इंग्ल्यान्ड र अस्ट्रेलिया सफल
इंग्ल्यान्ड र अस्ट्रेलिया सफल

— नाइजेरियाले तेर्स्याएको त्रासलाई निस्तेज पार्दै इंग्ल्यान्ड सोमबार महिला विश्वकप फुटबलको क्वाटरफाइनल पुगेको छ । लाउरेन जेम्सलाई देखाइएको रातो कार्डबाट जोगिँदै इंग्ल्यान्ड तंग्रिएको हो । टोली बल्लतल्ल टाइब्रेकरमा जित निकाल्न सफल भयो ।

अस्ट्रेलियालाई भने गाह्रो भएन । सहआयोजक पनि यही चरण पुगेको छ । युरोपेली च्याम्पियन इंग्ल्यान्डले अब कि त कोलम्बियाको सामना गर्नेछ, होइन भने जमैकाको । अन्तिम आठको यो खेल शनिबार हुनेछ । तर, त्यहाँसम्म पुग्न इंग्ल्यान्डलाई वास्तवमै गाह्रो भयो ।

ब्रिसवेनमा भएको खेलमा क्लोइ केलीले टाइब्रेकरमा निर्णायक गोल गरिन् । त्यसपछि पेनाल्टी शुटआउट इंग्ल्यान्डको पक्षमा ४–२ को रह्यो । तनावपूर्ण खेलको निर्धारित र अतिरिक्त समय गोलरहित बराबरीमा छुटेको थियो । इंग्ल्यान्डलाई ४९ हजार ४ सय ६१ हजार दर्शकअगाडि नाइजेरियाले आच्छुआच्छु पारेको थियो । पूरापूर अतिरिक्त समय एक खेलाडी कमको स्थितिमा खेल्नुपरेको थियो । नाइजेरियाकी मिचेल एलोजीमाथि टेकेपछि ८७ औं मिनेटमा जेम्सलाई मैदानबाहिर पठाइएको थियो ।

प्रशिक्षक सरिना वेगमनले खेलमा चोटमुक्त हुँदै फर्केकी केइरा वाल्सलाई स्वागत त गर्न पाइन् । तर खेलको अन्त्यमा वेगमनले मानिन्, ‘यो त साह्रै गाह्रो खेल भयो । यो खेलमा जसरी खेलाडीले खेले र अगाडि बढे, त्यसमा मलाई गर्व छ ।’ दुईपल्टको डिफेन्डिङ च्याम्पियन अमेरिका प्रतियोगिताबाट बाहिरिइसकेको स्थितिमा अब इंग्ल्यान्ड उपाधिको प्रबल दावेदारका रूपमा प्रस्तुत भएको छ । पेनाल्टीमा इंग्ल्यान्डकी जर्जिया स्टानवेको पहिलो प्रहार नै बाहिरिएको थियो ।

तर डेसायर ओपारान्जी र अलोजीले पनि पेनाल्टीमा गोल गर्न सकेनन् । यस्तोमा नाइजेरियाका सुरुआती दुवै प्रहार निरर्थक रह्यो । त्यसयता विजयी टिमका लागि बेथ इंग्ल्यान्ड, रचेल डेली र एलेक्स ग्रिनउड सबैले गोल गरेका थिए । त्यसपछि केलीको प्रहार निर्णायक साबित भयो । गत वर्षको युरोपेली च्याम्पियनसिप फाइनलमा पनि विजयी गोल गरेकी म्यानचेस्टर सिटी फरवार्डले केलीले भनिन्, ‘अभूतपूर्व जित रह्यो । जस्तै चुनौती अगाडि आए पनि त्यसलाई हामीले पन्छाउन सक्यौं ।’


