— भारतले तेस्रो ट्वान्टी ट्वान्टीमा मंगलबार वेस्ट इन्डिजलाई सात विकेटले पराजित गरेको छ । यससँगै पाँच खेलको सिरिज २–१ को रोमाञ्चक मोडमा पुगेको छ । सिरिजमा चुनौती कायम राख्न भारतलाई यो खेल जित्न आवश्यक थियो ।
पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले पाँच विकेटमा १ सय ५९ रनको स्कोर मात्र खडा गरेपछि भारतको जित आधार तयार भएको हो । त्यसमा ब्रान्डन किङ्गले ४२ र रोभमन पावेलले ४० रनबनाए ।
जवाफमा भारतले १७.५ ओभरमा तीन विकेट गुमाएर १ सय ६४ रन बनायो ।त्यसमा सूर्यकुमार यादवले ४४ बलमा ८३ रनको उत्कृष्ट इनिङ्स खेले । उनले १०चौका र चार छक्का प्रहार गरे । उनी नै ‘प्लेयर अफ द म्याच’ भए ।