मोरक्को विश्वकपको अन्तिम १६ मा, जर्मनी बाहिरियो
मोरक्को विश्वकपको अन्तिम १६ मा, जर्मनी बाहिरियो

: कोलम्बियाविरुद्ध लिग चरणको अन्तिम खेलमा १–० गोलको जित निकालेसँगै मोरक्को अस्ट्रेलिया र न्युजिल्यान्डमा जारी फिफा महिला विश्वकपको अन्तिम १६ मा पुगेको छ।

अस्ट्रेलियाको पर्थमा बिहीबार भएको समूह ‘एच’को अन्तिम चरणको खेलमा दक्षिण कोरियासँग जर्मनी १–१ गोलको बराबरीमा अल्झिएसँगै मोरक्को नक आउट चरणमा पुगेको हो।

मोरक्कोका लागि अनिसा लमारीले ४५औं मिनेटमा गरेको एक मात्र गोल जितका लागि पर्याप्त बन्यो। प्रतिस्पर्धात्मक खेलमा बाहुल्य बनाए पनि कोलम्बियाले गोल फर्काउन सकेन।

आजै भएको सोही समूहको अर्को खेलमा अंक बाँडेका दक्षिण कोरिया र जर्मनी समूह चरणबाटै बाहिरिएका छन्। सुरुआती दुई खेलबाट तीन अंक मात्रै जोडेको जर्मनी आजको बराबरीसहित तेस्रो स्थानमा सीमित रह्यो। यस्तै, दुई खेलमा पराजित दक्षिण कोरियाले समूह चरणमा एक अंक मात्रै जोड्न सक्यो।

समूह चरणका खेल सकिएसँगै अन्तिम १६ मा पुगेका सबै टिमको टुङ्गो लागेको छ। समूह एबाट स्वीट्जरल्यान्ड र नर्वे अर्को चरणमा पुग्दा अस्ट्रेलिया र नाइजेरियाले समूह बीबाट स्थान बनाएका छन्।

समूह सीबाट स्पेन र जापान तथा समूह डीबाट इङ्ल्यान्ड र डेनमार्कले पनि प्रि–क्वार्टरफाइनल यात्रा तय गरे। समूह ईबाट नेदरल्यान्ड्स र साविक विजेता अमेरिका, एफबाट फ्रान्स र जमैका तथा जीबाट स्वीडेन र दक्षिण अफ्रिकाले नकआउटमा स्थान बनाए।

नक आउट चरण अगस्ट ५ देखि सुरु हुनेछ। जुलाई २० मा न्युजिल्यान्डमा उद्घाटन भएको विश्वकपको समापन तथा फाइनल अगस्ट २० मा अस्ट्रेलियाको सिड्नीमा हुनेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...
। संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन् । एक मिनेट ...
– गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक ...
– नेपालका युवा अलराउण्डर गुलशन झाले आईसीसी विश्वकप लिग-२ मा ओमानसँग हारका बाबजुद प्लेयर अफ द म्याच अवार्ड पाएका छन् । नेपाल १ विकेटले पराजित भएपनि आक्रामक अर्धशतक प्रहार गरेका गुलशनले ५ विकेट लिदै खेललाई रोमान्चक बनाएका थिए । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । गुलशनले १० ओभरमा २ ...