एएफपी कप २०२३ : पुनरागमन जितले मछिन्द्र दोस्रो चरणमा
एएफपी कप २०२३ : पुनरागमन जितले मछिन्द्र दोस्रो चरणमा

— मछिन्द्रले १ गोलले पछाडि रहेको स्थिति उल्टाएर मंगलबार एएफपी कप २०२३ को प्रारम्भिक चरणमा भुटानको पारो एएफसीलाई ३-२ ले पराजित गरेको छ ।

दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले पहिलो हाफमा मीठो खेल पस्केको थियो । अब प्रारम्भिक दोस्रो चरणमा मछिन्द्रले भारतको आईएसएल क्लब मोहन बगानको सामना गर्नेछ ।

भुटानको लिग च्याम्पियन पारोले सातौं मिनेटमा अग्रता लिएको थियो । काजु होमाले मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठको कमजोरीमा गोल गरे । उसको बढ्त लामो समय भने टिकेन ।

विमल घर्तीमगरले हेडबाट १२ औं मिनेटमा बराबरी गोल फर्काए । आयुश घलानले बिमलकै पासमा सजिलै दोस्रो गोल गरे । ओलावाले अफिजले ३८ औं मिनेटमा उत्कृष्ट तेस्रो गोल गरे । पारोका लागि इभान्स एसान्टेले ७० औं मिनेटमा दोस्रो गोल फर्काए । यससँगै पारोले कडा दबाब सिर्जना गरेको थियो ।

मछिन्द्रले सहिद स्मारक लिग ए डिभिजनको दोस्रो स्थानमा रहेर एसियाली क्लबको यो प्रतियोगिता खेल्ने अवसर पाएको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...
। संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन् । एक मिनेट ...
– गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक ...
– नेपालका युवा अलराउण्डर गुलशन झाले आईसीसी विश्वकप लिग-२ मा ओमानसँग हारका बाबजुद प्लेयर अफ द म्याच अवार्ड पाएका छन् । नेपाल १ विकेटले पराजित भएपनि आक्रामक अर्धशतक प्रहार गरेका गुलशनले ५ विकेट लिदै खेललाई रोमान्चक बनाएका थिए । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । गुलशनले १० ओभरमा २ ...