लामो समयसम्म बढुवा रोकिएको भन्दै आन्दोलनका कार्यक्रम घोषणा
लामो समयसम्म बढुवा रोकिएको भन्दै आन्दोलनका कार्यक्रम घोषणा

: राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा कार्यरत कर्मचारीहरूले लामो समयदेखि रोकिएको बढुवा प्रक्रिया अगाडि नबढेको भन्दै संघर्षका कार्यक्रम घोषणा गरेका छन्।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघले २७ वर्षदेखि कर्मचारीहरूको बढुवा नभएको भन्दै सम्बन्धित निकायमा जानकारी गराउँदा समेत कुनै सुनुवाइ नभएको भन्दै संघर्षका कार्यक्रम घोषणा गरेका हुन्।

उनीहरूले साउन २६ गते उपत्यकामा रहेका सबै कर्मचारीको भेला गराई कोणसभा गर्ने, साउन २८ देखि ३० गतेसम्म कालो पट्टी बाँधेर काम गर्ने, साउन ३१ गते कालो पट्टी बाधेर १ घण्टा र साउन ३२ र भाद्र १ गते दुई घण्टा पेन डाउन गर्ने जनाएका छन्।

शान्तिपूर्ण संघर्षकाबीच आफूहरूको माग पूरा नभए अर्को चरणको आन्दोलनको घोषणा गर्ने संघकी अध्यक्ष सरस्वती केसीले बताइन्।

उनले राखेपको ११६ औं बोर्ड बैठकको निर्णय अनुसार बढुवा प्रक्रिया अगाडि बढाइए पनि सरोकारवाला निकायले चासो व्यक्त नगरेको बताइन्। उनले खेलकुद मन्त्रालयबाट नै बढुवा प्रक्रिया रोकिएको जिकिर गरिन्।

उनले कर्मचारीहरूको बढुवा रोक्दा एसियन गेमको तयारी तथा प्रशिक्षण समेत रोकिन सक्ने बताइन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...
। संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन् । एक मिनेट ...
– गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक ...
– नेपालका युवा अलराउण्डर गुलशन झाले आईसीसी विश्वकप लिग-२ मा ओमानसँग हारका बाबजुद प्लेयर अफ द म्याच अवार्ड पाएका छन् । नेपाल १ विकेटले पराजित भएपनि आक्रामक अर्धशतक प्रहार गरेका गुलशनले ५ विकेट लिदै खेललाई रोमान्चक बनाएका थिए । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । गुलशनले १० ओभरमा २ ...