मुख्य समाचार
उत्तर प्रदेशमा बन्दूकधारीको आक्रमणमा परी भाजपा नेताको मृत्यु
उत्तर प्रदेशमा बन्दूकधारीको आक्रमणमा परी भाजपा नेताको मृत्यु

: भारतको उत्तरी राज्य उत्तर प्रदेशमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का एक स्थानीय नेताको गोली हानी हत्या गरिएको प्रहरीले शुक्रबार जनाएको छ ।

भारतको उत्तर प्रदेशको राजधानी लखनउबाट करिब ३५५ किलोमिटर उत्तरपश्चिममा पर्ने मुरादाबाद जिल्लामा रहेको आफ्नो घर बाहिर हिँडिरहेका ३४ वर्षीय अनुज चौधरीलाई बिहीबार साँझ मोटरसाइकलमा आएका तीन जनाले गोली हानेका थिए ।

चौधरीलाई तत्काल स्थानीय अस्पतालमा लगिएको थियो तर उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले यस सम्बन्धमा मुद्दा दर्ता गरेको छ र आरोपी पत्ता लगाउने प्रयास गरिरहेको छ ।

अभियुक्तलाई पक्राउ गर्न पाँच वटा टोली गठन गरिएको छ । उनीहरुलाई चाँडै नै पक्राउ गरी कडा कानूनी कारवाही गरिने प्रहरीद्वारा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

चौधरी आफ्नो क्षेत्रमा स्थानीय चुनावमा पराजित भएका भाजपाका सक्रिय सदस्य हुन् । चौधरीको शव पोष्टमार्टमका लागि अस्पतालमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: भारतको राजधानी नयाँ दिल्लीमा जीआरएपी-४ लागू भएको छ। वायु प्रदूषणको मात्रा अत्यधिक बढेपछि जिआरपी-४ लागू गरिएको हो। यससँगै दिल्ली-एनसीआरमा इलेक्ट्रिक वा बीएस-६ डिजेलको गाडी र अति आवश्यक सामान ल्याउने ट्रकलाई मात्र प्रवेश अनुमति दिइनेछ। भारतको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डले सोमबार विहान वायु प्रदूषणको सूचकांकलाई 'गम्भीर' श्रेणीमा राखेको थियो। विहान ८ बजे दिल्लीको आनन्द ...
— अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनलाई बारुदी सुरुङहरू उपलब्ध गराउन सहमत भएका छन् । किभलाई अमेरिकी क्षेप्यास्त्रहरू प्रयोग गर्न अनुमति दिएको केही दिनभित्र बाइडेन बारुदी सुरुङहरू दिन सहमत भएका हुन् । युक्रेनले मंगलबार मात्रै रुसी भूमिमा अमेरिकामा निर्मित लामो दूरीको क्षेप्यास्त्रहरू प्रयोग गरेको थियो । रुसी अधिकारीहरूका अनुसार युक्रेनले अमेरिकामा निर्मित पाँचवटा क्षेप्यास्त्र प्रहार गरेको ...
: श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले नयाँ मन्त्रिमण्डल गठन गरेका छन्। गत हप्ता भएको मध्यावधि संसदीय निर्वाचनपछि बनेको नयाँ २२ सदस्यीय मन्त्रिमण्डलमा रक्षा र वित्त (अर्थ) मन्त्रालयको जिम्मेवारी आफ्नै मातहतमा राखेका हुन्। गत सेप्टेम्बरमा भएको राष्ट्रपतीय चुनावमा विजयी भएका वामपन्थी नेताले आफ्नो अन्तरिम मन्त्रिमण्डलका सहकर्मीहरू प्रधानमन्त्री हरिनी अमरासुरिया र विदेशमन्त्री विजिता हेराथले आफ्नो जिम्मेवारी सम्हाल्ने बताएका ...
— हङकङको एक अदालतले त्यहाँका प्रमुख लोकतन्त्रवादी नेता तथा कार्यकर्तालाई देशद्रोहको अभियोगमा १० वर्षसम्मको जेल सजाय सुनाएको छ । उनीहरूलाई राष्ट्रिय सुरक्षासम्बन्धी एक मुद्दामा यसअघि नै दोषी ठहर गरिएको थियो । सजाय पाउनेमा बेनी ताई र जोशुआ वङसहित ४५ जना लोकतन्त्र पक्षधर छन् । उनीहरू 'हङकङ-४७' समूहसँग आवद्ध छन् । अदालतले ताईलाई १० वर्ष र वोङलाई ...
— अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको चर्चित 'परियोजना २०२५' नामक दस्तावेज लेख्न प्रमुख भूमिका निभाएका टेलिकम क्षेत्रका अधिवक्ता ब्रेन्डन कार अमेरिकाको संघीय सञ्चार आयोगको प्रमुख आयुक्त नियुक्त हुने भएका छन् । लामो समयदेखि सोही आयोग र अन्य निकायमा रहेर उनले ट्रम्पका सञ्चार र प्रविधि नीतिको चर्को वकालत गर्दै आएका थिए । कारको नियुक्तिले नवनिर्वाचित राष्ट्रपतिका अर्का ...