उनले पेनाल्टीमा आफ्नो टिमले लगातार कडा अभ्यास गरिरहेको रहस्य पनि खुलाइन् । अर्कोतर्फ नाइजेरियाका लागि क्रूर नतिजा रह्यो । वरीयताको ४० औं स्थानमा रहेको नाइजेरियाले लिग चरणमा मात्र राम्रो गरेको थिएन, इंग्ल्यान्डलाई पनि हम्मेहम्मे पारेको थियो । पहिलो हाफमा नाइजेरियाकी एस्लेह प्लुम्प्ट्रेको प्रहार पोस्टमा लागेको थियो । संयोगले उनका जन्म इंग्ल्यान्डमै भएको थियो । उचेन्ना कानुको प्रहार पनि पोस्टमै ठोक्किएको थियो । दुःख के मात्र रहनेछ भने नाइजेरियाले यसपल्टको विश्वकपमा ४ खेल खेलेको छ, तर त्यसमध्ये ३ खेलमा गोल गर्न सकेन । त्यो इंग्ल्यान्डविरुद्ध पनि । नाइजेरियाका अमेरिकी प्रशिक्षक र्‍यान्डी वाल्ड्रमले भने, ‘हामीले खेल आफ्नो पक्षमा पार्ने केही राम्रो अवसर त पायौं, तर त्यसलाई सदुयोग गर्न सकेनौं । मलाई लाग्छ, हामीले ९० मिनेटभित्रै जित्नुपर्ने थियो । केही राम्रो मौका बने, तर प्रहार पोस्टमा लाग्यो । सायद हामी अभाग्यशाली रह्यौं ।’

प्रशिक्षक वाल्ड्रमले जितका लागि इंग्यान्डलाई श्रेय दिन भने बिर्सेनन् । उनले आफ्नो प्रतिद्वन्द्वीलाई उत्कृष्ट टिम माने । इंग्ल्यान्डले अबको आफ्नो प्रतिद्वन्द्वीबारे मंगलबार थाहा पाउनेछ । जतिबेला कोलम्बियाले यसपल्टको आश्चर्यजनक टिम जमैकाको मेलबर्नमा सामना गर्नेछ ।

अस्ट्रेलियाले भने सिड्नीमा भएको खेलमा आफ्ना ७६ हजार दर्शकसामु डेनमार्कलाई २–० ले हरायो । त्यसमा साम केर सब्स्टिच्युट खेलाडीका रूपमा मैदानमा देखा परिन् । अस्ट्रेलियाको अबको प्रतिद्वन्द्वी फ्रान्स वा मोरक्को हुनेछ । डेनमार्क पूरा खेल अवधिमा आक्रमण गर्न बिर्सेको टिमजस्तै रह्यो । घरेलु टिमले हात पारेको यस जितको सबैभन्दा ठूलो विशेषता जादुयी स्ट्राइकर तथा वास्तविक कप्तान केर मैदानमा छिर्नु रह्यो । चोटबाट गुज्रिइरहेकी यिनले यसपल्टको विश्वकप खेलेको यो पहिलोपल्ट हो । उनी खेल सकिनु १० मिनेट अगाडि मैदानमा छिरेकी थिइन् । त्यतिबेला घरेलु समर्थकको उत्साह हेरिनसक्नुभएको थियो ।

डरलाग्दो देखिएकी क्याटलिन फुर्ड (तस्बिरमा) ले २९ औं मिनेटमा पहिलो गोल गरिन् । त्यसलाई मेरी फाउलरको सिर्जना गरिदिएकी थिइन् । खेल सकिन २० मिनेटअगाडि हेली रासोले दोस्रो गोल थपेर अस्ट्रेलियालाई सुरक्षित स्थितिमा पुर्‍याइन् ।

चेल्सीकी केरले जितपछि भनिन्, ‘फेरि खेल्न पाएकीमा धन्य महसुस गरिरहेको छु । अहिले म राम्रो महसुस गरिरहेकी छु । पछिल्ला तीन सातायता पहिलोपल्ट अब म पूरा रात राम्रोसँग निदाउने छु । फेरि अस्ट्रेलियामा पनि अहिले महिला फुटबलको ज्वरो चढेको छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...
। संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन् । एक मिनेट ...
– गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक ...
– नेपालका युवा अलराउण्डर गुलशन झाले आईसीसी विश्वकप लिग-२ मा ओमानसँग हारका बाबजुद प्लेयर अफ द म्याच अवार्ड पाएका छन् । नेपाल १ विकेटले पराजित भएपनि आक्रामक अर्धशतक प्रहार गरेका गुलशनले ५ विकेट लिदै खेललाई रोमान्चक बनाएका थिए । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । गुलशनले १० ओभरमा २ ...