
– गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक ...
– नेपालका युवा अलराउण्डर गुलशन झाले आईसीसी विश्वकप लिग-२ मा ओमानसँग हारका बाबजुद प्लेयर अफ द म्याच अवार्ड पाएका छन् । नेपाल १ विकेटले पराजित भएपनि आक्रामक अर्धशतक प्रहार गरेका गुलशनले ५ विकेट लिदै खेललाई रोमान्चक बनाएका थिए । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । गुलशनले १० ओभरमा २ ...