डढेलोले हवाईको लाहैना सहर क्षतिग्रस्त
डढेलोले हवाईको लाहैना सहर क्षतिग्रस्त

— अमेरिकाको पश्चिमी राज्य हवाईमा डढेलोमा परी मृत्यु हुनेको संख्या ८० पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार माउई टापुको पर्यटकीय सहर लाहैनामा तीव्र गतिमा फैलिएको डढेलोमा ठूलो मात्रामा मानवीय र भौतिक संरचनाहरूको क्षति भएको छ । हवाईका अधिकारीहरूले आगलागीको घटना र सुरक्षाका लागि भएका प्रयासको जाँच गर्ने घोषणा गरेका छन् ।

डढेलोको घटनापछि सयौं व्यक्तिहरू सम्पर्कविहीन भएकाले मर्नेहरूको संख्या अझै बढ्न सक्ने स्थानीय अधिकारीहरूले बताएका छन् । डढेलोमा परी थुप्रै व्यक्ति घाइते भएका छन् भने हजारौं परिवार विस्थापित भएका छन् । घटनापछि हवाई राज्यमा आपत्काल घोषणा गरिएको छ । माउई काउन्टी सरकारले डढेलो नियन्त्रणको प्रयास गरिएको जानकारी दिएको छ । यद्यपि, तीव्र हावा र सुख्खा अवस्थाले अग्नि नियन्त्रकलाई डढेलो नियन्त्रणमा लिन मुस्किल परेको बताइएको छ । यस्तै ११ हजारभन्दा बढीको हवाई उद्धार गरिएको पनि स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

हवाई राज्यको इतिहासमै यो सबैभन्दा ठूलो प्राकृतिक विपत्ति हो । डढेलोले लाहैना सहरका एक हजारभन्दा बढी भवनमा क्षति पुर्‍याएको छ । यो सहरमा मात्रै वार्षिक २० लाख पर्यटकले भ्रमण गर्दै आएका थिए । राज्यका अधिकारीले शुक्रबार स्थानीयलाई आफ्नो आवासको क्षति हेर्न दिन अनुमति दिएका थिए । स्थानीयले आफ्नो घरहरूमा लुटपाट भएको दाबी गरे पनि स्थानीय प्रहरीले यसको पुष्टि गरेका छैनन् । स्थानीयले घटनाअघिको पूर्वजानकारीमा ढिलाइ भएकोप्रति पनि असन्तुष्टि जनाएका छन् ।

हवाईको माउई र बिग आइल्यान्डमा मंगलबारदेखि डढेलो लाग्न सुरु भएको थियो । डढेलो लाग्नुको कारण अझै पत्ता लाग्न सकेको छैन । तर, तीव्र हावा र सुक्खाका कारण डढेलो फैलिएको थियो । पीडितका लागि माउई ६ आश्रयस्थल तयार गरिएको छ भने स्थानीयलाई सहयोगका लागि चन्दा उठाउन थालिएको छ । यो टापु अमेजनका संस्थापक जेफ बेजोससहित थुप्रै धनाढ्य व्यक्तिहरूको घर भएको क्षेत्र पनि हो । बेजोसले आफ्ना सहकर्मीसँग मिलेर १ सय मिलियन अमेरिकी डलर सहयोग दिने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दुईजना व्यक्ति । एक अर्बपति र अर्का इन्जिनियर । दुवैले गत सेप्टेम्बर १२ मा एलन मस्कको कम्पनी स्पेस एक्सको पोलारिस डन अन्तरिक्ष मिशनमार्फत अन्तरिक्षमा हिंडेर (स्पेसवाक) गरेर कीर्तिमान कायम गरे । ड्रयागन क्याप्सुलबाट पृथ्वीभन्दा ७३७ किलोमिटर माथि अन्तरिक्षमा पुगेर उनीहरू बाहिर निस्किए र पृथ्वीलाई अभिवादन गरे । व्यवसायिक अन्तरिक्षयात्री बाहेकले स्पेसवाक गरेको यो नै पहिलो घटना ...
। अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो । कोभिड १९ सुरुवातपछि पहिलो पटक फेडले ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ ...
महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले विज्ञान जगतमा जुन योगदान गरे त्यसका लागि संसार अहिलेपनि उनीप्रति कृतज्ञ छ। मानिसहरुले आइन्स्टाइनलाई केवल एक वैज्ञानिकका रुपमामात्र होइन मानवताका लागि उनले गरेको योगदानका लागि समेत चिन्दछ । त्यसैले यो कुरा निश्चित छ कि उनीसँग जोडिएका हरेक कुरा अमूल्य छन् । हालै भएको एउटा घटनाले अल्बर्ट आइन्स्टाइनसँग सम्बन्धित चिजहरू कति महत्वपूर्ण र ...
: अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फेरि हत्या प्रयास भएको छ। आगामी नोभेम्बर ५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प भएको स्थानमा फेरि गोली चलेको हो। ट्रम्पलाई उनको फ्लोरिडा गोल्फ क्लबमा आइतबार दोस्रो पटक हत्याको प्रयास भएको सीएनएनले जनाएको छ। हत्याको प्रयास भएको बेला ट्रम्प त्यतिबेला गल्फ खेल्दै थिए। अमेरिकी अधिकारीहरूका अनुसार पूर्व राष्ट्रपति ...
स्पेस एक्सको पोलारिस डन मिसनले नयाँ कीर्तिमान बनाएको छ । यो मिसनमार्फत् इतिहासमै पहिलोपटक पृथ्वीभन्दा ७ सय ३७ किलोमिटर माथि दुईजना आम मानिस अर्थात् गैर व्यवसायिक अन्तरिक्षयात्रीले अन्तरिक्षमा हिडेर कीर्तिमान कायम गरेका छन् । निजी अन्तरिक्ष मिसनमा रहेका यात्रीहरुले स्पेसवाक गरेको यो पहिलो पटक हो । अमेरिकाको केन्नेडी स्पेस सेन्टरबाट मंगलबार प्रक्षेपण भएको स्पेस एक्सको उक्त ...