नवौं राष्ट्रिय खेलकुदमा ५३ करोड ७९ लाख खर्च
नवौं राष्ट्रिय खेलकुदमा ५३ करोड ७९ लाख खर्च

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद्ले नवौं राष्ट्रिय खेलकुद २०७९ को खर्च विवरण सार्वजनिक गरेको छ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राखेपले गण्डकी प्रदेशमा गत असोज २८ देखि कार्तिक ३ गतेसम्म आयोजना गरेको नवौं राष्ट्रिय खेलकुदको खर्च विवरण सार्वजनिक गरेको हो।

प्रतियोगितामा ५३ करोड ७९ लाख खर्च भएको राखेपले जनाएको छ। प्रतियोगिता सम्पन्न गर्न नेपाल सरकारबाट ६० करोड १० लाख र आन्तरिक आम्दानी ५१ लाख ५२ हजार सात सय गरी कूल ६० करोड ६१ लाख ५२ हजार सात सय कूल आम्दानी भएको राखेपले जनाएको छ। खर्च कटाएर जम्मा ६ करोड ८२ लाख ४८ हजार रुपैयाँ बचत भएको पनि राखेपले जनाएको छ।

पत्रकार सम्मेलनमा राखेपका सदस्य सचिव टंकलाल घिसिङले प्रतियोगिताअन्तर्गत विभिन्न शीर्षकको रकम रकमान्तर प्रक्रिया पूरा गर्न २०८० साल असार पहिलो हप्तासम्म लागेको र तत्पश्चात भुक्तानी हुँदा खर्चको एकीन विवरण तयार गरि सार्वजनिक गर्न समय लागेको बताए।

नवौं राष्ट्रिय खेलकुदमा ३४१४ जना पुरुष र २७१३ जना महिलासहित कुल ६१२७ जना खेलाडीले ३९७ स्वर्ण, ३९७ रजत र ५५३ कास्यसहित कूल १३४७ पदका लागि प्रतिस्पर्धा गरेका थिए। ११ टिमको सहभागिता रहेको नवौं राष्ट्रिय खेलकुदमा नेपाल आर्मीले प्रथम उपाधि प्राप्त गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...
। संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन् । एक मिनेट ...
– गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक ...
– नेपालका युवा अलराउण्डर गुलशन झाले आईसीसी विश्वकप लिग-२ मा ओमानसँग हारका बाबजुद प्लेयर अफ द म्याच अवार्ड पाएका छन् । नेपाल १ विकेटले पराजित भएपनि आक्रामक अर्धशतक प्रहार गरेका गुलशनले ५ विकेट लिदै खेललाई रोमान्चक बनाएका थिए । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । गुलशनले १० ओभरमा २ ...