— अस्ट्रेलियाले सोमबार महिला विश्वकप २०२३ मा डेनमार्कलाई सजिलै २-० ले पराजित गर्दै अन्तिम आठको यात्रा निश्चित गरेको छ । सह-आयोजक रहेको अस्ट्रेलियाले खेलको प्रत्येक हाफमा एक-एक गोल गर्यो ।
स्टेडियम अस्ट्रेलियामा भएको खेलमा क्याटलिन फोर्डले २९ औं मिनेटमा पहिलो गोल गरिन् भने ७१ औं मिनेटमा हेली रासोले दोस्रो गोल थप्दै अस्ट्रेलियाको जित निश्चित गरिन् ।
डेनमार्कले खेलमा राम्रो सुरुआत गरे पनि त्यसलाई कायम राख्न सकेन । अस्ट्रेलियाले यो जितका लागि धेरै संघर्ष भने गर्नुपरेन । अब अस्ट्रेलियाले क्वाटरफाइनलमा फ्रान्स र मोरक्कोबीच हुने खेलको विजेताको सामना गर्नेछ ।