मुख्य समाचार
सिटीलाई हराउँदै आर्सनलले जित्यो एफए कम्युनिटी शिल्ड
सिटीलाई हराउँदै आर्सनलले जित्यो एफए कम्युनिटी शिल्ड

। म्यानचेस्टर सिटीलाई टाईब्रेकरमा ४-१ ले पराजित गर्दै आर्सनलले एफए कम्युनिटी शिल्डको उपाधि जितेको छ ।

उपाधिका लागि आर्सनलका गोलरक्षक आरोन राम्सडेल नायक बने। यस जितसँगै आर्सनलले सिजनको सुखद सुरुवात गरेको छ ।

सिटीका लागि भने यो खेल बिर्सन लायक बन्यो ।६४औं मिनेटमा हालान्डलाई प्रतिस्थापन गर्दै मैदान छिरेका युवा खेलाडी कोल पाल्मरका लागि व्यक्तिगत सफलता मिले पनि टिको पक्षमा नतिजा आएन ।

निर्धारित समयमा १-१ बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

कोल पाल्मरले खेलको दोस्रो हाफको ७७ ‍औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। निर्धारित ९० मिनेटसम्म खेल सिटीको पक्षमा थियो । इन्जुरी समयको ११औं मिनेटमा लिआन्द्रो ट्रोसर्डले गोल गर्दै खेललाई टाइब्रेकरमा पुर्‍याए ।

८ मिनेटको इन्जुरी समयमा पनि खेलाडी घाइते हुँदा खेलको इन्जुरी समय ११ मिनेटसम्म लम्ब्याइएको थियो । जसको फाइदा आर्सनलले उठायो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— काठमान्डु गुर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) का लागि इंग्लिस क्रिकेटर ड्यान डौथवेटलाई अनुबन्ध गरेको छ । इंग्लिस क्रिकेटका अनुभवी डौथवेटले मंसिर १५ देखि हुने एनपीएलमा काठमान्डु गोर्खाजको प्रतिनिधित्व गर्ने भएका छन् । २७ वर्षे मिडियम पेस अलराउन्डर डौथवेटले कार्डिफ मेरिलेबोन क्रिकेट क्लबबाट सन् २०१९ मा प्रथम श्रेणीमा ‘डेब्यू’ गरेका थिए । पछिल्लो समय उनले ...
— म्यानचेस्टर युनाइटेडले बिहीबार यो सिजनको पहिलो युरोपा लिग जित हात पारेको छ । उसले ओल्ड ट्रायफोर्डमा भएको खेलमा ग्रिक च्याम्पियन पीएओकेलाई २–० ले हराएको हो । यो जितमा एमड डिएलोले दोस्रो हाफमा दुई गोल गरे । युनाइटेडमा नयाँ प्रशिक्षकका रूपमा रुबेन एमोरिन भित्रिनु अगाडि यो प्रभावशाली जित हात परेको हो । अर्को इंग्लिस प्रिमियर लिग क्लब ...
— नेपाल प्रिमियर लिग (एनपीएल) कै महँगो टिम पोखरा एभेन्जर्सले पोखरावासीको समर्थन जुटाउन बिहीबार आयोजना गरेको र्‍यालीमा दक्षिण अफ्रिकाका लिजेन्ड क्रिकेटर जोन्टी रोड्स सहभागी भए । टिमको मेन्टरका रूपमा आएका उनी क्रिकेटप्रति पोखरावासीको लगाव देखेर उत्साही भए । पोखराको एक चक्कर लगाएर उनले रंगशालास्थित क्रिकेट मैदानको पनि अवलोकन गरे । उनले भारतको धर्मशालामा रहेको रंगशालालाई उत्कृष्ट भनिए पनि पोखरा ...
— पेरिस सेन्ट जर्मेन (पीएसजी) का कप्तान मारक्विन्होलाई लाग्छ, टिममा दक्षता भन्ने नै छैन, न त काम ठीकले गर्ने सोच । बुधबारको खेलमा एट्लेटिको म्याड्रिडको हातबाट २–१ ले पराजित भएपछि कप्तान निराशमात्रै भएनन्, उनले टिमकै चर्को आलोचना गरे । प्रतियोगिता सुरु हुनुअघि फेरि एकपल्ट पीएसजीको लक्ष्य उपाधि जित्ने नै थियो । तर चार खेलको समाप्तिमा फ्रान्सेली च्याम्पियन ३६ टिममध्ये ...
। नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत क्यानडा र अमेरिका भ्रमण बिर्सनलायक रहेको बताएका छन् । क्यानडा र अमेरिकामा लिग टु सिरिज खेलेर बिहीबार बिहान स्वदेश फर्किएपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा कप्तान रोहितले यस पटक ठूलो मौका गुमाएको र आगामी खेलहरु चुनौतीपूर्ण हुने बताए । ‘जुन उद्देश्य लिएर क्यानडा र अमेरिका गएका थियौँ, ...