सेमिफाइनलमा अस्ट्रेलिया र इंग्ल्यान्ड भिड्ने
सेमिफाइनलमा अस्ट्रेलिया र इंग्ल्यान्ड भिड्ने

महिला विश्वकप फुटबलमा शनिबार इंग्ल्यान्डले कोलम्बियालाई पन्छाउन ठूलै घम्साघम्सी गर्नुपर्‍यो । तर, यो अस्ट्रेलिया र फ्रान्सबीचको खेलसँग जुन प्रदर्शन भयो त्यससँग तुलना नै गर्न नसकिने खालको थियो ।

इंग्ल्यान्डले कोलम्बियालाई २–१ ले पन्छायो भने सहआयोजक अस्ट्रेलियाले फ्रान्समाथि पेनाल्टी शुटआउटमा सनसनीपूर्ण विजय हात पार्दै महिला विश्वकपको अन्तिम चारको यात्रा गरेको छ ।

इंग्ल्यान्ड र अस्ट्रेलिया नै बुधबार विश्वकप सेमिफाइनलमा भिड्नेछन् । अर्को सेमिफाइनल स्पेन र स्विडेनबीच मंगलबार हुने तय भइसकेको थियो । सरिना वेगमनको युरोपियन च्याम्पियन इंग्ल्यान्ड ७५ हजार दर्शकमध्ये बाक्लो संख्यामा उपस्थित कोलम्बियाली समर्थकमाझ सिड्नीमा लिसी सान्तोसको सनसनी गोलमा पछाडि परेको थियो ।

पहिलो पटक क्वाटरफाइनल खेलिरहेको कोलम्बियाका लागि ४४ औं मिनेटमा सान्तोषले यो अग्रता दिलाएकी थिइन् । तर, कोलम्बियाकी गोलरक्षक क्याटलिना पेरेजले बल नियन्त्रण गर्न नसकेको अवस्थामा इंग्ल्यान्डबाट लाउरेन हेम्पले पहिलो हाफको इन्ज्युरी समयमा बराबरी गोल फर्काइन् । दोस्रो हाफमा एलेसिया रुसोले गरेको आरामदायी गोलमा इंग्ल्यान्ड विजयी भएको हो ।

‘म एकदमै उत्साही छु, हामीले हाम्रो सपना जीवित राखेका छौं,’ रुसोले भनिन्, ‘उनीहरूसँग धेरै प्रतिभाशाली खेलाडी थिए, जसले जुनै बेला पनि दुःख दिन सक्थ्यो । अस्ट्रेलियासँगको खेल निकै रोमाञ्चक हुनेछ, यो भन्दा ठूलो के नै चाहिन्छ र ? खेलमा कोलम्बियाका धेरै समर्थक थिए, त्यसले हामीलाई आगामी खेलका लागि परीक्षण हुने अवसर दियो ।’


अस्ट्रेलियाले फ्रान्समाथि पेनाल्टी शुटआउटमा ७–६ को विजय हात पार्दै पहिलोपल्ट सेमिफाइनल स्थान पक्का गरेको हो । ब्रिसवेनमा १ सय २० मिनेटको खेलमा कुनै नतिजा ननिस्किएपछि पेनाल्टीबाट खेल छिनोफानो गर्नुपरेको थियो । १० औं पेनाल्टीमा अस्ट्रेलियाका कोर्टनी भाइनले आरामसँग निर्णायक गोल गरेपछि घरेलु दर्शक खुसीमा निकै उत्साही हुन पुग । त्यसभन्दा अघि विकी बेचोले फ्रान्सबाट गरेको १० औं पेनाल्टी प्रहार गुमाउन पुगेकी थिइन् ।

अस्ट्रेलियाका प्रशिक्षक टोनी गुस्ताभसनले यसलाई आफ्नो खेलजीवनको सबैभन्दा भावनात्मक दिनको रूपमा व्याख्या गरे । ५० हजार दर्शकमाझ अस्ट्रेलियाले आफ्ना सबैभन्दा ठूलो स्टार साम केरलाई बेन्चमै राखेको थियो । विश्वकप सुरु हुनुअघि घाइते भए पनि अहिले फिट भइसकेकी उनी दोस्रो हाफमा मैदान प्रवेश गरिन् र पेनाल्टीमा शान्त ढंगले गोल पनि गरिन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...
। संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौं खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरु लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे । खेलको १३ औं मिनेटमा रश्मीकुमारी घिसिङको उत्कृष्ट कट ब्याकलाई सरुले वान टचमै पोस्टको दिशा दिएर टिमलाई अग्रता दिलाइन् । एक मिनेट ...
– गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेपनि नेपाल आईसीसी विश्वकप लिग२ मा ओमानसँग १ विकेटले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिँएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक ...
– नेपालका युवा अलराउण्डर गुलशन झाले आईसीसी विश्वकप लिग-२ मा ओमानसँग हारका बाबजुद प्लेयर अफ द म्याच अवार्ड पाएका छन् । नेपाल १ विकेटले पराजित भएपनि आक्रामक अर्धशतक प्रहार गरेका गुलशनले ५ विकेट लिदै खेललाई रोमान्चक बनाएका थिए । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । गुलशनले १० ओभरमा २ ...