मुख्य समाचार
आँखा पाक्ने रोग फैलिएपछि वालिङका विद्यालय ४ दिन बन्द
आँखा पाक्ने रोग फैलिएपछि वालिङका विद्यालय ४ दिन बन्द

: आँखा पाक्ने रोग फैलिएपछि वालिङ नगरपालिकाले शुक्रबारदेखि सोमबारसम्म नगरभित्रका विद्यालय बन्द गरेको छ।
नगर कार्यपालिकाको कार्यालयले बिहीबार सूचना प्रकाशित गरेर आँखा पाक्ने रोगको संक्रामण चक्रलाई रोक्न बिदा गरिएको जनाएको छ।

नगरपालिकाले सामुदायिक तथा संस्थागत दुबै विद्यालयलाई ४ दिन बिदा गर्न भनिएको प्रमुख प्रशासकीय तेजराज शर्माद्वारा प्रकाशित सूचनामा उल्लेख छ।

आँखा पाक्ने रोग बढ्न थालेपछि बर्षे/हिउँदे बिदाबाट कट्टा गर्नेगरी ४ दिन विद्यालयका पठनपाठन बन्द गरिएको नगरप्रमुख कृष्ण खाँणले जानकारी दिए।

उनका अनुसार, ‘वालिङ स्थित आँखा उपचार केन्द्रमा आँखाको उपचार गराउन आउने संक्रमितमध्ये ७० प्रतिशतमा सङ्क्रमण देखिएको पाइयो। सरुवा रोग भएकाले पनि केही दिन विद्यालय बन्द गरेर घरमै आराम गर्न सुझाव दिइएको छ।’

आँखा पाक्ने समस्यामध्ये धेरै बालबालिकामा देखिएको छ।

आँखामा चिप्रा लाग्ने, आँखा सुन्निने, चिलाउने, पोल्ने र रातो हुने लक्ष्यण देखिएपछि आँखा जचाउनुपर्छ । एक व्यक्तिबाट अर्कोमा सजिलै सर्न सक्ने हुँदा संक्रमित व्यक्तिले आँखा छोएर अन्य सामाग्री छुँदा पनि संक्रमण फैलिन सक्छ। केही छोएपछि हातलाई साबुनपानीले धुने, स्यानिटाइजर प्रयोग गर्ने र समस्या आए आँखा विशेषज्ञको परामर्श लिनुपर्ने चिकित्सकको भनाइ छ।

आँखा पाकेका मानिसले आँखा मिच्ने, आँखामा पानी छ्याप्ने, जथाभावी औषधिको प्रयोग गर्न हुँदैन भने घरबाहिर निस्कँदा कालो चस्मा प्रयोग गर्नुपर्ने सल्लाह दिइएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जापानिज इन्सेफ्लाइटिसबाट मुलुकभर १४ जनाको ज्यान गएको छ। इन्सेफ्लाइटिसबाट हुने मृत्युदर २२ दशमलव ९५ प्रतिशत छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, शंकास्पद बिरामीबाट संकलन गरिएका ६ सय ९५ नमुनामध्ये ६१ वटामा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएको छ। प्रयोगशालामा पुष्टि भएका केसहरूमध्ये १४ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा कैलाली, कपिलवस्तु, पाल्पा, चितवन, सिन्धुली, ...
। यस वर्षको मनसुन सुरु भएयता जापानी इन्सेफ्लाइटिस (जेइ) को संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार १५ साउन यता जापानी इन्सेफ्लाइटिस संक्रमितको संख्या ५३ पुगेको हो । गत वर्षको तुलनामा यस वर्ष मृत्यु संख्या बढेको देखिएको छ । गत वर्ष जापानी इन्सेफ्लाइटिस संक्रमणबाट ६ जनाको मृत्यु ...
। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी कानुन संशोधन गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग राय माग गरेको छ । अस्पतालमा उपचारका सिलसिलामा चिकित्सकमाथि हुने आक्रमण नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयले कानुन संशोधनका लागि कानुन मन्त्रालयसँग राय माग गरेको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताए । चिकित्सकहरूले उपचारकै क्रममा बेलाबखत आफूमाथि आक्रमण तथा धम्की आउने गरेको भन्दै सुरक्षा ...
: वीरगन्जको नारायणी अस्पतालमा क्यान्सर रोगको उपचार सेवा सुरु भएको छ। मधेश प्रदेशमै पहिलो पटक वीरगन्जको नारायणी अस्पतालमा भक्तपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा क्यान्सर रोगको उपचार सेवा मंगलबारदेखि सुरु गरिएको हो। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नारायणी अस्पतालमा क्यान्सर उपचार सेवा र उक्त उपचार हुने अंकोलेजी वार्डको शुभारम्भ गरे। त्यसपछि आयोजित समारोहमा नारायणी ...
। निजी मेडिकल कलेजहरुले चिकित्साशास्त्रको स्नातकोत्तर तह (पीजी) पढाउन अस्वीकार गरेका छन् । चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पीजी) अन्तर्गतको एमडी, एमएस र एमडीएसका लागि सिट संख्या माग गर्न निजी मेडिकल कलेजहरुलाई शुक्रबारसम्म समय दिएको थियो । पीजीका लागि मेडिकल कलेज तथा प्रतिष्ठानहरुले स्वमूल्यांकन गरी आफ्ना संस्थामा कुन विषयमा कति सिट आवश्यक छ भनेर माग दाबी गर्दै ...