पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट लिए सन्यास
पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट लिए सन्यास

काठमाडौं : राष्ट्रिय क्रिकेट टोलीका सदस्य एवं पूर्व कप्तान ज्ञानेन्द्र मल्लले सन्यासको घोषणा गरेका छन्। काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका हुन्।

उनले यससँगै आफ्नो फरक यात्राको आरम्भ भएको बताए। 'क्रिकेटमा कुनै बेला मैले पनि कसैलाई रिप्लेस गरेको थिएँ होला। यो मेरो समय हो। त्यसैले अन्तर्राष्ट्रिय क्रिकेटको यात्रालाई बिराम लगाउने र एउटा फरक यात्रा आरम्भ गर्ने निर्णय गरेको छु,' उनले भने।

उनले प्याराफिटबाट जितको लागि प्रेरणा दिइने दर्शक र परिवारप्रति आभार प्रकट गरे। उनले यो समय विदाई नभएर नयाँ यात्राको अध्याय भएको प्रस्ट्याए।

'कुनै विवाद वा कारणले सन्यास लिएको होइन। सायद यो सही समय हो। त्यसैले मैले सन्यास लिएँ। म आजकै दिनदेखि सन्यास लिएको हुँ,' उनले भने।
उनले पूर्व कप्तान पारस खड्कालाई पनि स्मरण गरे। 'कुनै बेला पारस खड्का र मेरो जोडीको चर्चा हुन्थ्यो। म पारसजीलाई पनि धन्यवाद दिन चाहन्छु,' उनले भने।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...
। संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन् । एक मिनेट ...
– गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक ...
– नेपालका युवा अलराउण्डर गुलशन झाले आईसीसी विश्वकप लिग-२ मा ओमानसँग हारका बाबजुद प्लेयर अफ द म्याच अवार्ड पाएका छन् । नेपाल १ विकेटले पराजित भएपनि आक्रामक अर्धशतक प्रहार गरेका गुलशनले ५ विकेट लिदै खेललाई रोमान्चक बनाएका थिए । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । गुलशनले १० ओभरमा २ ...