घरेलु टिम अस्ट्रेलिया पहिलो पटक सेमिफाइनलमा
घरेलु टिम अस्ट्रेलिया पहिलो पटक सेमिफाइनलमा

: फ्रान्सलाई सडन डेथमा पराजित गर्दै सह-आयोजक अष्ट्रेलिया फिफा महिला विश्वकप २०२३ को सेमिफाइनलमा प्रवेश गरेको छ। रोचक बनेको सडन डेथमा फ्रान्सलाई ७-६ को अन्तरले पराजित गर्दै सह-आयोजक अष्ट्रेलियाले अन्तिम चारमा स्थान पक्का गरेको हो।

अष्ट्रेलिया विश्वकपको इतिहासमा पहिलोपल्ट सेमफाइनलमा प्रवेश गरेको हो। त्यसअघि अष्ट्रेलिया क्वाटरफाइनलभन्दा अघि बढ्न सकेको थिएन। अष्ट्रेलिया सन् २००७, २०११ र २०१५ मा क्वाटरफाइनलबाट बाहिरिदा २०१९ मा भने प्रि-क्वाटरफाइनलबाट बाहिरिएको थियो।

ब्रिसवन स्टेडियम ब्रिसवन अष्ट्रेलियामा शनिबार भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलको निर्धारित समय र अतिरिक्त समयमा कुनै गोल निस्कन नसकेपछि खेल टाइब्रेकरमा लम्बिएको थियो। टाइब्रेकरमा पनि नतिजा नआएपछि अष्ट्रेलियाले सडनडेथमा बाजी मार्यो।

टाइब्रेकरमा घरेलु टोली अष्ट्रेलियाकी केइटलिन फर्ड, सामान्थ खेर र मारी फोलेरले गोल गर्न सफल हुँदा स्टेफ क्याट्ले र म्याकेन्जी अर्नोल्डले गोल गर्न सकिनन्। सडनडेथमा कटरिना गोरी, तमेका यालोप, एली कार्पेन्टर र कोर्टनी भिनले गोल गर्दा क्लेर हन्टको प्रहार विफल भयो।

फ्रान्सकी सेल्मा बाचाले पहिलो पेनाल्टी चुकाउँदा कडिडियाटोउ, डिएनी, वेन्डी रेनार्ड र इगुइनी ले सोमेरले गोल गर्न सफल भइन्। इभ पेरिसेटले गोल गनए सकिनन्। सडनडेथमा ग्रेस जियोरो, सकिना कारचाओइ, मायर लाकररले गोल गर्न सफ हुँदा केन्जा डाली र भिकी बेचोले गोल गर्न सकिनन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...
। संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन् । एक मिनेट ...
– गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक ...
– नेपालका युवा अलराउण्डर गुलशन झाले आईसीसी विश्वकप लिग-२ मा ओमानसँग हारका बाबजुद प्लेयर अफ द म्याच अवार्ड पाएका छन् । नेपाल १ विकेटले पराजित भएपनि आक्रामक अर्धशतक प्रहार गरेका गुलशनले ५ विकेट लिदै खेललाई रोमान्चक बनाएका थिए । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । गुलशनले १० ओभरमा २ ...