खानको राजनीतिक भविष्य संकटमा
खानको राजनीतिक भविष्य संकटमा

— केही महिनाभित्रै दोस्रो पटक पक्राउ परेका पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा तेहरिक–ए–इन्साफ (पीटीआई) पार्टीका प्रमुख इमरान खान भ्रष्टाचार मुद्दामा तीन वर्ष कैद पाएपछि जेलमा छन् । सरकारमा हुँदा उपहार बिक्री गर्दा पाएको रकमबारे जानकारी नगराएको ‘तोषाखाना मामिला’मा उनलाई इस्लामाबाद जिल्ला अदालतले कैद सजाय र जरिवानाको फैसला सुनाएको हो ।


खानलाई यसअघि गत मे ९ मा पनि अर्कै भ्रष्टाचार मुद्दामा पक्राउ गरिएको थियो । त्यतिबेला पाकिस्तानी सरकार र सेनाविरुद्ध देशभर प्रदर्शन भएको थियो । पाकिस्तानी सेनाको मुख्यालयसहित विभिन्न ठाउँमा खानका कार्यकर्ताले आक्रमण गरेका थिए । सरकारलाई प्रदर्शन रोक्न हम्मेहम्मे परेको थियो । केही दिनमै अदालतको आदेशपछि खान रिहा भएका थिए । गत शनिबार लाहोरस्थित निवासबाट दोस्रो पटक पक्राउ पर्नुअघि उनले आफ्नो पक्राउको विषयमा चुप नबस्न सर्वसाधारणलाई अपिल गर्दै भिडियो सन्देश सार्वजनिक गरेका थिए । ‘तपाईं चुप बस्नु हुँदैन । आफ्नो हक नमिलेसम्म लड्नुपर्छ र मतको माध्यमबाट यो लडाइँ गर्नुपर्छ,’ उनले भनेका थिए ।

तर, यस पटक खान पक्राउ परेपछिको पाकिस्तानको माहोल फरक छ । अघिल्लो पटक सडक प्रदर्शन, भवनमा तोडफोड र आगलागीका कारण प्रदर्शन रोक्न सेना सडकमा आउनुपरेको थियो । तर, यस पटक त्यस्तो अवस्था छैन । यो अवस्थाबाट सर्वसाधारणले खानलाई अनुशरण गर्न नचाहेको पुष्टि हुने पाकिस्तानी सरकारका मन्त्रीहरूको भनाइ छ । तर, अघिल्लो पटकको प्रदर्शनबाट सरकारले सुरक्षा व्यवस्था कडा पारेपछि खान समर्थक डराएको बीबीसीले उल्लेख गरेको छ । अर्कोतर्फ खानको सजायबारे माथिल्ला अदालतबाट पनि यही फैसला सदर भएमा उनी आगामी ५ वर्षका लागि चुनाव लड्न अयोग्य साबित हुनेछन् । त्यसो भएमा खानको राजनीतिक भविष्य अन्त्यको संघारमा पुगेको एकथरी विश्लेषकहरूको भनाइ छ ।

यद्यपि, कुनै समय पाकिस्तानको क्रिकेट टिमका कप्तानसमेत रहेका ७० वर्षीय खान उत्तिकै लोकप्रिय पनि छन् । सन् १९९६ मा पीटीआई स्थापना गरेर उनी राजनीतिमा प्रवेश गरेका थिए । पीटीआईले सन् २०१८ मा ११६ सिट जितेपछि खान प्रधानमन्त्री बनेका थिए । तर, सन् २०२२ अप्रिलमा अविश्वास प्रस्तावमा हारपछि उनले सत्ता गुमाउनुपरेको थियो । यसको कारण मानिएको थियो, पाकिस्तानी सेना तथा

गुप्तचर निकायसँग उनको बिग्रँदो सम्बन्ध । त्यसयता खानले पनि पाकिस्तानी सेनाको कडा आलोचना गर्दै आएका थिए ।


प्रधानमन्त्रीबाट हटेपछि खानविरुद्ध एक सयभन्दा बढी मुद्दा दायर भएका छन् । तर, उनी विभिन्न अदालतबाट अस्थायी राहत पाउन सफल भइरहेका छन् । यसअघि पक्राउ परेर छुटेका खानलाई यसपालि पनि रिहा गर्न उनका वकिलहरूले माथिल्लो अदालतमा पुनरावेदन दायर गरिसकेका छन् । खानमाथि राजनीतिक प्रतिशोध साधिएको उनका वकिलहरूको भनाइ छ ।

खानअघि पनि पाकिस्तानका प्रमुख नेताहरू जेल परिसकेका छन् । हालका प्रधानमन्त्री नवाज शरिफ, बेनिजिर भुट्टो, सैन्य शासक परवेज मुसर्रफलगायत पछिल्लो दशकमा पक्राउ परेका नेताहरू हुन् । त्यसकारण खान पछि फेरि राजनीतिक केन्द्रमा आउन सक्ने केही विश्लेषकको भनाइ छ । तर, पाकिस्तानी सरकारले यसअघि खानलाई पक्राउ गरेका पीटीआईका नेता तथा कार्यकर्तामाथि पनि धरपकड सुरु गरेको थियो । त्यसकारण थुप्रै वरिष्ठ नेताले खानको पार्टी छोडेका थिए । पाकिस्तान सरकारले खानका सयौं कार्यकर्तालाई पक्राउ तथा उनीहरूलाई विभिन्न कसुर लगाएर थुनामा पठाएको थियो । त्यसैले खानको राजनीतिक पुनरागमन सहज नहुने विश्लेषकहरूले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे । ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना ...
। अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो । कोभिड १९ सुरुवातपछि पहिलो पटक फेडले ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ ...
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञान जगतमा जुन योगदान गरे त्यसका लागि संसार अहिलेपनि उनीप्रति कृतज्ञ छ। मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत चिन्दछ । त्यसैले यो कुरा निश्चित छ कि उनीसँग जोडिएका हरेक कुरा अमूल्य छन् । हालै भएको एउटा घटनाले अल्बर्ट आइन्स्टाइनसँग सम्बन्धित चिजहरू कति महत्वपूर्ण र ...
: अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फेरि हत्या प्रयास भएको छ। आगामी नोभेम्बर ५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प भएको स्थानमा फेरि गोली चलेको हो। ट्रम्पलाई उनको फ्लोरिडा गोल्फ क्लबमा आइतबार दोस्रो पटक हत्याको प्रयास भएको सीएनएनले जनाएको छ। हत्याको प्रयास भएको बेला ट्रम्प त्यतिबेला गल्फ खेल्दै थिए। अमेरिकी अधिकारीहरूका अनुसार पूर्व राष्ट्रपति ...
स्पेस एक्सको पोलारिस डन मिसनले नयाँ कीर्तिमान बनाएको छ । यो मिसनमार्फत् इतिहासमै पहिलोपटक पृथ्वीभन्दा ७ सय ३७ किलोमिटर माथि दुईजना आम मानिस अर्थात् गैर व्यवसायिक अन्तरिक्षयात्रीले अन्तरिक्षमा हिडेर कीर्तिमान कायम गरेका छन् । निजी अन्तरिक्ष मिसनमा रहेका यात्रीहरुले स्पेसवाक गरेको यो पहिलो पटक हो । अमेरिकाको केन्नेडी स्पेस सेन्टरबाट मंगलबार प्रक्षेपण भएको स्पेस एक्सको उक्त ...