अस्ट्रेलियाको प्रतिद्वन्द्वी फ्रान्स
अस्ट्रेलियाको प्रतिद्वन्द्वी फ्रान्स

— फ्रान्सले महिला विश्वकप फुटबलमा मंगलबार प्रभावशाली जित निकालेपछि क्वाटरफाइनलमा सहआयोजक अस्ट्रेलिया प्रतिद्वन्द्वी पाएको छ ।

कोलम्बिया पनि अन्तिम आठमा पुगेको छ । टोलीले इंग्ल्यान्डको सामना गर्नेछ । आक्रामक मनसायमा देखिएको फ्रान्सले पहिलो हाफमा आठ मिनेट अन्तरमा तीन गोल गरेको थियो । त्यसकै मदतमा फ्रान्सले मोरक्कोलाई ४–० ले हराएको हो । यही क्रूर हारसँगै विश्वकपमा मोरक्कोको स्वप्निल यात्रामा पूर्णविराम लागेको छ ।


फ्रान्सका लागि अनुभवी स्ट्राइकर युजेनी ले सोमरले दुई गोल गरिन् । यो गोल प्रत्येक हाफमा सम्भव भएको थियो । त्यसबाहेक एडिलेडमा भएको खेलमा काडिडिटोउ डियानी र केन्जा डालीले गोल गरेका थिए ।

यससँगै हार्भे रेनार्डको टिमले शनिबार ब्रिसवेनमा हुने खेलमा अस्ट्रेलियाको सामना गर्ने रोमाञ्चक खेलको समीकरण बनेको हो । रेनार्डले खेलपछि भने, ‘हामीले आफ्नो उद्देश्यअनुसार खेल्यौं । प्रत्येक जित अझ राम्रो होस् भन्ने इच्छा त हुन्छ, तर यो नतिजा पनि ठीकै हो ।’

सन् २०१९ को विश्वकपमा फ्रान्स आयोजकका रूपमा क्वाटरफाइनलबाटै बाहिरिएको थियो । त्यतिबेला च्याम्पियन निस्केको अमेरिकाले फ्रान्सलाई हराएको थियो । यसपल्ट फ्रान्सले अस्ट्रेलियालाई हराउन सके सेमिफाइनल प्रवेशका रूपमा विश्वकपमा अहिलेसम्मकै सबैभन्दा राम्रो प्रदर्शनको बराबरी हुनेछ ।


सन् २०११ मा पनि फ्रान्स अन्तिम चारसम्म पुगेको थियो । रेनार्डले थपे, ‘अबको खेलमा चार वर्षअगाडिको प्रदर्शन जत्तिकै खेल्नु छ, तर हामी सन् २०११ मा भन्दा राम्रो गर्न चाहन्छौं ।’

अस्ट्रेलियालाई चर्को देखिएका उसकै समर्थक अगाडि खेल्न सजिलो हुने वा नहुने प्रश्नमा प्रशिक्षक रेनार्डले भने, ‘हामी यस्तो खेल खेल्न सक्षम छौं । पक्कै पनि यो खेल सजिलो हुने छैन । खासमा दुवै टिमलाई यो खेल सहज हुने छैन ।’

फ्रान्समाथि यसपल्ट उपाधि जित्ने दबाब छ, तर मोरक्कोका लागि यस विश्वकपमा प्रवेश पाउनु मात्र होइन, नकआउट चरण पुग्नु नै ठूलो उपलब्धि रहेको छ । जर्मनीविरुद्धको पहिलो खेल ६–० ले गुमाएर पनि मोरक्कोले उत्कृष्ट प्रदर्शन गरेको थियो । यसैक्रममा मोरक्कोले कोलम्बिया र दक्षिण अफ्रिकालाई पराजित गरेर नकआउट चरणको यात्रा तय गरेको थियो ।

मंगलबारै अर्को खेलमा कोलम्बियाले महिला विश्वकपमा पहिलो पटक क्वाटरफाइनल यात्रा निश्चित गर्‍यो । यसका लागि टोलीले जमैकालाई १–० ले हरायो । अब कोलम्बियाले इंग्ल्यान्डको सामना गर्नेछ । कप्तान क्याटलिन उस्मेले खेलको एकमात्र गोल गरिन् । त्यो ५१ औं मिनेटमा सम्भव भएको हो । उस्मेको गोल आफैंमा उत्कृष्ट र दर्शनीय रह्यो ।

जमैकाले यसपल्टको प्रतियोगितामा गोल खाएको नै यो पहिलो हो । टोलीका लागि यसपल्टको विश्वकप उत्तिकै सुखद रह्यो । पानामामाथि विश्वकप इतिहासकै आफ्नो पहिलो जित निकालेयता जमैकाले ब्राजिल र फ्रान्सजस्ता शक्तिशाली टिमलाई गोलरहित बराबरीमा रोकेको थियो । जमैकाका खेलाडीले आफ्नो फुटबल संघसँगको झगडाका बावजुत पनि यति राम्रो खेलेको हो । कोलम्बिया र युरोपेली च्याम्पियन इंग्ल्यान्डबीचको खेल अब शनिबार सिड्नीमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...
। संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन् । एक मिनेट ...
– गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक ...
– नेपालका युवा अलराउण्डर गुलशन झाले आईसीसी विश्वकप लिग-२ मा ओमानसँग हारका बाबजुद प्लेयर अफ द म्याच अवार्ड पाएका छन् । नेपाल १ विकेटले पराजित भएपनि आक्रामक अर्धशतक प्रहार गरेका गुलशनले ५ विकेट लिदै खेललाई रोमान्चक बनाएका थिए । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । गुलशनले १० ओभरमा २ ...