प्रकृतिको ‘पाँचौं फोर्स’ पत्ता लाग्दै
प्रकृतिको ‘पाँचौं फोर्स’ पत्ता लाग्दै

: भौतिक विज्ञानमा नयाँ क्रान्ति हुन लागेको वैज्ञानिकहरू बताउँछन्। उनीहरूका अनुसार भौतिकशास्त्रीहरू पाँचौं फोर्स (बल) पत्ता लगाउन नजिक पुगेका छन्। हालसम्म गुरुत्वाकर्षण, विद्युत् चुम्बकत्व, दुई वटा आणविक बल (बलियो बल र कमजोर बल) गरी बाह्म्णमा चार वटा अस्तित्वमा छन्। वैज्ञानिकका अनुसार, ती चार बलबीचको अन्तक्रियाले ब्रह्माण्डलाई नियन्त्रण गरिरहेको छ। वैज्ञानिकहरूका अनुसार सब एटोमिक पार्टिकल (उप–परमाणिक कण जसलाई म्युन्स भनिन्छ)ले पुरानो तरिकाले काम गरिरहेको छैन। वैज्ञानिकहरू नै म्युनहरूमा अज्ञात शक्तिले काम गरिरहेको हुन सक्ने बताउँछन्।

उनीहरूको भनाइमा यसले भौतिक विज्ञानमा नयाँ क्रान्तिको सुरुवात गर्न सक्छ। सन् २०२१ मा नै फर्मिलाब टोलीले पहिलो पटक प्रकृतिको पाँचौं बलको सम्भावनाको सुझाव दिएको थियो। त्यसपछि पनि लगातार अनुसन्धान टोलीले थप डाटा संकलन गरिरहेको छ। थप प्राप्त डाटाको आधारमा पनि पाँचौं बल पत्ता लाग्ने सम्भावना बढेको वैज्ञानिकहरू बताउँछन्। फर्मी ल्याबका वरिष्ठ वैज्ञानिक डा. ब्रेन्डन क्यासे भन्छन्, ‘हामी साँच्चै नयाँ क्षेत्र जाँच गर्दैछौं। यो मापनले पहिलेदेखिको भन्दा राम्रो परिशुद्धतामा निर्धारण गर्छ।’

पाँचौं बलको सन्र्दभमा प्रमाण बलियो भए पनि फर्मिलाब टोलीले अहिलेसम्म ठोस प्रमाण पाउन सकेको छैन। उनीहरूले अहिलेसम्ममा पाँचांै बल पत्ता लागिसक्ने आंकलन गरेका थिए। तर, त्यो पूरा भएको छैन। उनीहरू यसलाई पत्ता लागेरै छोड्ने बताउँछन्। फर्मी ल्याब भन्छन्, ‘यसको परिणामहरूको अर्को सेट सिद्धान्त र प्रयोगबीचको अन्तिम शो डाउन हुनेछ जसले नयाँ कण वा बलहरू उजागर गर्न सक्छ।’

जी म्युनस २ (जी–२) ले आफ्नो १५ मिटर व्यासको घेरा वरिपरि म्युन्स भनिने उप–परमाणविक कणहरूलाई गति दिन्छ। जहाँ तिनीहरू प्रकाशको गतिमा लगभग सय पटक परिक्रमा गर्छन्। यी म्युनहरूले विद्यमान मानक मोडेलका अनुसार काम गरिरहेका छैनन्। वैज्ञानिकका अनुसार यिनीहरूले प्रकृतिको नयाँ शक्तिको प्रभावको कारणले गर्दा हालको सिद्धान्तद्वारा व्याख्या गर्न नसकिने तरिकामा व्यवहार गरिरहेको हुन सक्छ।

म्युनहरू इलेक्ट्रोनहरूसँग मिल्दोजुल्दो छन् जसले परमाणुहरूलाई परिक्रमा गर्छ र विद्युतीय प्रवाहहरूको लागि जिम्मेवार हुन्छ। तर, तिनीहरू लगभग दुई सय गुणा ठूलो हुन्छन्। प्रयोगमा तिनीहरूलाई शक्तिशाली, सुपरकन्डक्टिङ चुम्बकहरू प्रयोग गरेर डगमगाउन बनाइएको थियो। म्युनहरू मानक मोडेलले भनिएको भन्दा छिटो डगमगाउँछन्। लिभरपुल युनिभर्सिटीका प्रोफेसर ग्राजियानो भेनान्जोनी, जो यस परियोजनाका प्रमुख अनुसन्धानकर्ताहरूमध्ये एक हुन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे । ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना ...
। अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो । कोभिड १९ सुरुवातपछि पहिलो पटक फेडले ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ ...
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञान जगतमा जुन योगदान गरे त्यसका लागि संसार अहिलेपनि उनीप्रति कृतज्ञ छ। मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत चिन्दछ । त्यसैले यो कुरा निश्चित छ कि उनीसँग जोडिएका हरेक कुरा अमूल्य छन् । हालै भएको एउटा घटनाले अल्बर्ट आइन्स्टाइनसँग सम्बन्धित चिजहरू कति महत्वपूर्ण र ...
: अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फेरि हत्या प्रयास भएको छ। आगामी नोभेम्बर ५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प भएको स्थानमा फेरि गोली चलेको हो। ट्रम्पलाई उनको फ्लोरिडा गोल्फ क्लबमा आइतबार दोस्रो पटक हत्याको प्रयास भएको सीएनएनले जनाएको छ। हत्याको प्रयास भएको बेला ट्रम्प त्यतिबेला गल्फ खेल्दै थिए। अमेरिकी अधिकारीहरूका अनुसार पूर्व राष्ट्रपति ...
स्पेस एक्सको पोलारिस डन मिसनले नयाँ कीर्तिमान बनाएको छ । यो मिसनमार्फत् इतिहासमै पहिलोपटक पृथ्वीभन्दा ७ सय ३७ किलोमिटर माथि दुईजना आम मानिस अर्थात् गैर व्यवसायिक अन्तरिक्षयात्रीले अन्तरिक्षमा हिडेर कीर्तिमान कायम गरेका छन् । निजी अन्तरिक्ष मिसनमा रहेका यात्रीहरुले स्पेसवाक गरेको यो पहिलो पटक हो । अमेरिकाको केन्नेडी स्पेस सेन्टरबाट मंगलबार प्रक्षेपण भएको स्पेस एक्सको उक्त ...