अमेरिकाको हवाई टापुमा डढेलो : ५३ जनाको मृत्यु, हजारौँ मानिस विस्थापित
अमेरिकाको हवाई टापुमा डढेलो : ५३ जनाको मृत्यु, हजारौँ मानिस विस्थापित

वासिङटन डिसी : अमेरिकामा हवाईको माउइ टापुमा लागेको डढेलोका कारण मृत्यु हुनेको सङ्ख्या ५३ पुगेको छ। साथै उक्त आगलागीमा दर्जनौँ मानिस घाइते भएका छन्।

प्रशान्त महासागर नजिकै बज्रिएको आँधीबाट उत्पन्न तीव्र हावाहुरीका कारण मङ्गलबारदेखि सुरु भएको डढेलो द्रुत गतिमा फैलिएको हो। त्यहाँका हजारौँ सर्वसाधारणलाई अस्थायी आश्रयस्थलमा स्थानान्तरण गरिएको छ।

माउइमा विद्युतीय पोलहरू ढल्दा ११,००० मानिस बत्तीबिना बसिरहेका छन्।

हवाईका गभर्नर जोस ग्रीनले उक्त राज्यमा 'धेरै वर्षपछि यस्तो मानवीय क्षति' भएको बताएका छन्। उनका अनुसार त्यहाँका १,७०० भन्दा बढी भवनहरू ध्वस्त भएका छन् भने ऐतिहासिक शहर लाहैनाको ८० प्रतिशत भाग पूर्ण रूपमा प्रभावित भएको छ।


ग्रीनले सिएनएनसँगको कुराकानीमा हालको परिस्थितिबारे भने, 'सबैले यसलाई लाहैनामा बम प्रहार गरेको जस्तो घटना भएको बताउँनेछन्। यसमा कुनै शङ्का छैन।'

मृतकको सङ्ख्या बढ्न सक्ने चेतावनी

उनले सन् १९६० मा आएको सुनामीमा ६१ जनाको मृत्यु भएको प्रसङ्ग उल्लेख गर्दै डढेलोका कारण मृत्यु हुनेको सङ्ख्या त्योभन्दा बढी हुनसक्ने चेतावनी दिएका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडनले उक्त टापुमा लागेको डढेलोलाई 'ठूलो विपद् घोषणा' गरेका छन्। माउइ नजिकैको बिग आइल्यान्डको थुप्रै भेगहरूमा पनि डढेलो लागिरहेको बताइएको छ।

प्रहरी प्रमुखका अनुसार यकिन तथ्याङ्क नभए पनि करिब १००० मानिसहरू अझै बेपत्ता छन्। अधिकारीहरूले त्यहाँ हराएका मानिसहरूको खोजी र उद्धार कार्य जारी राखेका छन्।

त्यहाँ आवासीय भवनहरू खाली गरिनुका साथै सडक अवरुद्ध पारिएको छ। हजारौँ विस्थापितहरूका लागि अस्थायी आश्रयस्थल स्थापना गरिएको अधिकारीहरूको भनाई छ।

भौतिक तथा मानवीय क्षतिको आधारमा यो विनाशकारी ठहरिएको बीबीसीले जनाएको छ। घातक डढेलो फैलनुको कारणबारे अझै पनि अनुसन्धान भइरहेको छ।

यद्यपि आँधी र सुख्खा मौसमका कारण आगो तीव्र बनेको जनाइएको छ। माउइ टापुसहित हवाईको ठूलो भूभागमा भएको खडेरीका कारण पनि डढेलो लागेको हो।

यूएस ड्राउट मोनिटरका अनुसार राज्यको लगभग १४ प्रतिशत भाग गम्भीर वा मध्यम खडेरीमा परेका छन्। त्यस्तै हवाईको ८० प्रतिशत भाग असामान्य रूपमा सुख्खा भएको स्थानका रूपमा वर्गीकृत गरिएको छ। बीबीसी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे । ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना ...
। अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो । कोभिड १९ सुरुवातपछि पहिलो पटक फेडले ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ ...
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञान जगतमा जुन योगदान गरे त्यसका लागि संसार अहिलेपनि उनीप्रति कृतज्ञ छ। मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत चिन्दछ । त्यसैले यो कुरा निश्चित छ कि उनीसँग जोडिएका हरेक कुरा अमूल्य छन् । हालै भएको एउटा घटनाले अल्बर्ट आइन्स्टाइनसँग सम्बन्धित चिजहरू कति महत्वपूर्ण र ...
: अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फेरि हत्या प्रयास भएको छ। आगामी नोभेम्बर ५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प भएको स्थानमा फेरि गोली चलेको हो। ट्रम्पलाई उनको फ्लोरिडा गोल्फ क्लबमा आइतबार दोस्रो पटक हत्याको प्रयास भएको सीएनएनले जनाएको छ। हत्याको प्रयास भएको बेला ट्रम्प त्यतिबेला गल्फ खेल्दै थिए। अमेरिकी अधिकारीहरूका अनुसार पूर्व राष्ट्रपति ...
स्पेस एक्सको पोलारिस डन मिसनले नयाँ कीर्तिमान बनाएको छ । यो मिसनमार्फत् इतिहासमै पहिलोपटक पृथ्वीभन्दा ७ सय ३७ किलोमिटर माथि दुईजना आम मानिस अर्थात् गैर व्यवसायिक अन्तरिक्षयात्रीले अन्तरिक्षमा हिडेर कीर्तिमान कायम गरेका छन् । निजी अन्तरिक्ष मिसनमा रहेका यात्रीहरुले स्पेसवाक गरेको यो पहिलो पटक हो । अमेरिकाको केन्नेडी स्पेस सेन्टरबाट मंगलबार प्रक्षेपण भएको स्पेस एक्सको उक्त ...