मिडल्यान्ड वारियर्स ब्रिटिस–नेप्लिज च्याम्पियन
मिडल्यान्ड वारियर्स ब्रिटिस–नेप्लिज च्याम्पियन

— मिडल्यान्ड वारियर्सले दोस्रो ब्रिटिस नेप्लिज प्रिमियर लिग (बिएनपीएल) क्रिकेट प्रतियोगिता जितेको छ । लन्डन साउथलस्थित ‘लन्डन टाईगर स्पोर्ट भेन्यू’ मा आयोजित प्रतियोगिता विजेता मिडल्यान्डले २५ सय ५० पाउन्डसहित सिल्ड जितेको हो ।

यो पुरस्कार बेलायतको नेपाली समुदायमा सबैभन्दा बढी हो । प्रतियोगितामा गोर्खा क्रिकेट क्लब उपविजेता भयो । टिमले एक हजार पाउन्ड र ट्रफी जितेको छ ।

विजयी खेलाडीलाई इलिङ तथा साउथहल सांसद वीरेन्द्र शर्मा, लन्डनस्थित नेपाली दूतावासकी नियोग उपप्रमुख रोशन खनाल र नेपाली क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे । विजेताको पुरस्कार द रवि फाउन्डेशनका संस्थापक रवीन्द्रजंग लामिछाने र उपविजेता पुरस्कार प्रायोजक माया सपोर्टेड लिभिङकी सत्या विष्टले हस्तान्तरण गरे ।

प्रतियोगितामा खुकुरी क्रिकेट क्लब, एडिनबरा फायरबल, लन्डन सुपर स्पोर्टस, नयाँ युवा क्रिकेट क्लब, गोर्खा क्रिकेट क्लब र मिडल्यान्ड वारियर्स गरी ६ टिमले प्रतिस्पर्धा गरेका थिए । सुपर एट (८ ओभर) संरचनाको खेलमा प्रति टिम ८ खेलाडी थिए ।


खेलमा प्रमुख आकर्षणमा राष्ट्रिय टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल रहे । प्रतियोगिताकै लागि उनी विशेष अतिथिका रूपमा लन्डन आएका हुन् । अन्तर्राष्ट्रिय खेलजीवनबाट संन्यास लिएको भोलिपल्ट लन्डन आइपुगेका ज्ञानेन्द्र विन्दास देखिन्थे ।

लिगका मुख्य आयोजक केटीएम ट्राभल एन्ड टुर्सका अपरेसन डाइरेक्टर सुनील थापाले प्रतियोगिता सफल बनाउन सहयोग गर्नेप्रति आभार जनाए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...
। संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन् । एक मिनेट ...
– गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक ...
– नेपालका युवा अलराउण्डर गुलशन झाले आईसीसी विश्वकप लिग-२ मा ओमानसँग हारका बाबजुद प्लेयर अफ द म्याच अवार्ड पाएका छन् । नेपाल १ विकेटले पराजित भएपनि आक्रामक अर्धशतक प्रहार गरेका गुलशनले ५ विकेट लिदै खेललाई रोमान्चक बनाएका थिए । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । गुलशनले १० ओभरमा २ ...