मुख्य समाचार
उच्च गतिको एफटिटीएच इन्टरनेट सुरु
उच्च गतिको एफटिटीएच इन्टरनेट सुरु

: नेपाल टेलिकमले एक गिगवाइट पर सेकेन्ड (जिबीपीएस) अथाएत् १००० मेगावाइट पर सेकेन्ड (एमबिपीएस)सम्म उच्च गति भएको फाइभर टु होम (एफटिटिएच) इन्टरनेट सेवा प्रारम्भ गरेको छ।

यसअघि कम्पनीले १०० एमबिपीएससम्म उच्च गति भएको एफटिटीएच सेवा उपलब्ध गराइरहेकामा अब एकैपटक यति धेरै क्षमता भएको इन्टरनेट सेवा उपलब्ध गराएको हो।

हाल कम्पनीले जिपोन प्रविधिमार्फत उपलब्ध गराइरहेको एनटी फाइबर इन्टरनेटमध्ये सबैभन्दा उच्च गति सय एमबिपीएस रहेकामा अब एक्सजिपोन प्रविधिमा आधारित उच्च गतिको इन्टरनेट सेवा उपलब्ध हुने भएको प्रवक्ता शोभन अधिकारीले जानकारी दिए।

सेवा पाँच सय एमबिपीएस र एक जिबीपीएस गरी दुईवटा प्याकेजमा उलपब्ध हुनेछ। यसको डाउनस्ट्रिम क्षमता १० जिबीपीएस र अपस्ट्रिम क्षमता दुई दशमलव पाँच जिबीपीएस हुनेछ।

प्रिमियम एफटिटीएच पाँच सय एमबिपीएसअन्तर्गत नेपाल टेलिकमको नेटवर्कभित्र अनलिमिटेड कल गर्न सकिनेछ भने अन्य नेटवर्कमा प्रतिमहिना तीन सय ५० मिनेट कल गर्न सकिनेछ। यो प्याकमा शून्य दशमलव पाँच टिबी डाटा प्रतिदिन प्रयोग गर्न सकिनेछ।

प्रिमियम एफटिटीएच एक जिबीपीएसअन्तर्गत नेपाल टेलिकमको नेटवर्कभित्र अनलिमिटेड कल गर्न सकिनेछ भने अन्य नेटवर्कमा प्रतिमहिना पाँच सय मिनेट कल गर्न सकिनेछ। यो प्याकमा एक टिबी डाटा प्रतिदिन प्रयोग गर्न सकिनेछ।

दुवै प्याकेजमा एउटा आइपिटीभी, सिपीइ र सेटटप बक्स तथा तीन सय मिटर ड्रप फाइबर निःशुल्क उपलब्ध हुनेछ। पाँच सय एमबिपीएसको ‘प्रिमियम एफटिटीएच पाँच सय एमबिपीएस’ प्याकेज वार्षिक ८० हजार र एक जिबीपीएसको ‘प्रिमियम एफटिटीएच एक जिबीपीएस’ प्याकेज वार्षिक एक लाख १० हजारमा उपलब्ध हुनेछ।

यो सेवा वा अन्य एफटिटीएच सेवा प्राप्त गर्न चाहनुहुने मुलुकभरका सेवाग्राहीले १९८–१ (१९८ मा डायल गरी प्राप्त सन्देशपश्चात फेरि १ डायल गरी)मा डायल गरेर आफूलाई आवश्यक पर्ने सेवा जडान तथा मर्मतका लागि दर्ता गर्न सकिने व्यवस्था छ।

हालका लागि काठमाडौं उपत्यकामा यो सेवा उपलब्ध गराइएको छ। व्यावसायिक संस्थाहरू यो सेवा प्रयोगबाट लाभान्वित हुने नेपाल टेलिकमले अपेक्षा गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— प्रख्यात सामाजिक सञ्जाल प्लाटफर्म टिकटक अन्ततः नेपालमा आधिकारिक रूपमा सूचीकृत भएको छ । योसँगै कम्पनीले नेपालमा आफ्नो मुख्य सम्पर्क व्यक्तिसमेत तोकेको छ । टिकटकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत भएको पत्र मंगलबार बुझेको थियो । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, ०८० बमोजिम सञ्चार मन्त्रालयमा सूचीकृत हुन कम्पनीले कात्तिक पहिलो साता प्रक्रिया अघि बढाएको थियो । यो ...
। टिकटक नेपालमा आधिकारिक रुपमा दर्ता भएको छ । सरकारले राखेका सबै शर्त र नेपालका कानुनी व्यवस्था मान्न तयार भएपछि गत १९ भदौमा टिकटक माथिको प्रतिबन्ध हटेको थियो । सोही शर्तअनुसार सबै प्रक्रिया पूरा गरेर निवेदन दर्ता गरेपछि टिकटक नेपालमा दर्ता भएको हो । यसअघि भाइबर र विटक नेपालमा दर्ता भएका थिए । टिकटक नेपालमा दर्ता ...
प्रयोगकर्ताको सुरक्षा तथा गोपनीयतालाई ध्यानमा राख्दै विभिन्न नयाँ फिचर्सको घोषण गरेको छ । गुगल मेसेजका लागि निकै महत्वपूर्ण पाँचवटा फिचर्स थप गरिंदैछ । ती फिचर्सले प्रयोगकर्तालाई केवल साइबर ह्याकर तथा साइबर ठगहरुबाट मात्रै बचाउने छैनन् निर्वस्त्र तस्वीर आउँदा त्यसलाई धमिलो अर्थात् ब्लर गरिदिनेछ । गुगलले आफ्नो ब्लग पोस्टमा बताए अनुसार उसले अब प्रयोगकर्तालाई स्पाम टेक्स्ट तथा ...
। सरकारी कार्यालयको वेबसाइटमा एकरुपता कायम गर्ने निर्णय भएको छ । सोमबार सिंहदरबारमा बसेको सचिव बैठकले सरकारी कार्यालयको वेबसाइटलाई एकै खालको बनाउँदै अद्यावधिक गर्ने निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विकास गरी प्रयोगमा ल्याएको एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीलाई सबै सरकारी निकायले प्रयोग गर्ने निर्णय पनि गरेको छ । बैठकले सरकारी इमेलको प्रयोग एवं सुरक्षाका ...
कम्पनीले खाना भत्ताबापत दिएको रकम कपडा धुने डिटरजेन्ट, वाइन गिलास र डण्डिफोर उपचार प्याडको खरिदमा खर्चिने करिब दुई दर्जन कर्मचारीलाई फेसबुकको मातृ कम्पनी मेटाले बर्खास्त गरेको छ । लस एन्जल्सस्थित कार्याल्यमा कार्यरत ती कर्मचारी खाना भत्ताको रकम दुरुपयोग गरेको आरोपमा बर्खास्तीमा परेका हुन् । मेटाले आफ्ना ठूला कर्पोरेट कार्यालयमा कार्यरत कर्मचारीहरुका लागि आफ्नै भव्य क्याफेटेरियामा नि:शुल्क रुपमा ...